खसीवजार अस्तव्यस्त हुने संकेत

सराङकोट न्यूज
23 July, 2019 12:52 pm
Advertisements
Advertisements

पोखरा महानगरपालिका वर्डा नं. १४ कदम मार्ग चाउथे मा रहेको खसीवजारको नविकरण नभएपछि पुन अस्तव्यस्त हुने भएको छ । केहि वर्ष देखि नविकरण नभएको खसी वोका वजार नविकरणको लागि केहि महिना अघि देखि समितिले प्रयास गरेपनि कास्की प्रशासनले संस्था नविकरण नगरेपछि व्यवसायीहरु चिन्तित देखिएका छन् ।
२०६५ सालदेखि उत्तम चोकवाट चाउथेमा एकै ठाउँबाट खसी वोका हाट वजार चलाउदै आएका व्यवसायीहरुले सरकारवाट देशकै उत्कृष्ठ हाटवजारको सम्मान र नगद पुरस्कार समेत पाएका थिए । वजारमा जथाभावी खसी वोका वजारमा राखिदा देखिने फोहोरमैला नियन्त्रणमा आएको छ । विक्री गर्ने खसी वोकाको स्वास्थ्य जाँच गराएर मात्र पठाइने गरेको खसी वोका व्यवसायी समितिका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठले वताए।
खसी वोका वजारको व्यवस्थापनमा डेढ दशक देखि खटिदै आएका पोखरा खसी वोका हाट वजार नविकरण नभएमा व्यवसायीहरु पहिलेकै अवस्थामा वजारको चोक चोकमा छरिएर वस्न वाध्य हुने वताएका छन् ।
भारतीय खसी वोका आयात ठप्प भएपछि पोखरामा मासुको मुल्य झण्डै दुई सय रुपैयाँ प्रति किलोमा वढेको छ । खसीको मात्र हैन कुखुराको मासु पनि वढेर ४ सय २० रुपैया प्रति किलो पुगेको छ भने तरकारी र फलफूलको मूल्य तेव्वरवृद्धि भएको छ । पोखरा यसै पनि महंगो शहर त्यसमाथि पनि भारतीय नाकामा खसी वोका आयातमा कडाई गरिएपछि भारतमा निर्भर यहाँको वजार उच्च विन्दुमा पुगेको छ ।
कास्की प्रशासन र स्थानिय सरकारले खसी वोका हाट वजारको व्यवस्थापनमा केहि न केहि ध्यान दिन सके पोखराको सौन्दर्यता र उत्कृष्ठतामा टेवा मिल्ने अपेक्षा गरिएको छ । खसी वोकाको हाट वजार व्यवस्थापन गर्दै आएको खसी वोका वजार व्यवसायी समिति ले उपभोक्ताको हित र प्रचलित कानून वमोजिम व्यवसायलाई अझ मर्यादित वनाउने वताएका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: