शिक्षासेवी शंकर गौतमको निधन !

सराङकोट न्यूज
8 July, 2024 10:45 pm
Advertisements

पोखरा २० भलाम घर भइ पोखरा १६ माथिल्लो दीपको घरमा बस्दै आएका शिक्षासेवी शंकर गौतमको ६७ बर्षको उमेरमा असार २४ गते अपरान्ह ३ बजे निधन भएको छ । ६ महिना अघि हार्ट स्ट्रोक भइ उपचाररत गौतमलाई प्याङ्कृयाज र कलेजोमा जटिल समस्या थपिएको र सोही कारण देहावसान भएको भाइ धिरज गौतमले बताए ।
भलाम गाउँ पन्चायतका पुर्ब प्रधानपन्च तेज बहादुर गौतमका जेष्ठ सुपुत्रको रुपमा जन्मिएका शंकर गौतम जिल्ला शिक्षा अधिकारी भइ विभिन्न जिल्लामा सेवा गरेका थिए । सरकारी जागिरमा उप सचिब बाट अबकाश पाएपछी पर्बतिय सङ्ग्रहालय पोखराका निर्देशक भै कार्य गरेका थिए । जागिरे जीवन छोडेपछी सकृय राजनितिमा होमिएका थिए । सिधै जसपाको केन्द्रीय सदस्य रहेका गौतम पछि नेकपा एमालेमा प्रबेश गरेका थिए ।
स्वर्गीय गौतमका ६ दाजुभाइ र ६ दिदी बहिनी रहेका छन । उनको एक श्रीमती , २ छोरी र १ छोरा छन । स्वर्गीय गौतमको पार्थिब शरीर मङ्गलबार बिहान ९ बजे भलामको कालिखोलामा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने धिरज गौतमले बताए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: