पोखराबाट हुण्डी कारोवारी ज्ञवाली पक्राउ

सराङकोट न्यूज
22 November, 2018 2:38 am
Advertisements

लामो समयदेखि अवैध हुण्डी कारोवार गर्दै आएका नेत्र लाल ज्ञवाली प्रहरी फन्दामा परेका छन् । उनलाई प्रदेश प्रहरी पोखरा र जिल्ला प्रहरी कार्यालय पोखराको संयूक्त अनुसन्धान टोलीले कार्तिक ३० गते शुक्रवार पक्राउ गरेको हो । पक्राउ परेका ज्ञवाली लाई थप अनुसन्धान र कारवाहीको लागि राजस्व अनुसन्धान विभाग काठमाडौ. पठाइएको छ ।
ज्ञवालीको साथबाट १ लाख पचास हजार नगद सहित उनले प्रयोग गरेको कम्प्युटर सिपियू समेत वरामद गरी अनुसन्धानका लागि विभागमा पठाइएको कास्की प्रहरीले वताएको छ ।
लायन्स क्लव अफ पोखरा सुन्दर नगरीका पूर्व अध्यक्ष समेत रहेका गुल्मी घर भएका नेत्र ज्ञवालीले पोखराको सिर्जनाचोकमा लुम्विनी मनी ट्रान्सफरको कभरमा अवैध हुण्डी कारोवार गर्दै आएका थिए। केहि महिना अघि मात्र भारतीय दलाल सँग मिलेर पोखरा १६ का ५ जना युवालाई क्यानडा पठाउने भन्दै दिल्लीमा वन्धक वनाएर वन्धक वनाएका युवाका आफन्तहरुवाट प्रतिव्यक्ति १६ लाख रुपैयाँका दरले ८० लाख रुपैयाँ हुण्डी मार्फत दिल्ली पठाएका थिए । ज्ञवालीले हुण्डी गरेवापत २ लाख ५० हजार रुपैया कमिशन लिएका थिए ।
हुण्डी मार्फत पठाइएको रकम वुझेपछि दिल्लीमा वन्धक वनाइएका युवाहरुलाई मध्यरातमा मुक्त गराइएको थियो । उनिहरु पेण्टी कटु र भेष्टको भरमा भागेर ज्यान वचाएर घर फर्किएका थिए । उक्त प्रकरणमा हुण्डी कारोवारी नेत्र ज्ञवाली र दिल्लीमा मानव तस्कर वीच नेटवर्क सेटिङ रहेको हुन सक्ने पीडितले वताएका छन् । हुण्डी कारोवारी ज्ञवाली विरुद्ध हुण्डी मार्फत् ठगि गरेको आरोपमा उजुरी दिने तयारी पीडित पक्षले गरेका छन् ।
अवैध ढंगबाट आर्थिक कारोवार गर्ने ज्ञवालीको गिरोहले कोरिया, अष्ट्रेलिया, क्यानडा, जापान, अमेरिका लगायतका देशहरुमा रेमिट्यान्स अवैध हुण्डी मार्फत गर्दै आएको वताइएको छ । हुण्डी वापत चर्को कमिशन लिने तर राज्यलाई कर नतिर्ने मात्र हैन संगठित तस्करी समेत गर्ने गरिन्छ ।
हुण्डीकै कारण कालोधन ओसार पसार गर्ने, मानव तस्करी, अपहरण फिरौती, लागु औषध ओसार पसार, गुण्डागर्दी, भन्सार चोरी पैठारी जस्ता संगठित अपराध हुदै आएका छन् । राज्यले हुण्डी कारोवार रोक्न जासुसी संयन्त्रलाई प्रभावकारी परिचालन गर्नु पर्ने जानकारहरु वताउँछन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: