बेल्जियमबाट आएकी बागलुङकी युवतीमा कारोना भाइरस संक्रमण

सराङकोट न्यूज
28 March, 2020 4:58 pm
Advertisements
Advertisements

युरोपबाट फर्किएकी बाग्लुङकी २२ वर्षीया युवतीमा कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
उनि बेल्जियमबाट नेपाल चैत्र ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । यससँगै नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । भने १ जना विरामीको उपचार पश्चात निको भएर घर फर्किसकेका छन्।
त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।
नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ । अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ । विश्वमा हाल २६ लाख भन्दा बढी विरामी देखिसकेका छन् भने करिब २५ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: