सम्पादकीय – बजेटमा विभेद नगरौं

सराङकोट न्यूज
25 June, 2024 9:47 pm
Advertisements

सरकारले आगामी आर्थिक बर्षको लागि बजेट बिनियोजन गरेको छ ।केन्द्र सरकारले जेस्ठ १५ गते जारी गरेको नीति तथा कार्यक्रम बमिजिम बजेट जारी भइ ससदमा छलफल भैरहेको छ ।
बजेटको बितरण न्यायोचित नभएको बिषय सबै भन्दा बढी आलोचित भएको छ । जसको हातमा लौरो उसकै गोठमा भैंसी भने जस्तै जो पावरमा छ उसकै जिल्ला र क्षेत्रमा बजेट गएको छ भने पहुच नभएका र पावरमा नगएका ससदहरुको जिल्ला न्यून बजेटमा परेको छ । बिकाशका लागि पछि परेको जिल्लाले न्याय नपाएको सर्बत्र चर्चा च । खासगरी प्रधानमन्त्री , अर्थमन्त्री र गृहमन्त्रीको जिल्लामा बजेट थुप्रो लागेको छ ।
चितवन गोर्खा , धनुसा र डोल्पा भाग्यमानी जिल्ला भएकाछन । तर कर्णालीका अधिकास जिल्लाहरु न्यून बजेटमा परेकाछन । लोक कल्याणकारी राज्यको लागि यो राम्रो मान्न सकिन्न । बिगत देखिनै लागेको यो महारोग कमि हुन सकेकोछैन । नेताहरुमा स्वार्थ हाबी भएको कारण
नागरिकले समानुपातिक न्याय पाउन सकेका छैनन । पक्षपात पुर्ण कार्यशैलीले नागरिकमा चरम अन्याय हुन पुगेको छ ।
केन्द्र सरकारले गरेको पक्षपात पुर्ण बजेट बिनियोजनका कारण बहुबर्षिय योजनाहरु अलपत्र बन्न पुगेका छन । रणनीतिक भनिएका योजनाहरु
अपुरा छन । रुग्ण योजनाहरु ब्युताउन सोचिएको छैन ।राजनीतिक स्वार्थका दृस्टीले बितरित बजेट देश बनाउन कि बिगार्न भन्ने प्रश्न उठ्नुलाइ किमार्थ राम्रो मान्न सकिन्न ।
प्रदेश सरकारले बिनियोजन गरेका बजेटहरु उस्तै हचुवा र पक्षपात पुर्ण रहेको भन्दै बिबादित बनेको छ । बितरणमुखी र सस्तो लोकप्रियताको कारण प्रदेस सरकारले बिनियोजन गरेको बजेट पनि न्यायोचित नरहेको टीका टिप्पणी भैरहेका छन । दिगो बिकासका लक्ष पूरा हुन सरकारको यो शैली बाधक बन्दै गएको छ । डाडाको टुप्पोमा होटेल खोल्ने वरिपरिको जग्गा कौडिको मुल्यमा किन्ने अनि सरकारी बजेट खर्च गरेर बाटो लैजाने काम सरकारका मुख्य नेताहरुको हर्कत देखिन्छ ।यो घातक कदम हुन सक्छ ।
स्थानीय सरकारले बिनियोजन गर्ने योजनाका बजेट झन बढी पुर्बाग्राही बनेकाछन । वडामा जाने बजेट अध्यक्षको पहुच दवाब र प्रभावमा लक्षित हुने गरेकाछन । बिकाश गर्नै पर्ने स्थानले बजेट पर्याप्त पाएका छैनन । कुखुरालाइ कनिका छरे जस्तो गरि दिइएका बजेटले उपलब्धि दिन सकेको पाइदैन । पालिकाका प्रमुख उपप्रमुख र चल्तापुरा वडा अध्यक्षले बजेट खिच्ने गरेका हुन्छन ।
विभेद तल देखि माथी सम्म उस्तै गतिमा देखिन्छ । आफैले चुनेर पठाएका बिराला जस्ता जनप्रतिनिधिहरु पदमा पुगेपछी बाघ झै महसुस गर्दै आएकाछन । समाजका याबत कुरामा राजनीतिक फोहोरी आखा परेका छन । नागरिकले निस्पक्ष न्याय पाएका छैनन । समस्या पहिचान गरेर दिगो बिकाश लक्ष प्राप्त गर्न सर्बजन हिताय काम गर्न जरुरी छ । राज्यकोष कसैको बपौती होइन त्यसको प्रयोग आम नागरिक सम्म पुग्न पर्छ । डाडु पन्यु चलाउने भान्छे निस्पक्ष मान्छे हुनुपर्छ

 

 

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: