विकृति र विसंगती हटाऔं मौलिकतालाई बचाऔं

सराङकोट न्यूज
28 August, 2018 4:08 am
Advertisements
Advertisements

करिब एक दशक अघि सामाजीक सेवामा समर्पित हुदै आउनु भएकी अञ्जु क्षेत्री पछिल्ला दिनमा राजनीतिक जिवनमा सकृय रहेकिछिन् । पोखरा महानगर ५ नं. वर्डा की वडा सदस्य समेत रहनुभएकी अञ्जु क्षेत्री पारिवारिक वातावरणवाटै समाज सेवामा प्रेरित हुदै विद्यार्थी जीवनमा देखीएका विभिन्न सामाजिक राजनितीक घटनाक्रमलाई नजिकैबाट नियाल्दै आएकिछिन् । सिङ्गो नारी जगतमा नारीलाई स्वतन्त्र निडर भएर बाँच्न र समाजलाई परीवर्तन गर्नु पर्छ । आज नगरे कहिले गर्ने हामिले नगरे कसले गर्ने भन्ने यो भनाईलाई आत्मसाथ गदै अगाडी बढ्दै आईरहेकी सामाजीक अभियन्नताको नाम हो अन्जु क्षेत्री । पछिल्लो समय देसमा देखिएको राजनितिक, सामाजीक परीवर्तन सगै नारीहरु पनि अव काधमा काध मिलाएर अगाडी वढ्नु पर्छ भन्ने मान्यताका साथ सघर्षशिल पाइला चाल्दै जन सेवामा समर्पीत हुदै आफ्नो गतीलाई अगाडी बढाइ रहेकी पात्र अन्जु क्षेत्री सँग वर्तमान अवस्था र हालै वहाँले चालेको नारी जागरण अभियान बारे वहाँ सँग सराङकोट साप्ताहिकका प्रतिनिधि शिवराज वस्ताकोटी (शिवदाई) द्वारा गरिएको कुराकानी ….. ।

अञ्जु क्षेत्री
संयोजक
नारी जागरण अभियान

1. यहाले तिज पर्वलाई कसरी हेर्नु भएको छ ?
– नेपाली महिलाहरुको महान चाडको रुपमा हेरेकी छु । धार्मिक सँगसँगै सामाजिक सम्बन्धलाई पनि यो पर्वले टेवा पु¥याएको ठान्छु । भाद्र द्वतिया देखि पञ्चमी सम्म यो पर्वमा महिलाहरुले व्रत वसेर पतिको सुख सम्वृद्धिका लागि पञ्चमीमा पुजा गर्ने परम्परा छ । र यो पर्व धार्मिक मात्र नभई सामाजिक सम्बन्धलाई पनि वलियो बनाउन मदत पु¥याउने पर्वको रुपमा हेर्छु ।

2. यहाहरुको संस्था नारी जागरण अभियानलाई आजका दिन सम्म कसरी अगाडी बढाउनु भएको छ ?
– हामीले यो नारी जागरण अभियानको सुरुवात गरेको करिव एक साता हुदैछ । जस्तै वडा नं. ६ वडा नं. १२ वडा नं. ११, वडा नं. ३ नारी जागरण अभियानको कार्यक्रम गरी सकिएको छ । जसमा हामिले यो कार्यक्रम त्यही वडाका विभिन्न समुदायका दिदि वैनीहरु संघसंस्था साथै आम महिलाहरुलाई उपस्थित गराई तिज हाम्रो पर्व हो मान्नु पर्छ तर विकृति र विसंगती रहित तिज मान्नु पर्छ भन्ने मान्यताका साथ सचेतनात्मक तथा कार्यक्रम चलाउँदै आएका छौं ।

3. नारी जागरण अभियानमा तिज पर्वलाई मात्र केन्द्रित गर्नु भएको छ वा महिलाका हक अधिकार र अन्य विषयलाई पनी यो अभियानमा समेटे र अगाडी वढ्नु भएको छ?
– सम्झौता होइन नारीलाई सम्मान गरौं लैंङ्गिक विभेद हिंसा अन्त्य गरौं सम्वृद्ध समाजको निर्माण गरौं भन्ने नाराका साथ हामीले महिला सँग सम्बन्धीत विविध सामाजिक आर्थिक राजनीति कानुन र महिलाहरुका हक अधिकार साथै स्वास्थ्य सम्बन्धी जागरण गराउँदै महिलाहरु भित्र निदाएको चेतनालाई व्यूझाउने प्रयासमा लागी यो अभियानको परिकल्पना गरिएको हो । हामी अव तिजमा मात्र यो अभियानलाई केन्द्रित नगरी यो अभियानलाई विराट विशाल रुपले विकृति र विसंगति अन्त्य गर्नको लागि अगाडि वढाउने र सर्वत्र फैलाउने उद्देश्यका साथ अगाडि वढेका छौ र भोलीका दिनमा पनि यसलाई निरन्तरता दिने छौं ।

4. यहा भन्दा पुरुषबाट बढि दमन भएको छ महिलाका हक अधिकार पुरुषबाटै खोसिएका छन् भनिएको छ, तर अधिकार सुरक्षाका कुरा गर्दा महिलाबाटै महिला माथि दमन भएको विभिन्न घटना क्रमले देखाउँछ यहाँ के भन्नु हुन्छ ?
्य पुरुषवाट दमन नभएको होइन भएकै छन् तर पछिल्लो समयमा महिलाहरुका धेरै हक अधिकार लिखित रुपमा मौखिक रुपमा त प्राप्त भएका छन् तर पूर्णत कानुनी र व्यवहारिक रुपमा भएका छैनन् त्यसैले आधा आकाश ढाक्ने महिलाको संख्या हुँदा हुदै पनि महिला हरुले अझै पूर्णत अधिकार प्राप्त गरेको देखिदैन । त्यसैले हामी भन्छौ सम्झौता होइन नारीलाई सम्मान गरौं भन्ने नारालाई हामीले अगाडि वढाएका छौं ।

5. नारी जागरण अभियानमा कुन कुन संघ सस्थाको ऐक्यद्धता सहयोग र समर्थन रहेको छ ?
– यो नारी जागरण अभियान कुनै एनजीओ आइएनजिओबाट नभई स्वतःस्फूर्त पोखराका विभिन्न संघ संस्थामा रहेका महिला दिदीवैनीहरुवाटै थालिएको अभियान हो यसमा कसैसँग कुनै आर्थिक सहयोग लिने काम हामि गर्दैनौं आवश्यक खर्च हामि आफैले जुटाएका छौ तर यो अभियानलाई यहाँका विभिन्न संघ संस्था साथै आम पोखरावासी महिला दिदीवैनीहरुको मात्र होइन पुरुष संघ संस्थाहरुवाट पनि नैतिक समर्थन र ऐक्यवद्धता रहेको छ । आज सम्म आइ पुग्दा हामि सँग यति वेला महिला सँग सम्बन्धी करिव ७० संघ संस्थाहरु यो अभियानमा सरिक भएका छन् । यतिवेला हाम्रो यो अभियानमा सामाजिक क्षेत्रमा लाग्नु भएका दिदीवैनी हरु साथै विभिन्न पेशामा आवद्ध महिला संचारकर्मी वकिल कानुन विद् स्वास्थ्य साथै विभिन्न निकायमा रहेका महिला दिदी वैनीहरुको समेत साथ रहेको छ। आगामी दिनमा पनि सवैको सहयोग साथ र ऐक्यवद्धता रहनेछ भन्नेमा हामि ढुक्क छौं ।

6. नारी जागरण अभियान तिजमा मात्र केन्द्रीत हुन्छ वा जस्तै दशैं तिहारमा पनी ?
– प्रकृति भनेको व्रमाण्ड हो व्रमाण्डमा हाम्रा पुर्खाले वनाएको परम्परा र संस्कृतिलाई जोगाउन हामी आम जात जाती धर्म संस्कृति भएका आम नागरिकले आ–आफ्नै मौलिकतामा रही चाड पर्व मनाउँदै विकृति र विसंगतीलाई हटाउ भन्दै प्रकृति संस्कृति र मौलिकतालाई जोगाऔं विकृतिलाई हटाऔं भन्ने हाम्रो नारा रहेको हुँदा हाम्रो ध्यान हरेक चाड पर्वमा पनि केन्द्रित हुनेछ ।

7. यहाले विकृती विसंगती केलाई भन्नु हुन्छ र विकृती विसंगती रहीत तिज मनाउन के गर्दा राम्रो होला ?
– पछिल्लो समयमा विभिन्न संघ संस्थाका नाममा तिज आउनु भन्दा १–डेढ महिना अगाडि देखिनै दर खाने जुन प्रचलन ल्याइएको छ । तिजका नाममा गित संगीत नाचगान भन्दै जवर्जस्त टिकट भिडाउने देखि लिएर गरिएका कृयाकलापलाई न्यून गर्दै जाने हाम्रो उद्देश्य रहेको छ । आफैले पैसा तिरेर होटलमा खाएको दरलाई विकृतिको रुपमा लिएका छौं । र दुई महिना अगाडी विभिन्न संचार माध्यमवाट वजाइने तिजका गीत पनि तिजको नजिक आएर बजाउँदा राम्रो हुन्थ्यो भन्ने हाम्रो मान्यता हो यसो भनी रहँदा हामी गीत संगीत र कलाकारिताको विरोधी भने होइनौं र महिनौ दिन अगाडि देखि खाइने दरले हाम्रो वास्तविक दर खाने दिनको माइती घरमा खाइने दरको महत्व समेत घटेको मात्र होइन ओझेलमा परेको हो कि भन्ने हामीले महसुस गरेका छौं ।

8. अन्तमा नेपाली दाजु भाई तथा दिदी वैनीहरुलाई हाम्रो सराङकोट साप्ताहिक मार्फत् केहि भन्न चाहनु हुन्छ ।
– पहिला त पश्चिमाञ्चलकै लोकप्रिय पत्रिका सराङकोट साप्ताहिकलाई धन्यवाद दिन चाहन्छु । हाम्रो नारी जागरण अभियानलाई यहाँहरुले अगाडि बढाउनको लागि मेरो भनाई राख्ने अवसर दिनुभएकोमा यहाँलाई पनि धन्यवाद दिन चाहन्छु । आम नेपादी दाजु भाई तथा दिदी वैनीहरुलाई आफ्नै धर्म संस्कृति परम्परा र मौलिकतामा रहेर अनुशासित पूर्वक तिज लगायत विभिन्न चाड पर्व मनाउन सवै लाई आग्रह गर्दछु । नजिकिदै गरेको हरितालिका तिजको सवैमा हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रो यो नारी जागरण अभियानलाई साथ दिन सवैमा आग्रह गर्दछु ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: