पुरुञ्चौरमा चर्कियो विवाद : जनता एकातिर, नेता अर्कातिर

सराङकोट न्यूज
19 March, 2019 5:06 am

पोखरा महानगरपालिका १९ नम्वर वार्डको पुरुञ्चौरमा जारी विवादले धेरैको ध्यान तानेको छ । विगतमा घटेका जनसेवा सहकारी चोरी प्रकरण हुन् या चार पटक सम्म घटेका सुन चोरी घटनाका चोर पक्राउ गर्न नसकेको कारण चरम असन्तोष कायम रहेको पुरुञ्चौरमा अहिले नयाँ विवादले चर्चा पाएको छ ।
केहि वर्ष मात्र अघिवाट स्थापना भई संचालनमा आएको प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरुञ्चौरका प्रमुख कालिका बहादुर अधिकारीलाई हटाई नयाँ क्याम्पस प्रमुख ल्याउने खेलमा लागेको चाल पाए पछि स्थानिय वासिन्दाहरुले त्यसको विरोध गर्दै खेलमा लागेका केही व्यक्ति विरुद्ध खुल्ला चुनौती दिएका छन् । शनिवार पुरुञ्चौरको रैकर भन्ने ठाउँमा पत्रकार सम्मेलन गरी क्याम्पस प्रमुख अधिकारीलाई हटाउ अभियानमा लाग्नेहरुको फेहरिस्त सार्वजनिक गर्दै भण्डाफोर गरेका छन्।
पत्रकार सम्मेलनमा उपस्थित करिव १ सय ५० जना स्थानिय वासिन्दाहरुले क्याम्पस प्रमुख कालिका अधिकारीले क्याम्पस संचालन सफलतापूर्वक गरेर अव्वल नतिजा दिइरहेको अवस्थामा केहि व्यक्तिहरुले आफ्नो स्वार्थ पूर्ति गर्न नसक्ने भएपछि उनलाई हटाएर आफ्नो अनुकुलको क्याम्पस प्रमुख भित्र्याएर क्याम्पसको वजेटमा दाइ नै खोजेको वताएका थिए ।
क्याम्पसको हित विपरित काम गर्न र आफ्नो निहित स्वार्थ पूर्तिका लागि पोखरा १९ का ३ जना र लेखनाथका एक जना गरी चार जनाको समूह रामपुर चितवन स्थित कृषि तथा वन विश्वविद्यालयमा पुगेर उपकुलपतीलाई दवाव र प्रभावमा पारेर नयाँ क्याम्पस चिफ ल्याउन लागेको स्थानिय युवाहरुले वताएका छन् । क्याम्पस स्थापना कालमा रामपुर कृषि क्याम्पस वाट प्राकृतिक स्रोत व्यवस्थापन कलेज पोखरा–१९ पुरुञ्चौरमा खटिई आएका प्रा.डा. कालिका अधिकारीले कलेजमा दरवन्दी समेत भित्र्याएका छन् । एक वर्ष अघि २०७४ चैत्रमा दरवन्दी आएपनि नियुक्त नदिएर विश्वविद्यालयले चलखेल गर्नेहरुलाई मौका दिइरहेको वताए । दरवन्दी अनुसार नियुक्ती दिएर काम गर्नुपर्नेमा स्थार्थीहरुलाई खेल्ने मौका दिइरहेकोले अस्थिरता निम्तिएको उनले वताए ।
पोखरा १९ का केहि अगुवाले राजनीतिक पावर लगाएर कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन पुगेर आफ्नो सेटिङ अनुसारको क्याम्पस प्रमुख ल्याउन र हालका प्रमुख कालिका प्रसाद अधिकारीलाई हटाउन जोडदार प्रयास गरी रहेको बताए । शुक्रवार राती ८ वजे उपकुलपती कार्यालय मा वैठक वसेर नयाँ क्याम्पस प्रमुख नियूक्त गर्ने योजना तय भएपनि विद्यार्थी र प्राध्यापक कर्मचारीहरुको असहयोग र विरोधका कारण नयाँ क्याम्पस चिफ नियुक्ती गर्ने योजना तुहिएको थियो ।
रातारात नयाँ क्याम्पस प्रमुख नियुक्त गरी आफ्नो स्वार्थ सिद्ध गर्ने केहि सिमित पात्रहरुको चलखेल ले क्याम्पसको भलो हुनै नसक्ने भन्दै पुरुञ्चौरका स्थानिय वासिन्दाहरु खरो विरोधमा उत्रिएका छन् । अनियमित ढंगले भएको भवन निर्माण कार्य एवम् अन्य कार्यमा समर्थन नगरेको भन्दै प्रमुख हटाउ अभियान मा लागेको वताइएको छ ।
पुरुञ्चौरको रैकरको शिवपुरी प्रा.वि. लाई मर्ज गरी त्यहाँ अध्ययनरत ५० जना विद्यार्थीलाई भारती भवनमा सारेर उपलव्ध गराएको करिव ३१ रोपनी जग्गा को प्रयोग गर्ने वारे क्याम्पस संचालन समिति उदासिन वनेको छ । ६० रोपनी जग्गा उपलव्ध भएपछि मात्र कलेजको भवन स्वीकृत हुनुपर्नेमा ५२ रोपनी मात्र जग्गा त्यो पनि विद्युतको हाइटेन्सन मुनिको जग्गा क्याम्पस भवन निर्माण कार्य भइरहेको छ । ४ करोड ८० लाख रुपैयाको लागतमा निर्माणधिन भवन सँगै हाइटेन्सन प्रशारण लाइन रहेको छ । वाँकी ८ रोपनी जग्गा प्राप्त हुन वारेमा एकिन नरहेको वुझिन आएको छ । सोही जग्गामा भवन निर्माण योजना वारे कलेजका प्रमुखले असहमती जनाएका थिए ।
यतिखेर कार्यकारी परिषद्ले मनोमानी निर्णय गरिरहेको आरोप लागेको छ । सात सदस्यीय परिषद्मा क्याम्पस प्रमुख पनि एक सदस्य हुन तर उनलाई खवरै नगरी वसेको वैठक र उक्त वैठकको निर्णय माथि प्रश्न उठ्न सक्ने र अख्तियार लगायतको छानविनमा पर्न सक्ने अवस्था रहेको छ । पत्रकार सम्मेलनमा वोल्ने वक्ताहरु पूर्व गा.वि.स. अध्यक्ष टेक वहादुर पौडेल र वडा सदस्य कृष्ण प्रसाद गौतमले क्याम्पस प्रमुखको सरुवा र नियुक्तीमा स्थानिय जनता विद्यार्थी कसैको हात नहुने वताए तर शक्तिकेन्द्र धाएर नयाँ चिफ ल्याउन भइरहेको केही व्यक्तिको पहल वारे उनिहरु नाजवाफ पाइए ।
यस्तै ने.क.पा. १९ का संयन्त्र संयोजक नेत्रनाथ अधिकारी, ने.का. सदस्य पुस्पेन्द्र पाण्डेले स्थानिय युवा रामु गिरी, टेकनाथ गौतम, हरि अधिकारी लगायतले राम्रो काम गरिरहेका क्याम्पस प्रमुख कालिका वहादुर अधिकारीलाई हटाउन नहुने विचार व्यक्त गरेका थिए । कलेजमा हुने आर्थिक, भौतिक प्रशासकिक कार्यमा चलखेल गर्न नपाएकै भरमा केहि व्यक्ति को चलखेललाई विश्वविद्यालयले आवेग दवाव र प्रभावमा परेर काम गर्न नहुने अधिकांसले सुझाव दिएका छन् ।
विश्वविद्यालयमा अनावश्यक चलखेल गरेको विषयमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति राजकुमार रौनियारलाई वर्खास्त गरी छानविन र कारवाही गर्न अख्तियारलाई निर्देशन दिएको छ। कृषि तथा वन विश्वविद्यालय मा पनि अपारदर्शिता कायम रहेमा अख्तियारले डाम्ने वेला नआउलाँ भन्न सकिन्न।

Advertisements
प्रतिक्रिया दिनुहोस्: