गण्डकी बोर्डिङ प्राचार्य नियुक्ति प्रकरण आबेदकले पेश गरेका कागज शकास्पद

सराङकोट न्यूज
9 July, 2024 9:52 am
Advertisements

पोखरामा रहेको गण्डकी बोर्डिङ स्कूलको प्रिन्सिपल नियुक्ति प्रकरणमा पेश गरिएका कागज पत्र शकास्पद रहेको आशंका गरिएको छ । प्रिन्सिपल छनोट उपसमितिले आवेदकमध्ये ८ जनाको नाम सर्टलिष्टिङ गरेको छ । बोर्डिङले प्राचार्य नियुक्तिसम्बन्धी कार्यबिधि बनाउँदा अनुकुलका पात्रलाई नियुक्त गर्ने गरी सेटिङ गरिएको पुष्टि हुँदै गएको बताइन्छ ।

छनोट समितिले सार्वजनिक गरेको सर्टलिष्टमा कार्यबिधी अनुसार योग्यता नपुगेका व्यक्तिले पेस गरिएका कागजलाइ छानबिन र पुष्टि नगरि समावेश गरेको पो हो कि भन्ने बिषयको चर्चा चलेको छ । पहिलो चरणमा छनोटमा परेका राजकुमार ढकालले पेश गरेको कागज छानबिन भएमा योग्यता पुग्ने नपुग्ने एकिन कुरा बाहिरिने बिश्वास लिइएको छ  ।
राज कुमार ढकालले पेश गरेको भनिएको  प्रिन्सिपल कार्यरतको अनुभव प्रमाणपत्र कार्यबिधी अनुकुल नरहेको हुने  बुझिन्छ । प्राचार्य छनोट सम्बन्धि कार्यबिधी २०८० को बुदा न १३ मा कक्षा १२ सम्म संचालित माबी तहमा कार्यरत प्रिन्सिपल लाई बर्षको २ नम्बर दिइने उल्लेख छ तर ढकालले पेश गरेको बिधालय अर्मादी अङ्ग्रेजी स्कुलको हो भने उक्त स्कुल  कक्षा १० सम्म मात्रै सन्चालनमा रहेको पुष्टि भएको छ ।ढकाललाई कक्षा १० सम्म हुने माध्यमिक विद्यालयको प्रिन्सिपललाई आधार मानेर नम्बर  दिइएको हो होइन एकिन हुन जरुरी देखिन्छ । , उनले पेश गरेको अनुभवको डकुमेन्ट   कक्षा १२ सम्मको विद्यालयको हो वा १० सम्मको छनोट समितिले एथार्थ पहिचान गर्न जरुरी  देखिन्छ ।  काम गरेको समयमा स्याङ्जाको वालिङमा अर्मादी अंग्रेजी विद्यालयमा कक्षा १० सम्ममात्र पढाइ हुने गरेको छ बिध्यालयले जानकारी गराएको छ। यसरी विश्लेषण गर्दा माग एकातिर आपूर्ति अर्कैतिर गएको पो होकि भन्ने आशका उब्जाएको छ । यसमा कार्यबिधी बिपरित नम्बर दिएर ढकाललाई पक्षपोषण गरिएको हो भने अरु आबेदकलाइ अन्याय पर्न जाने त होइन ? छनोट समितिले पुनरावलोकन गर्न जरुरी देखिन्छ त्यसो भएन भने यसलाइ सेटिङ मिलाइएको भन्ने आरोप नलाग्ला भन्न सकिन्न  ।
अर्को कमजोर मुल्यांकन ढकालले पेश गरेको लेखलाई पनि आधार मानेर नम्बर दिइएको चर्चा  चलेको छ । अन्तर्राष्ट्रिय जर्नलमा लेखिएको लेख रचना अनुसन्धान मुलक करिब २ हजार शब्दका हुनुपर्नेमा दुई अनुक्षेदको टिप्पणी बिचार लाई लेखको रुपमा स्वीकार गरिएको हो भने त्यो पनि बिबादको बिषय हुन सक्छ   । उनले पेश गरेका दुई वटै बिषय आलोचनाको बिषय बन्न  पुगेको छ । कार्यबिधिको उद्देश्य पूरा हुने देखिदैन बिज्ञहरु भन्छ्न । गन्डकी बोर्डिङले बनाएको कार्यबिधी त्यही कार्यरत अनुकुल त छ नै त्यसमा पनि पेश भए गरिएका प्रमाणपत्र हरुको सत्यता परिक्षणको प्रयास समेत गरि प्राचार्य नियुक्ति कार्यलाइ बिस्वस्निय बनाउन आवश्यक देखिन्छ । उठेका बिषयमा छनोट समितिले गम्भीरता पुर्बक पुनरावलोकन गरि गण्डकी  बोर्डिङ गौरबशाली बिध्यालयलाइ योग्य प्राचार्य  दिने अपेक्षा गरिएको छ ।

सर्टलिष्टमा राजकुमार ढकालसहित सावित्री शर्मा, विश्व युधिर पौडेल घर्ती, विष्णु लम्साल, नविन पौडेल, दयाराम गुमान्जु, गोकुल घिमिरे शर्मा र स्थीरबाबु सुवेदीको नाम समोवश गरिएको छ । उनीहरूको अन्तरवार्ता असार २६ गतेका लागि तोकिएको प्रिन्सिपल छनोट उपसमितिले जनाएको छ । बिज्ञ सहितको छनोट समितिले सत्यतथ्य मुल्यांकनको आधारमा निस्पक्ष ढङले योग्य प्राचार्य गन्डकी बोर्डिङले पाउने बिश्वास लिइएको छ ।

Advertisements

 

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: