सवारी पास बिना चल्ने ६ वटा सरकारी गाडी कास्की ट्राफिक प्रहरिको फन्दामा

सराङकोट न्यूज
22 June, 2024 8:39 pm
Advertisements

सार्बजनिक बिदाको दिन सवारी पास नलिइ हुइकिने ६ वटा सरकारी गाडी कास्की प्रहरिको फन्दामा परेकाछन । सरकारी प्रयोजनमा गुड्ने गाडिले जिल्ला प्रशासन कार्यालय र प्रदेश स्तरका कार्यालयले संबंधित मन्त्रालयका सचिब वा मुख्यमन्त्री कार्यालयबाट सवारी पास लिएर मात्र सार्बजनिक बिदाको दिन गुडाउन पाउने कानुनी ब्यबस्था छ ।
सरकारी सवारी साधन बिदाको दिन चलाइदा स्रोत साधनको दुरुपयोग हुन जानुका साथै कुनै भवितब्य घटना दुर्घटना भएमा कानुनी उल्झन पर्ने हुदा सवारी पास लिएर मात्र चलाउन पाइन्छ तर अझै पनि कतिपय कार्यालयले सवारी पास नलिइ सरकारी सवारी साधन मनोमानी चलाउदै आएको पाइन्छ । विभिन्न संघ सङठनहरुले त्यस्ता बिना पासका सवारी नियन्त्रणमा लिइ प्रहरीलाई बुझाउने कार्य गर्दै आएका छन ।तर पनि नियम बिपरित पास नलिइ सवारी कुदाउने कार्य भैरहेको छ ।
यसै क्रममा शनिबार बिना पास कुदेका ६ वट सरकारी सवारी कास्की ट्राफिकले नियन्त्रणमा लिइ होल्डमा राखेको छ ।यसरी नियन्त्रणमा लिइएका सवारी हरुमा
१,बाली सरक्षण कार्यालय पोखराको बिएसि २६४९
२,प्रदेश जन स्वास्थ्य प्रयोगशाला गन्डकीको ग१ब ४८४
३,पोखरा महानगर्पालिकाको ग१ ब २३३९
४,नापी कार्यालय लेखनाथको ग१ ब १५८५
५,प्रदेशसभा सचिबालय पोखराको ग१झ १०३९
६,बेनिघाट गा पा धादिङको बा२ झ ३३८०
रहेका छन । कास्की ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख तथा सुचना अधिकारी बरिस्ठ प्रहरी नायव निरीक्षक मीन बहादुर खड्काले बताए अनुसार शनिबार पास नलिइ चलेका सरकारी सवारी साधन चेकजाचको क्रममा फेला परेपछी होल्ड गरि राखिएको छ । प्रमुख जिल्ला अधिकारीको निर्देशन अनुसार ती कार्यालयका सवारी साधन अब उपरान्त नचलाउने सर्तमा सम्झाइ बुझाइ गरि छोडिने सुचना अधिकारी खड्काले सराङ्कोटलाइ बताए । ति मध्य कतिपय गाडी अहिले पनि ट्राफिक कार्यालय र इकाइ पोस्टमा रहेका छन ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: