![](https://www.sarangkotnews.com/wp-content/uploads/2021/09/sarangkot-sambadaikya-copy-1200x675.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
नेपाली जनताले नयाँ संविधान पाएको ६ वर्ष पूरा भएको छ । झण्डै ७ दशक लामो प्रयासपछि बल्ल नेपाली जनताले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पाएका हुन् । १० वर्ष लामो सशस्त्र युद्ध, १ वर्षे जनआन्दोलनको उपलब्धी स्वरुप नेपालमा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान हाता लागेको हो ।
१७ हजार जनताले जीवन आहुती दिएर प्राप्त, हजारौं बेपत्ता, घाइते भएर प्राप्त भएको वर्तमान संविधानले आम नेपालीजनहरुका लागि के उपलब्धी हाता लाग्यो । कति नेपाली जनताले आफ्नो अधिकार सुनिश्चित भएको महसुस गरे त्यो महत्वपूर्ण विषय हो ।
लोकतन्त्र र गणतन्त्र के का लागि ? कसका लागि भन्ने बारेमा बहस सुरु भइसकेको छ । संविधान जारी भएको यति छोटै अवधिमा आम नागरिकमा चरम असन्तुष्टि बढ्नु राम्रो संकेत छैन । संविधानले तीन तहको सरकार दियो त्यो सरकार सेतो हात्ती जस्तै पाल्नै नसक्ने अवस्था नेपालले गुजारिरहेको अवस्था छ ।
नयाँ संविधानले हजारौं सिंहहरुको जन्म दियो । सिंहले डकारुञ्जेल सम्म खायो खाइरह्यो तर वनका स्याल र बिरालाहरु भोकै मर्न बाध्य भएझै बनाएर मोटाउन थालेकाहरुका लागि मात्र वर्तमान संविधान अनुकुलताको स्वर्ग सावित भएको छ । निश्चय नै यो दुखद पक्ष हो । लोकतान्त्रिक संविधान बनाउँदा नेपालका राजनीतिक खेलाडीहरुले खेलेका खेलहरु धोकाधदिपूर्ण थिए । दलको सेटिङमा, नेताको सेटिङमा भएका धर्म निरपेक्षता जवजेस्त लादिनुलाई ८० प्रतिशत नागरिकले पत्याएका छैनन्, विश्वकै सबैभन्दा धेरै हिन्दु आस्था भएका देश नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न कसकसले भूमिका खेलेका थिए ? अब खोजी गर्न थालिएको छ ।
संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । देशकौ सम्म निर्विवाद चल्नुपर्ने संविधान आधा दशकमै विवादित बन्न पुगेको छ । सार्वभौम जनताले बनाएको संविधान भनिए पनि केही औंलामा गन्न सकिने नेताहरुको स्वार्थमा तयार पारिएको संविधान आज अब्बल विशेषताहरु भएर पनि कार्यान्वयन पक्षमा देखिएका मनोमानी तन्त्रका कारण अलोकप्रिय बनेको छ ।
नेपालका ठूला राजनीतिक दलका उच्च तहका नेताहरुको नेतृत्व क्षमतामा गम्भिर प्रश्न उब्जिएको छ । राष्ट्रियता, उच्च नैतिक हैसियत र परिस्थिति जन्य जटिलतालाई व्यवस्थापन गर्ने क्षमता नभएका कारण नेपाली जनताले शान्ति र सुव्यवस्थाको स्वास फेर्न पाएका छैनन् यो विडम्वना हो ।
संविधान जलाउनेहरु सत्तामा जाने देश नै संसारमा नेपाल मात्र एक होला । सत्ताको सुख बाहेक सबै कुरा अस्वीकार्य छ नेपालका नेताहरुलाई । भ्रस्ट, दुस्ट, तस्करहरुलाई काखी च्यापेर इमानदार र स्वाभिमानीहरुलाई लात मार्ने व्यवहार यो संविधानमा विद्यमान देखिएको छ ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)