नेपाल औषधि ब्यबसायी संघ गन्डकीमा केशरी प्रसाद तिवारीको अध्यक्षतामा सर्बसमत कार्यसमिति

सराङकोट न्यूज
25 June, 2024 10:20 am
Advertisements

नेपाल औषधि व्यावसायि संघ गन्डकी प्रदेश समितिको
दोस्रो अधिबेशनले केशरी प्रसाद तिवारिको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

औषधि ब्यबसायीहरुको छाता सस्था नेपाल औषधी व्यावसायि संघ गन्डकी प्रदेस समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशनको उद्घाटन सत्रमा बोल्दै गन्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पान्डेले औषधि ब्यबसाय नाफामुलक मात्र नभै सेवामुलक ब्यबसाय पनि भएकोले जिम्मेवार ढङ्गले ब्यबसाय गरेर सेवा प्रवाह गर्न आग्रह गरेका थिए । गन्डकी प्रदेश सरकार चुनौतिको सामना गर्दै अगाडि बढिरहेको भन्दै मुख्यमन्त्री पान्डेले भने हामी औषधी ब्यबसायीलाइ सहयोग गर्नेछौ ।
गन्डकी प्रदेशका ११ जिल्ला मध्य ९ जिल्लाका अध्यक्ष , पुर्ब अध्यक्ष प्रतिनिधि , पर्यबेक्षक सहितको सहभागिता रहेको साधारण सभामा विभिन्न जिम्मेवार ओहदामा रहेका ब्यक्तिहरुले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमका बिशिस्ट अतिथि औषधि ब्यबस्था बिभागका महा निर्देशक नारायण ढकालले ब्यबहारिक पक्षलाई आत्मसात गरि कानुन कार्यान्वयनलाई सार्थकता दिनु पर्ने बताउनुभयो ।सम्मानित सर्बोच्च अदालतले गरेको आदेशलाइ आधार मान्दै न्युट्रास्युहिकल ( खाध्यपुरक ) सामग्रीलाई औषधिको रुपमा लिन नसकिने बताउनु भयो । सर्बसाधारण नागरिकलाइ महङ्गिमा डस्ने औषधि जस्तै देखिने बिबादास्पद न्युट्रास्युटिकल्सहरु बन्देज गर्ने
कार्य गरिएको बताए ।
नेपाल औषधी ब्यबसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खन्डेवालले व्यावसायिक हितमा काम गर्न आफु सदैब कृयासिल रहेको बताए । उद्घाटन सत्रमा बिभिन्न पेशागत सङठनहरुले शुभकामना दिएका थिए ।कास्किका अध्यक्ष धिरज गौतमले ब्यबसायिक इमान्दारीता पेशाकर्मिको मुल उद्देश्य हुनुपर्नेमा जोड दिएका थिए । एनसिडिएका विभिन्न प्रदेशका अध्यक्ष हरुको समेत उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष कृश्न प्रसाद पान्डेले कार्यप्रगती पेश गरेका थिए ।संघका महासचिव केशरी प्रसाद तिवारीले सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष झलक शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: