बहुमुल्य जग्गामा हानाथाप, बिबादित बेदर्ता जग्गामा अख्तियारले कस्तो न्याय देला ?

सराङकोट न्यूज
18 June, 2024 7:16 pm
Advertisements

यदुनाथ बन्जारा

पोखरामा सार्बजनिक जग्गा अतिक्रमण गर्नेहरुको सुची थपिने क्रम जारी रहेको छ ।बर्षौ अघिका चौतारा ,पोखरी ,पाटी पौवा मात्र होइन बनका जग्गाहरु अतिक्रमणको चपेटामा परेका छन । सरकारले पर्ती सार्बजनिक जग्गा खोजी गर्न पटकपटक दिइएको निर्देशन कार्यान्वयनमा ल्याउन सकेको छैन । शक्ति र भक्तिका भरमा राज्यका कानुनलाई आफुखुसी प्रयोग गर्नेहरूको बर्चस्व र हालिमुहालि चल्दै आएको छ ,यस्तै पोखराको मुटुमा रहेको जग्गा बिबाद कान्ड अहिले चर्चामा छ ।
पोखरा महानगरको केन्द्र भाग महेन्द्रपुल सङ्गै जोडिएको तेर्सापट्टी मुल सडकमा रहेको कि.न.२८ को ३६७.२० बर्ग मिटर क्षेत्रफल रहेको जग्गा लामो समयदेखी जारी स्वामित्व बिबाद थप पेचिलो बन्दै गएको छ । करोडौं मूल्य पर्ने उक्त जग्गाको दक्षिण मोहडामा चौतारो रहेको छ भने चौतारोको पछाडि पट्टि स्थानिय युवाहरुले टिनको टहरोमा ब्यायामशाला चलाएकाछन । चौतारो र ब्यायामशालाले जम्मा १८१..५३ बर्गमिटर जग्गा ओगटेको पोखरा महानगरपालिकाका प्राबिधिकहरुले बताएका छन ।
मालपोत कार्यालय कास्किको सिट नम्बर ०९३०८८०१३ एउटै कि न २८ मा रहेको ३६७.२ ब मिको जग्गाबाट बाकी १८५.७ बर्गमिटर जग्गा कहाँ गयो ?एउटै कित्ताको सार्बजनिक जग्गा आधा ब्यक्तिलाइ आधा कसलाइ ? भन्ने बिषय रहस्यकै गर्भमा छ ।पोखरा महानगरपालिकाको वडा न ३ कार्यालयले गरेको योजना निर्माणको तयारी पछि थप बिबाद बाहिर आएको हो । त्यसो त जग्गा हराएको यो नयाँ र ताजा घटना भने होइन रहेछ ।
पोखरा महानगरपालिका सार्बजनिक जग्गा सरक्षण गर्ने आधिकारिक निकाय हो । महानगर भित्रका सार्बजनिक तथा सरकारी जग्गा अतिक्रमणमा परेको थाहा पाए वा उजुरी सूचना भए अतिक्रमण हटाइ आफ्नो बसमा राख्नु उसको मुल दायित्व हुन्छ तर पोखराको ३ नम्बर वार्ड कार्यालयले दशकौंदेखि जग्गा सार्बजनिक हैसियतमा रहेको थाहा हुदा हुदै अतिक्रमण हटाउन छोडेर ब्यक्तिलाइ नै पोषाउने गरि छोडेर बाकी रहेको जग्गामा मात्र ब्यायामशाला निर्माणको योजना अघि बढाएको पाइएको छ । यो बर्ष वडाले सरकारी बजेट ५० लाख रुपैयाँ छुट्याएर सार्बजनिक जग्गामा ब्यायाशालाको स्थायी सरचना निर्माणको तयारी गरेर कार्य अगाडी सारेको पाइएपछि १८५.७ बर्ग मिटर क्षेत्रफलको बहुमुल्यवान जग्गा ब्यक्तिलाइ छोड्न खोजेको भन्दै स्थानीयले बिरोध जनाएका छन । यता वडा न ३ वडाले छुट्याएको बिबादास्पद ब्यायामशाला निर्माण कार्य अघि बढाउन कर्मचारी र प्राबिधिक नै तयार छैनन । सार्बजनिक जग्गामा सरकारी लगानी गर्नुलाइ गैह्रकानुनी मानिन्छ भने भएको बिबादित सार्बजनिक जग्गा पनि आधा भन्दा बढी ब्यक्तिलाइ छोडेर बाकिमा मात्र बनाउनु अर्को गैर्हकानुनी कार्य हुने भन्दै योजनाको फाइलमा सहि गिराउन आनाकानी गर्दै आएका छन । वडा अध्यक्ष प्रकाश उदासले बाकी जग्गामा योजना अगाडि बढाउन प्राबिधिक र्कर्मचारीलाइ दवाब दिएको उनिहरुले बताएका छ्न । प्राबिधिकहरु पनि वडा छोड्ने मनस्थितिमा पुगेको बताउछन । ब्यायामशाला भवन निर्माणका लागि उपभोक्ता समिती बनिसकेको छ तर योजनाले गति लिएको छैन। उक्त जग्गामा २०७४ को स्थानीय चुनाब अगाडि सम्म जल बिनायक गणेश मन्दिर , पोखरी बरपिपल चौतारी रहेको कुरा पुर्ब वडा अध्यक्ष रबिन्सन प्रजु बताउछन । नक्सा पास नगरी हतार हतारमा सटर कम्लेक्स बनाइएको स्थानिय प्रत्यक्षदर्शिहरुले अनुभव सुनाउछन ।
जग्गा बिबादको चुरो कुरो के हो ?
पोखरा ३ तेर्सापट्टिको सि न ०९३०८८०१३ कि न २८ को ३६७.२ ब मि को जग्गा अहिले दुई भागमा लगभग आदा आदा बिभाजित रहेको छ । १८१ .५ बर्ग मिटर जग्गा महानगरले ब्यायामशाला बनाएर चर्चेको देखिन्छ भने बाकी रहेको १८५.२ ब मि जग्गामा स्थानिय राम प्रसाद श्रेष्ठले ब्यापारिक सटर बनाएर भाडामा लगाएको देखिन्छ । स्थानिय पाका मानिसहरुका अनुसार श्रेष्ठ परिवारले ब्यापारिक सटर बनाएको जग्गा समेत कि न २८ को पुरै जग्गा सार्बजनिक (सरकारी ) हो ।पहिलाको पोखरी र चौतारो रहेको उक्त जग्गा पछिल्लो अबधिमा श्रेस्ठ परिवारले आफ्नो दाबी गर्दै सटर बनाएर भाडामा प्रयोग गर्दै आएको देखिन्छ।
मालपोत कार्यालय कास्किमा अभिलेख भिडाउदा उक्त जग्गा कसैको नाममा पनि नरहेको लिखित जानकारी वडालाइ प्राप्त भएको छ । मालपोत कार्यालयको प्रणाली र रेकर्डमा समेत नरहेको उक्त जग्गा नापी कार्यालय कास्किको फिल्ड बुकमा समेत सरकारी सरह भन्ने उल्लेख गरिएको छ ।सरकारी स्रेस्ता र अभिलेखमा कहि कतै पनि उक्त जग्गा ब्यक्तिको अस्तित्व नदेखिए पनि राम प्रसाड श्रेस्ठ परिवारले उक्त जग्गा आफ्नो पैतृक सम्पती रहेको दाबी सहित अतिक्रमण गर्दै आएको पाइएको छ ।तर त्यस ठाउँको बिगत नगरपालिकाको स्वामित्व खुल्न आउँछ ।नगरपालिकाले टहरा बनाएर मासु पसल राख्न लगायो पछि मासुमा मिसावट गरे पछि हटायो ।जेसिजले कार्यालय चलायो तर राम प्रसाद श्रेस्ठ परिवारले दाबी गरेन हाल आएर एउटै कित्ताको जग्गा आधिमा मात्र दाबी गर्नुले थप रहस्य सृजना गराएको छ ।


यस बिषयमा राम प्रसाद श्रेस्ठका छोरा सरोज श्रेस्ठ उक्त जग्गा आफ्नो हजुरबुवा मीन बहादुर श्रेस्ठ देखिनै आफ्नो रहेको बताउछन ।श्रेस्ता पुर्जा केही नभएको तर उक्त कि न नखुलेको जग्गाको १९९३ सालमा राजिनामा पास र आफ्नो हक कायमको लागि दर्ता प्रक्रियामा रहेको बताउँछन् । बि स २०५८/०६/०७ गते पोखरा उप महानगरले कि न ४५४ नम्बरको १२ आना ३ दाम जग्गा दर्ता गरि ज ध प्रमाण पुर्जा उपलबध गराउनु भनि मापोका कास्किको नाममा सिफारिस पत्र पठाएको कागजको प्रतिलिपी सरोज श्रेस्ठले सराङ्कोटलाइ उपलब्ध गराएका छन तर २३ बर्ष सम्म जग्गा दर्ता हुन सकेको छैन , यति लामो अबधी सम्म दाबी अनुसारको दर्ता गर्न नसक्नुले उक्त जग्गा पर्ती सार्बजनिक हुन सक्ने जानकारहरु बताउछन ।तर सरोज श्रेष्ठ उक्त कुराको बचाउ गर्दै भन्छन बुवाको दाजु भाइ बीचको द्वन्द्वको कारण जग्गा दर्ता हुन पाएन । तत्कालीन अबस्थाको सिफारिस कागजमा कि न ४५४ नम्बर उल्लेख भएको देखिन्छ पछिल्लो बर्षमा उक्त जग्गाको कि न २८ उल्लेख भइ हाल साबिक गरिएको छ , हाल साबिक गर्दा पनि जग्गामा आफ्नो दाबी पेश गर्न श्रेष्ठ परिवार पछि परेको देखिन्छ ।

Advertisements


जग्गाको स्वामित्व बिबाद रहस्यमयि त छ नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त जग्गा प्रकरण र महानगरले बिबादित जग्गाको आधा भागमा मात्रै जग्गामा ब्यायामशाला बनाउन बजेट छुट्टयाएको , वडा समितिको निर्णय बिनानै ८ लाख रुपैयाँको समान खरिद गरेको बिषयमा छानबिन भैरहेको स्रोतले बताएको छ। यतिखेर जग्गाको छुट दर्ता खुलेको छ यहि मौकामा श्रेष्ठ परिवारले जग्गाको भोगचलन प्रमाणित गराएर वडा न ३ कार्यालयबाट सिफारिस लगेर छुट दर्ता गर्न जोडबल भइरहेको छ । वडा अध्यक्ष प्रकाश उदाश पैत्रिक विवरण सुनाउदै उक्त जग्गा श्रेस्ठ परिवारको भएको आफ्नो धारणा ब्यक्त गर्छन । वडा अध्यक्षको धारणाले थप बिबादास्पद बनाएको छ ।करोडौ मूल्य पर्ने जग्गा राज्यको हातमा आउछकी ब्यक्तिको हातमा जान्छ त्यो भने छानबिन पछिको प्रमाणको पुस्ट्याइले के भन्छ त्यो भने भविस्यले बताउने नै छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: