गन्डकिमा राइड शेयरिङ माथी प्रयिबन्ध !

सराङकोट न्यूज
22 June, 2024 7:12 pm
Advertisements

कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य माथी प्रतिबन्ध लगाइएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो ।

सूचनाको अटेर गरी यात्रु बोक्ने कार्य जारी राखेमा यसमा संलग्नलाई कारबाही गरिने सूचनामा उल्लेख छ । यातायात कार्यालय कास्किका प्रमुख डिल्लीराम रिज्यालले कानुनविपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले त्यसलाई रोक लगाइएको बताए ।

“अनधिकृत रुपमा एपको प्रयोग गरी यात्रु बोकेमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुन्छ”, उनले भने, “प्रकाशित सूचना अनुसार काम भए नभएको बारेमा प्रहरीको सहयोगमा कडाइका साथ अनुगमन गर्छौं ।

Advertisements

गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० मा व्यवस्था भए पनि नियमनका लागि कार्यविधि भने बनेको छैन । नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पांग्रे तथा दुई पांग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ ।जुन काॠ ऐन बिपरित कार्य हुन जान्छ ।

यातायात कार्यालयले नै सार्वजनिक सवारीका लागि भाडादर तोक्ने गर्छ । तर, हाल सञ्चालनमा रहेका इन्ड्राइभलगायत निजी सवारीसाधनले भने आफैँ एप बनाएर भाडादर आफैँ लागु गर्ने गरेका छन्, तर कानुनअनुसार यस्तो कार्य अवैध हो ।खासगरी निजि नम्बर प्लेटका सवारिले सार्बजनिक सरह कार्य गर्दै आएका छन त्यो सरासर कानुन बिपरित हो । सरकारले मौजुदा कानुन संशोधन गरेपछी बन्ने नियमावली र र्कार्यबिधी आएपछि मात्र राइड शेयरिङले बैधता पाउन सक्छ।
काठमाडौ उपत्यकामा राइड शेयरिङ कानुन बिपरित सन्चालन हुँदै आएको छ । सरकारले नियमन गर्नुको सट्टा दन्डहिनतापुर्ण कार्य गरिए पछि नियन्त्रण बाहिर पुगेको छ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: