कास्किमा २९ सय बिध्यार्थीले ग्रेड पाएनन मदरल्यान्ड्का १० ले ल्याए ४ जिपिएल

सराङकोट न्यूज
5 July, 2024 11:27 pm
Advertisements

कास्कीबाट १० हजार १ सय ७४ विद्यार्थी परीक्षामा सहभागी भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा २९ सय ३ जना विद्यार्थीको ननग्रेडिङ आएको छ उनिहरुले कक्षा ११ पढ्न पाउने छैनन यद्यपि मौका परिक्षामा भने सामेल हुन पाउनेछन ।
४.० जिपिए ल्याउने २१ जना बिध्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले बताए । जसमध्य मदरल्याण्ड माबी पोखराका १० जना बिध्यार्थिले ४ जिपिए ल्याएर नयाँ किर्तिमान राखेका छन । ४ जीपीए ल्याउने विद्यार्थीमा आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्विटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समीक्षा पहारी र युनिका ढकाल रहेका छन् ।

शिक्षा बिकास तथा समन्वय इकाइले दिएको जानकारी अनुसार ३.६ देखि ४.० जिपिएसम्म १ हजार ५ सय ७५ जना, ३.२० देखि ३.६० भन्दा कम ल्याउने २ हजार ५ सय ७७ जना छन् ।
२.८० देखि ३.२ सम्म ल्याउने २ हजार २ सय २६ जना, २.४० देखि २.८० सम्म ल्याउने ६ सय ५५ जना र २.० देखि २.४० सम्म ल्याउने २३ जना छन् ।

परीक्षामा गत चैत १७ देखि २७ गतेसम्म चलेको थियो । ३५ परीक्षा केन्द्रबाट सामुदायिक र संस्थागत गरी २ सय ८७ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

Advertisements

देशभरबाट ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी थिए जसमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भए । ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएको बोर्डले जनाएको छ । २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन

विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको हो । आन्तरिकतर्फ २५ पूर्णाकको परीक्षामा ४० प्रतिशतअर्थात् १० अंक ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।
एस्तै बिन्ध्यबासिनी माबी पोखरा १६ बाट ८१ जनाले परीक्षा दिएकोमा ९४ प्रतिशत सफलता हासिल गरेको छ । ताल बारही माबिका कस्मित खनालले ३.९५ जिपिए प्राप्त गरेर सामुदायिक बिध्यालयको नाम राखेका छन यस्तै अमरसिंह माबिका २ जना बिध्यार्थिले पनि ३.९५ जिपिए ल्याएको प्र अ शेर बहादुर थापाले बताए । यो बर्ष पोखरा महानगरले सामुदायिक र सस्थागत बिध्यालयको नतिजा समीक्षा गरि प्रकाशन गरेका कारण धेरै बिध्यालयले आफ्नो नराम्रो नतिजा लुकाउन पाएका छैनन ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: