प्राविधिक शिक्षाले आत्मनिर्भर बनाउँछ

सराङकोट न्यूज
28 January, 2020 6:35 pm
Advertisements
अनिल अधिकारी एक युवा व्यक्तित्व । पोखरा २० भलामका स्थायी वासिन्दा अधिकारी स्वास्थ्य शिक्षा तर्फ लगाव राख्छन् । प्राविधिक शिक्षाको व्यवस्थापन र शैक्षिक कार्यक्रममा सकृय रहेका उनले पोखरामा रहेको कान्तिपुर इन्स्च्यिुट अफ हेल्थ साइन्समा विगत ७ वर्ष देखि कार्यरत छन् । २१ औं शताव्दीको जनशक्ति प्राविधिक जनशक्तिको प्रचुर सम्भावना रहेको वनाउने उनिसँग सराङकोटले संक्षिप्त वाता गरेको थियो । डेण्टल हाइजिन लगायतका ४ वटा प्राविधिक विषयको पढाई भइरहेको उक्त इन्स्च्यिुट वारे विद्यार्थीहरुको आकर्षण र उपलव्धी वारे उनको विचारको सम्पादित सारः

प्राविधिक शिक्षाको एकेडेमिक डिनको हैसियतमा काम गरिरहनु भएको छ । कस्तो छ यसको आकर्षण विद्यार्थीमा ?

राम्रो आकर्षण छ । कम शुल्कमै तीन वर्षे प्राविधिक कार्यक्रम पढ्न पाउने भएपछि अन्य सामान्य विषयहरुमा भन्दा विद्यार्थी र अभिभावकबाट उत्पादित जनशक्ति प्रति गर्व गछौं ।

कति वटा विधामा पढाई चलिरहेको छ कान्तिपुरमा ?

हामीले सिटिइभिटिबाट सम्वन्धन लिएर ४ वटा कार्यक्रम चलाएका छौं । डेण्टल हाइजिन कोर्ष १० वर्ष पहिलैबाट सुरु गरेका थियो । विगत दुई वर्षदेखि डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन मेडिकल ल्याव टेक्निसियन र डिप्लोमा इन रेडियोग्राफी कार्यक्रम पढाइरहेका छौं ।

कुन विषय पढ्न कति लाग्छ वताउन मिल्छ?

डेण्टल पढ्न ४ लाख ७० हजार लाग्छ । फार्मेसी पढ्न ३ लाख ३८ हजार, मेडिकल ल्याव टेक्निसियन पढ्न ४ लाख चार हजार र रेडियो ग्राफी पढ्न ३ लाख ९० हजार रुपैयाँ लाग्छ । राज्यले तोकेको उक्त शुल्क भन्दा बढि तिर्नु पदैन।

बजारमा अवैध तथा दर्ता नगरी चलेका डेण्टल क्लिनिकहरुले कतिको असर पार्छन्?

छवि सवभन्दा ठूलो कुरा हो । सामान्य पसल खोले जस्तो क्लिनिक खोल्ने, दर्ता नगर्ने, कर नतिर्ने मात्र हैन पढ्दै नपढेकाहरुले पनि डेण्टल क्लिनिक चलाइदिँदा विरामीहरुले दुःख हैरानी पाएका छन् । त्यसमा राज्यले अनुगमन र कारवाही गर्नु पर्छ ।

अन्त्यमा केहि भन्नु छ ?

आम नेपाली दाजुभाई तथा दिदी वहिनीहरुलाई प्राविधिक शिक्षामा गरेको लगानी कहि खेर जादैन वेरोजगार पनि वस्नु पर्दैन त्यसैले सहि ठाउँमा पढ्नुहोस् र आफ्नो लगानी र भविष्य सुरक्षित राख्न म आग्रह गर्दछु ।
कान्तिपुर इन्स्च्यिुट अफ हेल्थ साइन्स गुणस्तरिय शिक्षा र उपचारमा प्रतिवद्ध रहेको छ । विस वर्ष लामो संचालन अनुभव जनताको हितमा लगानी गर्न इन्स्च्यिुटका व्यवस्थापकहरु स्पष्ट र उदार रहेका छन् । २१ औं वर्ष प्रवेशको उपलक्ष्यमा सम्पूर्ण सेवाग्राही, विद्यार्थी अभिभावकहरु प्रति शुभकामना व्यक्त गर्दछु ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: