पोखराका तीन सरकारी बिध्यालयको चिरफार – सामुदायिक बिध्यालयको घर जग्गा भाडा र ब्यापारको खेलोमेलोमा !!

सराङकोट न्यूज
3 July, 2024 10:21 am
Advertisements

विशेष रिपोर्ट -यदुनाथ बन्जारा

पोखरा पर्यटनको राजधानी सहर । पोखरा तालै तालको सहर । पोखरा गुफाहरुको सहर । पोखरा शैक्षिक हबको सहर । पोखरा डाडा पर्यटनमा फस्टाउदै गएको सहर । पोखरा प्रकृतिको पनि राजा सहर । यो हो पोखराको परिचय , अब त्यतिले पुग्दैन पोखराको परिचय , “पोखरा असफलता नै असफलताले गाजेको सहर , राष्ट्रबादी सपूत जन्मन नसकेको अभागी सहर , अराजकता र दण्डहीनताको नमुना सहर ” जस्ता परिचय थपिने क्रममा छ ।
यो परिचय थप्न पोखरेलिहरु बाध्य बनेका छन । यत्रतत्र सर्बत्र अराजकता र अनियमितताले प्रश्रय पाइरहदा यहाँका साशक प्रशासकले दरिलो खुट्टा टेकेर गर्बिलो न्याय दिन नसकेको तितो सत्य सबैको अगाडि छर्लङ्ग भएको छ । बेथिति र अनियमितताको शृङ्खला लामो छ ।सन्चार माध्यमले क्रमस उजागर गर्दै आएका छन नै ।यस अङ्कमा हामिले पोखराका सरकारी बिध्यालयहरुको स्वामित्वमा रहेका बहुमुल्य घर जग्गाहरु कसरी कौडिको मुल्यमा ब्यापारिको चङ्गुलमा पुगेको छ भन्ने चिरफार गर्ने जमर्को गरेका छौ ।

अमरसिंह माबिको जग्गा कौडिको भाउमा

पोखराको प्रबेश द्वारको रुपमा अमरसिंह चोकलाइ लिइन्छ । सडक मार्ग हुदै (पृथ्वी राजमार्गबाट) पोखरा भित्रिने मात्र नभई पोखरा क्षेत्रीय अन्तरास्ट्रिय बिमानास्थल बाट पर्यटकीय गन्तव्य लेकसाइड लगाएतका स्थानका साथै विभिन्न प्वाइन्टको प्रबेश बिन्दु हो अमरसिंह चोक । अमरसिंह चोकमा रहेको सामुदायिक बिध्यालय अमरसिंह माबिको स्वामित्वमा रहेको करिब २०७ रोपनी जग्गा रहेकोमा हालसाबिक हुदा १५८ रोपनिमा झरेको छ । त्यो जग्गा पनि उत्तर दक्षिण तर्फको जग्गा ब्यक्तिगत रुपमा मिचिएको हुन सक्ने आशका उब्जिएको छ । स्कुलको नाममा नक्सा श्रेस्तामा रहेको जग्गा नापी नक्सा अनुसार सिमाङ्कन गरिदिन स्कुलले पोखरा महानगरपालिका , जिल्ला प्रशासन र नापी कार्यालयलाइ पत्राचार गरिएको बिब्यस अधक्ष कृष्ण प्रसाद कोइरालाले सराङ्कोट साप्ताहिकलाई बताए । जग्गाको मुल सडक तर्फको र हस्पिटल मार्गको सडक तर्फको जग्गा झन्डै ४ दशक अघि देखि ब्यापारीहरुको कब्जामा रहिआएको छ । ४९ जनाको नाममा जग्गा कब्जाना रहेको भएपनी करिब ७० भन्दा बढी ब्यक्तिले व्यापार गर्दै आएका छन ।
मुख्य चोकको बहुमुल्य जग्गा कसको नाममा भाडा सम्झौता भएको छ ? कति रकममा कहिले सम्मलाइ भाडा सम्झौता भएको छ भन्ने बारेमा बिध्यालय बेखबर छ , राज्य बेखबर छ । भाडा जसले जति बुझाएपनी भएको छ । ब्यक्तिगत सम्पती जस्तै गरि २० औ लाखमा सटर किनबेच हुँदै आएको छ त्यसरी किनबेच गर्दा न बिध्यालय प्रशासनलाई थाहा छ न महानगर र आन्तरिक राजस्व प्रशासनलाई नै सुइको पत्तो छ । मासिक २ हजार देखि जग्गा ओगटेको आधारमा प्रती सटर भाडा तिरेका छन बिध्यालयका अनुसार बिगत १० बर्ष देखि भाडा समायोजन भएको छैन ।
बिध्यालय हालको टिनका सटर टहरा हटाएर ब्यबस्थित र एकै रुपका सटर कम्प्लेक्स बनाउन चाहान्छ । पटक पटक सुचना पनि निकाल्यो तर तार्किक निष्कर्षमा पुर्याउन बिध्यालय प्रशासन असफल छ । राज्यमा कानुनै नभएको जस्तो जग्गा धनी सामुदायिक बिध्यालय अमरसिंह माबिले आफ्नो सम्पत्तिको ब्यबस्थापन गर्न नसक्नुलाइ बिड्म्बना मानीएको छ । झन्डै ७० वटा सटर कबलबाट मासिक जम्मा २ लाख ३९ हजार मात्र भाडा आर्जन गर्दै आएको बिध्यालय ब्यबस्थापन समितिले नयाँ सटर बनाएर ब्यबस्थापन गर्न खोज्दा बर्षौ देखि ब्यापार गर्दै आएकाहरुको भिडले बिरोध गर्ने धर्ना दिने गर्दै आएपछी बर्षौ देखि अमरसिंह चोकले अस्तब्यस्तता ब्यहोर्न परेको छ भने बिध्यालयले कौडिको मुल्यमा जग्गा ब्यापारीको हातमा छोडिरहनु परेको छ ।
राजनितीक दलका नेताहरु स्वयमले बिध्यालयको जग्गा कौडिको भाउमा ओगटेका कारण हटाउन बिध्यालयलाइ सकस परेको बुझिन आएको छ । रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझाले २४४० रुपियाँ तिरेर राजमार्ग तर्फको सटर लिएका छ्न भने पोखरा २४ नम्बर वडाका भुपु वडा अध्यक्ष ओम प्रसाद सुबेदिले लामो समयदेखी ब्यापार गर्दै आएका छन । एमाले , माओबादी र काङ्ग्रेस समर्थित नेता तथा कार्यकर्ता हरुले अमरसिंह माबिको सटर बर्षौ देखि प्रयोग गर्दै आएका कारण चोकको जग्गा खाली गरि ब्यबस्थापन गर्न र नया सरचना निर्माण गर्न बाधा पुर्याउदै आएको बुझिएको छ । तर कतिपय ब्यापारीले स्कुलले भनेको दिन छोड्न तयार रहेको बताएका छन ।स्कुलको जग्गामा सटर बनाइ अरुलाइ भाडामा लगाएका नर कुमार सुनार भन्छन “बिध्यालयको जग्गा खाली गर्न म बाधक बन्दिन ।” अर्का पुराना ब्यापारी शान्त कुमार श्रेस्ठ्ले भने मेरो दुई पुस्ताले ब्यापार गरेको ठाउँ भएपनी स्कुलले नया ब्यबस्थापन गर्न तयार भएमा छोड्न पर्छ ।
अमरसिंह चोकको सौर्न्दर्यताको लागि पनि हाल भैरहेको पुराना टहरा हटाएर नयाँ कम्प्लेक्स निर्माण गर्नु आवश्यक छ ।पृथ्वी राजमार्गको स्तरोन्नति भैरहेको छ , सेतिमा सिग्नेचर पुल बन्दै छ , सबैतिर सुन्दर र आकर्षक बन्ने तर अमरसिंह चोक यहि हालतमा कुरुप रहने हो भने पर्यटनको राजधानी घोषित पोखरा महानगरपालिका मलमलको टोपिमा गुएलाको फुल जस्तै कुरुप हुने निश्चित छ । बिध्यालय महानगरपालिकाको मातहत रहेकोले के छ त योजना भन्ने जिज्ञासा राख्न मेयर धनराज आचार्य सङ्ग सम्पर्क प्रयास गर्दा उनको मोबाइल अफ रहेको थियो । यता पोखरा महानगरपालिका वडा नम्बर १२ ले अमरसिंह माबिको बि ब्यसलाइ पत्र लेखी उक्त जग्गा सङ्ग सम्बन्धि सम्पुर्ण विवरण कागज पत्र माग गरेको छ । ब्यबस्थापन समितिले कस्तो छानबिन र कारबाही अगाडि बढाउछ त्यो भने हेर्न बाकी छ । जिल्ला प्रशासन कार्यालय कास्किले नियमन र ब्यबस्थापनको लागि सुरक्षा माग भए उपलब्ध गराइने बताएको छ । यस प्रकरणमा गत हप्ता सराङ्कोट साप्ताहिकले समाचार प्रकाशन गरे पछि पोखरेली हरुले छानबिनको माग गर्दै अख्तियारमा उजुरी दिने बताएका छन ।

राष्ट्रिय माबीको घर जग्गा बोर्डिङलाई भाडामा

पोखरा महानगर पालिका १ नम्बर वार्ड बगरमा रहेको राष्ट्रिय माबिले प्रत्यक्ष रुपमा स्वार्थ बाझिने गरि सामुदायिक बिध्यालयको घर जग्गा अञ्जुली बोर्डिङलाइ भाडामा लगाएको छ । पहिलो पटक भाडामा ( २०६२ -७२ सालमा )दिएको बिषयमा चर्को आलोचनाव खेपे पछि २०७२ देखि भाडाको म्याद थपिएको थिएन । सरकारी घरजग्गा निजि बोर्डिङलाइ दिन नहुने भन्दै विभिन्न उजुर बाजुर र तिब्र आलोचना भइरहेको बेला बिब्यसले २०८०/११/ १९ गते पुन अन्जुली बोर्डिङलाई १२ बर्षको लागि म्याद थप गरिदिएको तथ्य ढिलो गरि बाहिरिएको छ ।
राष्ट्रिय माबिले आफ्नो घरजग्गा निजिलाइ दिएर आफ्नै बिध्यार्थिलाइ कक्षा कोठाको अभाव देखाएर बिध्यार्थी पढाउने कक्षा कोठा घटाएको पाइएको छ ।दुई बर्ष अघि २ हजार बढी बिध्यार्थी रहेको राष्ट्रिय माबिमा अहिले १४ सय मात्र बिध्यार्थी पढ्ने गरेका छन । कक्षा कोठाको अभावमा बिध्यार्थी घटेको बताउदै आएको उक्त बिध्यालयले आफ्नो घर जग्गा निजि स्कुललाइ दिने कार्यमा बिब्यस अधक्ष्य राम बिक्रम राणाको प्रतक्ष सलग्नता रहेको खुलेको छ ।१ नम्बर वडा शिक्षा समितिका अध्यक्ष शाहरा प्रधान समेतले बोर्डिङ्को हितमा निर्णय गराउन भुमिका खेलेका छन । सरकारी बिध्यालयको कक्षा कोठा भवन र जग्गा मासिक ९८ हजारमा बोर्डिङलाई भाडामा दिएर सामुदायिक बिध्यालय सुकाउदै लाने योजना बनाएको भन्दै स्थानियले गरेको चर्को बिरोधको स्वर सुनिएको छैन । सडक छेउमा ब्यापारिक सटर बनाएर मासिक ६ लाख व५० हजार १२६ रुपैयाँ भाडा असुल गर्दै आउदा पनि नपुगेर आफ्नो कक्षा कोठा सहितको जग्गा भाडामा दिनुले सामुदायिक बिध्यालयलाई कमजोर बनाउदै लाने खेल खेलेको पुष्टि गराएको छ । बोर्डिङ सन्चालक सङ्ग बिब्यसका अध्यक्ष र वडा अध्यक्षको मिलेमतोलाइ अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।बिध्यालयका प्रधानाध्यापक इस्वरी प्रसाद सापकोटा यस बिषयमा कुनै प्रतिक्रिया दिन चाहादैनन ।l

Advertisements

बिध्यालयको भवन वडा कार्यालयलाइ !

राष्ट्रिय माबि नेतृत्वले आफ्नै घर जग्गा ततेर्न सक्ने क्षमता राख्दैन । ७० रोपनी भन्दा बढि जग्गा र भवन ततेर्न नसकेर कोहि घर जग्गा बोर्डिङलाई दिएको छ भने ऐतिहासिक टुडिखेलका जग्गा छेउबाट अतिक्रमण हुँदै आएको छ । त्यतिमात्र होइन राष्ट्रिय माबिको स्वामित्वमा रहेको बालज्योती प्राबिको घर जग्गा १ नम्बर वडा कार्यालयको भवन निर्माणका लागि दिइएको छ । बिध्यालयको जग्गामा हाल वडा भवन निर्माण भइरहेको छ । पोखरा महानगर्पालिकाको मिति २०७९/१०/१७ गतेको चौथो कार्यपालिका बैठकको निर्णयलाई हवाला दिएर २०८०/०३/२९ गते बिध्यालय ब्यबस्थापन समितिले साबिक बालज्योती हालको राष्ट्रिय माबिमा वडा नम्बर १ कार्यालय निर्माणको अनुमति दिइएको छ । हाल वडा भवन निर्माण कार्य भैरहेको छ ।शिक्षा मन्त्रालय अन्तर्गतको जग्गा स्थानिय तहलाइ सुम्पन कुन कानुनले मिल्छ ? उचित छानबिनको सत्यतथ्य बाहिर ल्याउन जरुरी रहेको छ ।

२७ जनाले अतिक्रमण गरे टुडिखेलको जग्गा

बि स २००६ सालमा स्थापित राष्ट्रिय माबि अगाडिको टुडिखेल चौर बिध्यालयकै स्वामित्वमा छ । २९ रोपनी क्षेत्रफलमा फैलिएको टुडिखेल चौर पनि अतिक्रमणको चपेटामा परेको छ । चौरको पुर्बी तर्फ निर्मित घरहरूले टुडिखेलको जग्गा अतिक्रमण गरेको बताइएको छ ।बिध्यालयले दिएको सुचना बमोजिम २७ जनाले टुडिखेलको बहुमुल्य जग्गा मिचेर आफ्नो ब्यक्तिगत सम्पती बनाउने प्रयत्न गरेका छन ।

कस कसले मिचे टुडिखेलको जग्गा ?

१. कृष्ण कुमारी पुन
२. इन्द्रकुमारी गुरुङ
३. पूर्णमाया के.सी.
४. कृष्ण कुमारी कर्मचार्य
५. विश्वदेवी शेरचन
६. सुष्मा कुमारी गुरुङ
७. शान्ति गैह्रे
८. जनक पुन
९. देवीप्रसाद गुरुङ
१०. अर्जुनकुमार गुरुङ
११. निर्मलरत्न जोशी
१२. बद्रीकुमारी गुरुङ
१३. गोपाल गिरी
१४. भीमा अधिकारी
१५. कृष्ण गुरुङ
१६. सदाखर आचार्य
१७. देवकुमारी गुरुङ
१८. महादेव शाही
१९. अशोककुमार शाही
२०. पत्रुस शाही
२१. शिवकुमार शाही
२२. दानप्रसाद देवकोटा
२३. गोविन्द कोइराला
२४. भू.पू. सैनिक
२५. इन्द्रेणी एकीकृत विकास केन्द्र
२६. सामुदायिक सेवा केन्द्र
२७. वडा प्रहरी कार्यालय वडा नं. १

स्रोत – राष्ट्रिय माबी

राष्ट्रिय माबिली आफ्नो स्वामित्वको घर जग्गा सरक्षण गर्न नसकि बितरण गरिनुले अन्य स्वार्थ समुहलाइ प्रत्यक्ष लाभ भएको छ । निजि बोर्डिङ्ले घर जग्गा लिएर बोर्डिङ चलाएको छ , वडा कार्यालयले भवन बनाउदै छ , ब्यक्ती र सस्थाहरुले मिचेर घर कम्पाउन्ड लगाएकाछन । बिध्यालय ब्यबस्थापन समितिको काम आफ्नो सम्पती सरक्षण गर्नु र बिध्यालयकै हितमा प्रयोग गर्नु हो तर ठिक उल्टो भएको छ । बिध्यालयको जग्गा खट्टे बाडे झै कौडिको मुल्यमा बाडेका छन । त्यसरी बाडदा भित्री स्वार्थ के छ त्यो भने छानबिनको बिषय बनेको छ ।

सस्कृत माबिको भवनमा मन्टेस्वरी ,जग्गाम २ वटा बोर्डिङ स्कुल

पोखरा १ बगरमा रहेको सस्कृत माबिले आफ्नो भवन निजि मन्टेस्वरिलाइ बर्षौ देखि भाडामा लगाउदै आएको छ । शिक्षा मन्त्रालयले पुरानो बिध्यालयको लागि दिएको अनुदान बाट बनेको तीन कोठे भवन बेबि मन्टेस्वरिलाइ भाडामा दिएको हो ।
यस्तै सस्कृत माबिले आफ्नो जग्गामा बोर्डिङ सन्चालनको लागि जग्गा भाडामा दिएको छ । लिटिल स्टेप बोर्डिङ र पोखरा आदर्श बोर्डिङ स्कुललाई ५ बर्ष सम्झौता गरि भाडामा लगाएको छ । सस्कृत माबिले आफ्नो बिध्यालय चलाउन सारकारी जग्गा भाडामा लगाएको दाबी गरेको छ । सस्कृत माबी सङ्ग कुन कुन सस्थालाइ कतिमा भाडामा लगाएको छ भन्ने बिषयमा सुचना माग गरिएकोमा बिध्यालयले पूरा सुचना दिएन ।
पिएन क्याम्पसका स्थायी उप प्राध्यापक बिश्नु अधिकारी सस्कृत माबिका बिब्यस अध्यक्ष बनेका छन । आफुलाइ कानुन ब्यबसायी बताउने अध्यक्ष अधिकारीले दुई वटा सामुदायिक बिध्यालयको घर जग्गामा बोर्डिङ चलाउन भाडामा लगाउने कार्य गरेकाछन । स्वार्थ बाझिने गरि सरकारी जग्गा निजि बोर्डिङलाई भाडामा दिइएको प्रकरणमा राज्यका निकायको मौनताले मिलेमतोको आशका उब्जाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भिरता पुर्बक छानबिन गर्न जरुरी देखिन्छ ।
यो रिपोर्टमा राज्यको आरबौ लगानी रहेको सामुदायिक बिध्यालयहरुले बहुमुल्य सरकारी जग्गामा गर्ने कौडिको मुल्यको भाडा कारोबार र त्यसले पार्ने प्रभावको बारेमा बिषय उठान गरेका छौ । सरकारी बिध्यालयले बिध्यार्थी बढाउने र गुणस्तरीय पढाउने बारेमा सोच्न छोडेर स्वार्थ बाझिने कार्य गर्दै आएको प्रती राज्यको मौनताले सृजना गरेको अराजकता र त्यसले निम्त्याएको दण्डहीनता लाई उजागर गरेको छ ।आगामी दिनमा पनि राज्यलाई हानी नोक्सानी पुर्याउने यस्ता अनियमितताको चिरफार्लाइ जारी राख्ने नै छौ ।

समाचार  साभार – सराङ्कोट साप्ताहिक

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: