कैलाश विकास वैंक लामाचौर शाखा प्रवन्धक रविचन्द्र खनाल २०७४ वैशाख १ गते देखि फरार छन् । आफ्ना सेवा ग्राहीको करोडौं रुपैया अपचलन गरेर योजनाबद्ध रुपमा फरार रहेका खनाल डेढ वर्ष देखि फरार रहँदा पनि प्रहरीले उनको सुईको पत्तो पाउन सकेको छैन ।
पैसावाल साथीभाईलाई विश्वास घात गरेर वैंक सिस्टममा नछिराई खनालले ठगि गरेको करोडौं रुपैया यतिखेर सम्म पचाउन सफल देखिएका छन् । वैंक सिस्टममा पुगेर ठगि गरेको ३ करोड वढि रुपैया खनालको घर घरानाबाट असुल भएको बैंक स्रोतले वताएको छ ।
रविचन्द्र खनालले व्यक्तिगत रुपमा सापटी लिएर मिटर व्याज खेलाएको करोडौं रुपैयाँ ठगि गरेको पिडितले दावि गरेका छन् । वैंक म्यानेजर रहेको धक्कु लगाएर पदको दुरुपयोग गर्न खनाल खप्पिस थिए एक पिडितले भने । उनको जालमा पारेर घर खेत वेचेर दिएको करोडौं रुपैया पचाएर उनि फरार भएका छन् । अमेरिका भासिएका वैंक डिफल्टर खनालको खोज तलासमा नेपाल प्रहरी असफल देखिएको छ ।
किन ल्याएन प्रहरीले खनाललाई ?
वैंक डिफल्टर रविचन्द्र खनाल कैलाश विकास वैंक लामाचौर शाखा प्रवन्धक रहँदा उनले ग्राहकको विश्वास मात्र टुटाएनन् कि वैंकको छवि समेत धमिल वनाए। उनले अपचलन गरेको रकम जो वैंकिङ सिस्टममा देखियो त्यो मात्र असुल उपर गरियो । प्रहरीले पनि वैंक ठगिएको विषयमा मात्र चासो दियो तर करोडौं ठगिएको जनताको रकम फिर्ता गर्ने वारे खासै चासो दिएको छैन ।
नेपाल प्रहरीको सि आइ वीले अनुसन्धान थालेको उक्त वैंक ठगी प्रकरण वीचमै तुहिएको छ । घटना तातेको वेलामा सि.आइ.वि.ले वैकिङ कसुर गरेका कास्की पोखराका रविचन्द्र खनाल समेतको राहदानी रद्द गरेर इन्टरपोल मार्फत् नेपाल झिकाउने वताएको थियो । व्यूरो तत्कालिन प्रमुख पुस्कर कार्कीले रेड कर्नर नोटिस जारी गरेर ठगि गिरोहका नाइकेलाई नेपाल झिकाउने वताएका थिए । व्यूरोको प्रारम्भिक अनुसन्धानमा ८ करोड वढी ठगि गरेका खनाल अमेरिका वस्दै आएको खुलासा गरेको थियो । नेपाल प्रहरीले चाह्यो भने जुनसुकै मुलुकमा रहेका अपराधीलाई पनि इन्टरपोलको सहायताले नेपाल भित्र्याउन सक्छ तर सि.आइ.वीले आफ्नो कार्य योजना सफल वनाउन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धानमा ख्याती कमाएको नेपाल प्रहरीको लागि कैलाश विकास वैंक ठगि प्रकरणका नाइके रविचन्द्र खनाललाई नेपाल ल्याउन नसक्नु लज्जाको विषय वनेको छ । हजारौं को लगानी रहेको ख्याती प्राप्त कैलाश विकास वैंकको लागि पनि यो दुःखद र निर्लज्ज घटना वनेको छ ।
वैंक ठगेर फरार रहेका खनालको राहदानी रद्ध गर्ने नेपाल प्रहरीको दावी अर्थहिन वनेको छ। खनाल नेपालकै पासपोर्ट प्रयोग गरी अमेरिकावाट वाहिरिएका र पुन अमेरिकानै फर्किएको वुझिन् आएको छ । तर पनि उनको राहदानी रद्द गरिएको छैन । अमेरिकामा नेपाली राजदुतावास संचालनमा छ, कुटनीतिक प्रकृयावाट उनको राहदानी रद्द गरेर उनलाई पक्राउ गरि नेपाल फर्काउन सकिन्छ तर पनि नेपाल प्रहरी किन मौनता सांधेर वसेको छ भन्ने कुरा वुझ्न सकिएको छैन । करोडौं ठगेर भाग्ने यस्ता ठगहरुलाई पक्राउ गरि कारवाहीको दायरामा नल्याउने हो भने अपराधीको मनोवल वढ्ने त छ नै आम नागरिकमा सवै खाले सुरक्षा चिन्ताले जरो गाड्दै लाने छ ।
नेपाल प्रहरीले रविचन्द्र खनाल जस्ता वैंक ठगलाई इन्टरपोल र राजदुतावासको सहयोग लिएर तत्काल पक्राउ गरि नेपाल झिकाउन सके दर्जनौं व्यक्तिको करोडौं रुपैया फिर्ता हुने निश्चित छ उनले जनतावाट ठगेका करोडौं रुपैया तिर्न सक्ने उनको विकल्प पनि खोजी गर्न प्रहरी प्रशासन र राज्यका निकायको दायित्व रहन्छ । यस वारेमा सि.आइ.वी. स्रोत सँग वुझ्दा सम्पर्क हुन सकेन ।
Advertisements
Advertisements
Advertisements
Advertisements
Advertisements