पोखरा महानगरले गर्ने पर्ने काम

सराङकोट न्यूज
26 January, 2024 9:59 pm
Advertisements

पोखरा महानगरपालिका भौगोलिक रुपमा नेपालकै ठूलो जनसंख्याको रुपमा दोस्रो र पर्यटकीय आकर्षक गन्तव्यको रुपमा देशकै प्रथम स्थानमा छ पोखरा महानगरपालिका । स्वदेशी र विदेशी पर्यटकहरुको रोजाको शहर हो पोखरा ।
पोखरा महानगरका दोस्रो मेयर धनराज आचार्यले निर्वाचन लड्ने क्रममा नागरिक (मतदाता) लाई दिएको आश्वासन कति कार्यान्वयन गरिए त्यो हेर्न र मूल्यांकनका दिन हाम्रा अगाडि आइपुगेका छन् । नागरिकको चाहना सुशासन र सदाचार हो । नागरिकबाट पोखराका मेयर निर्वाचनमा पाएको अभूतपुर्व सहयोगको गुन तिर्ने बेला आएको छ ।
जतिपछि पोखराको स्वाभिमान गिर्दै गएको छ । जनप्रतिनिधि भ्रष्टाचारमा मुछिएका छन्, मुद्दा चलेको छ, कर्मचारीहरु आर्थिक अनियमितता गरेको कुरा अख्तियारसम्म पुगेर छानविनको दायरामा आएका छन् । नागरिककको करको चरम दुरुपयोग भइरहेको सर्वत्र चर्चा चलेको छ अनुत्पादक क्षेत्रमा खर्च गर्न रोग बढेर गएको छ त्यसतर्फ महानगरको दृष्टि पुग्न सकेको छैन ।
महानगर नागरिक मैत्री हुनु पर्छ । नागरिकलाई सेवा प्रवाहमा सहजता दिन सक्नु पर्छ । त्यसका लागि समय सापेक्ष प्रवृद्धिको विकास हुनु पर्छ । करको दायरा विस्तार गर्नु पर्छ । हाल दायरामा आएकालाई टाउको उठाउनै नसक्ने गरी थिच्ने नीतिलाई त्यागेर दायरामै नआएकालाई अनिवार्य दायरामा ल्याएर पुराना करदातालाई राहत पु¥याउन जरुरी छ । हाल पोखरा महानगरको अर्को समस्या भनेको पार्किङ, सडक व्यवस्थापन हो । सडक पार्किङलाई निरुत्साही तुल्याउने नीति लिइएको घोषणा भयो तर कार्यान्वयन भएको छैन । सस्तो लोकप्रियताको खेतीमा रमाउनु भन्दा यथार्थ र भुगोल सुहाँउदो नीति ल्याउन र कार्यान्वयन गर्नु उपयुक्त हुन्छ ।
पोखरा महानगरमा नीतिको साशन छैन । भवन निर्माण संहिता कतै कार्यान्वयन भएको पाइदैन । गगनचुम्बी भवनहरु निर्माण जारी रहेका छन् । कर छल्ने र आफूखुसी गर्नेहरुको जगजगी रहेको छ । नक्साशाखा कमाउ अखडा बनेको छ । तर अनुगमन र नियमन भएको छैन यो चरम अराजकताको नमूना हो । नातावाद, कृपावाद दलको झोलेवादले प्रश्रय पाएको छ । कानुन कार्यान्वयनमा व्यापक चुनौती बनेका छन् ।
काठमाडौं महानगरपालिकाले गरेको अनुगमन नियमन अनुकरणीय छन् । जनतासँग जोडिएको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रलाई महत्वपूर्ण रुपमा हेरिनु पर्छ, प्राथमिकतामा राखिनु पर्छ तव मात्र जनताले न्याय पाउनेछन् पोखराले शान बढाउने छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: