![](https://www.sarangkotnews.com/wp-content/uploads/2020/04/5e7df0d1858a8_90432535_10218845643286631_3715902444895469568_o.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
गर्मी बढ्दै छ । गर्मियाम विभिन्न रोगको भारी हो । झाडा पखाला, आउँ, फ्याक्चर देखि विभिन्न दिर्घ रोगहरुबाट पीडित भइरहेकाहरु यति खेर झन् बढि पिडामा छन् । नीजि अस्पतालहरु यतिखेर कोरोनाको त्रासमा विरामीको सेवा गर्न छोडेर ढोकै वन्द गरेर गार्डको भरमा छोड्न थालेका छन् । हरेक ठाउँ ठाउँबाट नियमित जचाउनु पर्ने, रोगहरु लिएर अस्पताल आएका विरामीहरु डाक्टरको सेवा र थप दवाई नपाउँदा मृत्युसँग संघर्ष गरिरहेको समाचारहरु आइरहेका छ्न् ।
विरामीलाई भगवान भन्ने अधिकांस अस्पताल हिजो आज त्रसित वनेर भागेका छन् । पेट दुखेर अस्पताल आएका विरामीको टाउकाको सिटि स्क्यान देखि विभिन्न ल्याव टेस्ट गर्नु पर्छ भन्दै १० औं हजारको खर्च हसुलेर दुहुनो गाई झै बनाएका विरामीहरुले आज तिनै अस्पतालले वहिस्कार गरेका छन् भने डाक्टरले तिरस्कार गरेका छन् । यस अघि सरकारी अस्पताल गएका विरामीलाई राम्रो उपचार गर्न हाम्रो हस्पिटल आउनु भन्दै कार्ड दिनेहरु आज सम्पर्क मै नआउने र आए पनि गण्डकी अस्पताल जान सल्लाह दिने गरेको पाइएको छ ।
मेडिकल कलेज संचालनको कसरत गरिरहेका झापाको वि एण्ड सि हस्पिटलले एक वच्चाको उपचार गर्न नमानेको घटनाले राष्ट्रिय चर्चा नै पाएको थियो । कहि पनि उपचार नपाएर पाटी र चौतारामा विरामी सुताएर भगवान पुकार गर्न वाध्य देखिएका छन् आम नागरिक । सरकारले देशभरबाट व्यापक दवाव आएपछि सवै निजि अस्पताललाई विरामीको जाँच गर्न र नगरेमा कारवाही गर्न निर्देशन दिइरहेका छन् । तर उच्च राजनीतिक आडमा वाँचेका र लगानी रहेका ति हस्पिटलहरुले कति पनि टेरेका छैनन् ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)