सरकार अधिनायकवाद नवनोस्

सराङकोट न्यूज
6 August, 2018 3:30 am
Advertisements

नेपालको राजनीतिक संक्रमण काल अन्त्य लगभग भइसकेको छ । नेपालीहरुले ज्यानको आहुती दिएर ल्याएको संघिय लोकतन्त्र अव पूर्ण कार्यान्वयनमा आइसकेको छ । यसरी सवै विन्दुवाट नियाल्ने हो भने हामी नेपाली पूर्ण लोकतन्त्र स्थापित मुलुक नेपालका अधिकार सम्पन्न नागरिक हौं । २४० वर्ष लामो एकात्मक शाही सरकारलाई मिल्काएर पूर्ण जनअधिकार सहितको संघियता ल्याइसकेका छौं ।
राज्य पुन संरचना भइसकेको छ । संघियता कार्यान्वयन भइसकेको र सोही मुनाविक राज्य संचालन पद्धति नयाँ शिरावाट सुरु भइसकेका छन् यति हुदा हुदै पनि नागरिक ले वास्तविक रुपमा लोकतन्त्रको अनभू ितगर्न पाउका छैनन् वरु उल्टै पिल्सिन, थिचिन वाध्य छन् जनता, शाही साशनमा रैती रहेका जनताले अधिकार सम्पन्न नागरिक हुन पाएका छैनन् ।
जनताले मतदान गरेर वताएका राष्ट्रपति प्रधानमन्त्रीहरु अहिले नयाँ राजा भन्दा माथि देखिएका छन् । प्रधानमन्त्री के.पी. शर्मा ओली जहाँ जहाँ पुग्छन् त्यहाँका जनतालाई वन्धक वनाइन्छ सडकमा घण्टौं सम्म सर्वसाधारण जनतालाई निषेध गराइन्छ । आफैले मतदान गरेर जिताएका प्रधानमन्त्री लाई देख्न प्रतिवन्ध लगाइन्छ । जनताका सत्रु जस्तै गरेर वेजोडले भगाइन्छ । नेपालीले आफ्नो प्रधानमन्त्री देख्न नपाउने के गल्ती गरेका छन् जनताले जवाफ खोज्न पर्ने भएको छ ।
लोकतन्त्रको घण्टौं व्याख्या गरेर नथाक्ने सरकार प्रमुख के.पी. ओली गण्डकी प्रदेशको संसदलाई संवोधन गर्न आउँदा उनले प्रयोग गर्ने प्रदेशको संसदलाई संवोधन गर्न आउँदा उनले प्रयोग गर्ने सडकमा सुरक्षाकर्मीहरुले आतंक मच्चाएकै धेरैले अनुभूवी गरे । यतिमात्र हैन प्रेसलाई समेत वन्देज लगाइयो सडकमा । लोकतन्त्रका मसिहा भन्नेहरुवाटै प्रेसको घाटी निमोठ्ने काम गरियो । माथिको आदेश भन्दै सुरक्षाकर्मीहरुले सडकमा वुट वजारेर प्रेसलाई तर्साउने काम गरियो । सर्वसाधारण उत्तिकै तनावमा थिए । प्रधानमन्त्री आफ्नो नगरमा आउँदा खुसी हुनुपर्ने जनताहरु पोखरामा अव प्रधानमन्त्री नआए हुन्छ भन्न वाध्य भएका कुरा सामाजिक संजाल लगायत यत्र तत्र सर्वत्र देखिएको छ । यस परिवेशले असन्तुष्टीको संकेत गर्छ ।
डा. गोविन्द केसीको सत्याग्रह तोडाउन राज्य शक्तिको दुरुपयोग गरिएको घटना ताजै छ । राजनीति नियूक्तिको नाममा प्रकृयागत ढंगवाट भएका नियुक्ती समेतलाई पूर्णतया खारेज गरेर आफ्ना कार्यकर्ता भर्ति गर्न खोजिएको छ । राज्य शक्तिको दुरुपयोग गर्न मात्र सरकार केन्द्रीत हुन थालेको आभाष आएको छ यो अधिनायकवादको संकेत हो यसलाई सवै क्षेत्रबाट वर्जित गरिनु पर्छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: