सम्पादकीय – भारतको चुनाबले दिएको सन्देश

सराङकोट न्यूज
17 June, 2024 7:44 am
Advertisements

बिस्वको ठूलो प्रजातान्त्रिक देश भनिने भारतमा लोकसभा चुनाब सम्पन्न भएको छ । ५ पटकमा गरेर सम्पन्न भएको चुनाबको परिणाम घोषणालाई लिएर यतिखेर विभिन्न चर्चा र बहस दुरु भएको छ । भाजपाका नेता नरेन्द्र मोदि दुई काल भारतको प्रधानमन्त्री बने । सन २०१४ को चुनाउ भन्दा २०१९ को चुनाउमा मोदिको पार्टी भाजपाले बडि सिट हासिल गर्यो ।५४५ सिट रहेको भारतको लोकसभामा अघिल्लो चुनाउमा ३ सय भन्दा बडी सिट जितेर स्पष्ट बहुमतको सरकार बनाएको थियो ।
गुजरातको धार्मिक बितन्डाबाट अनपेक्षित रुपमा चर्चामा आएका मोदिलाई २०१९ को लोकसभाबाट प्राप्त मतले उनिमा तिब्र महत्वाकांक्षी बनायो । उनले २०२४ को लोकसभामा आफुले २ तिहाइको नजिक पुग्ने गरि सिट ल्याउने प्रचार गरे । मोदिले आफुलाइ हिन्दु सम्राटको रुपमा अघि सारेका थिए । चुनाबलाई लक्षित गरि उनले उत्तरप्रदेशको अयोध्यामा विशाल राम मन्दिरको निर्माण गरेका थिए ।
मोदिको अपेक्षा थियो कि धार्मिक सहानुभूति बाडेर जनमत प्राप्त हुनेछ । तर भैदियो बिडम्बना कि उत्तर प्रदेशमै उनको पार्टिलाइ धक्का लाग्यो ।योगि आदित्यनाथको प्रदेशमा भाजपा कमजोर हुनु मोदिको राजनितीमा ओरालो पन मानिएको छ । भारतमा मोदिलाइ हेर्ने दृस्ठिकोणमा व्यापक परिवर्तन आएको देखिन्छ । त्यसको मापन भनेको लोकसभाको चुनावको नतिजा हो ।
धर्मको कभरमा गरिने राजनिती दिर्घकालिन हुन्न भन्ने पुष्ठि गराएको चुनाबको फाइदा काङ्ग्रेस आइलाइ भएको छ ।धर्न निरपेक्ष लाई मुद्दा बनाएको काङ्ग्रेसले अघिल्लो चुनाबको अनुपातमा राम्रो सफलता हासोल गरेको छ । यहि रफ्तारमा जाने हो भने आउदो लोकसभा चुनाबले काङ्ग्रेस आइलाइ सत्ताको बागडोर सम्म पुर्याउने प्रबल सम्भावना देखाएको छ ।
बिस्वकै सबै भन्दा धेरै जन सस्ङ्ख्या भएको देश हो भार्त । भारतको निर्बाचनको नतिजाले सन्सारको ध्यान खिचाउछ ।यसपटकको चुनाउको नतिजाले नया चेतना दिलाएको छ । अराजकता र उदन्डताले दिगो राजनितिलाइ टिकाउन सक्दैन भन्ने सन्देश दिलाएको छ । मुस्लिमहरुको दोस्रो हैसियतहैसियत भएको भारतमा हिन्दुलाइ काखी च्याप्नु र मुस्लिमलाई पाखा पार्न खोज्नु गलत अभ्यास थियो भन्ने पुष्टि गराएको छ ।
चुनाब अघि मात्र आम आद्मी पार्टिका नेता अरबिन्द केजरिवाल माथी खनिएको मोदि सरकारलाइ जनताले नराम्रो चेतावनी दिएका छन । जनमत प्राप्त दललाई गरेको मोदिको व्यबहार प्रती बिपक्षमा खनिएको प्रस्ट सकेत हो यो। अत भारतको हालै सम्पन्न लोकसभा चुनाबले बिस्वभरका जनतालाई राम्रो शिक्षा दिएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: