नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको अगुवाईमा राहत वितरण

पदम श्रेष्ठ
25 April, 2020 1:44 pm

नेपाल टे«ड युनियन कांग्रेस कास्कीको अगुवाईमा नेपाल नाई संघ र नेपाल गृह श्रमिक संघ कास्कीले करिब ३५ परिवारलाई राहत वितरण गरेको छ।
पोखरा महानगरपालिका वडा नं. १० का वडाध्यक्ष राजकुमार गुरुङको उपस्थिति एवम् समन्वयमा अति विपन्न, घरवार विहिन, आर्थिक अभावले एक छाक खान पनि मुस्किल भएका परिवारलाई परिवारको संख्या हेरी ५ केजी देखि १५ केजी सम्म चामल र नुन, तेल, दाल, आलु लगायतका खाद्यान्न वितरण गरिएको छ।
कोभिड–१९ ले विश्व जनमानस नै आतकिंत बनेको अवस्थामा सुरक्षित रहन र अति विपन्न समुदाय तथा मजदुरहरु “वासै नपाएका खान नपाएका मान्छेलाई केही राहत वितरण गरिएको” नेपाल टे«ड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले बताएका छन्। त्यसै गरी शर्माले अन्य संघ संस्थाले पनि सहयोग गर्न अनुरोध गरेका छन्।
दैनिक ज्याला गरेर आफ्नो परिवारको गुजारा चलाउने श्रमिकहरु र उनका परिवारलाई राज्यले हेर्नुपर्ने प्रमुख दायित्व हुँदा हुँदै पनि राज्यले समेट्न नसकेका श्रमिकहरुलाई वडा सँग समन्वय गरी टे«ड युनियन कांग्रेस कास्कीले राहत वितरण गरेको नेपाल टे«ड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले बताए।
यातायात साधन नचलेको अवस्थामा आफ्नो रोजीरोटी खोसिएको अवस्थामा नेपाल टे«ड युनियन कांग्रेस कास्की र नेपाल यातायात मजदुर संघ कास्कीद्वारा केही दिन अगाडि ६१ परिवारलाई राहत वितरण गरिसकेको नेपाल टे«ड युनियन कांग्रेस कास्कीका सचिव रुद्र तिमिल्सिनाले बताएका छन्। तिमिल्सिनाले असहज परिस्थितिमा थप सहयोगको आवश्यकता परेको अवस्थामा श्रमिकहरुको ज्याला, पारिश्रमीक कटौती गरेको भन्ने कुरा आएकोमा जायज नहुने भन्दै श्रमिकहरुको हितमा काम गर्न अनुरोध गरेका छन्।
उक्त कार्यक्रममा नेपाल टे«ड युनियन कांग्रेस कास्कीका उपाध्यक्ष पदम श्रेष्ठ, कोषाध्यक्ष शंकर बहादुर खत्री, नाई संघका केन्द्रीय उपाध्यक्ष लालबाबु ठाकुर, कारखाना श्रमिक संघ केन्द्रीय उपमहासचिव केशवराज भट्टराई, वडा नं. १० का वडा सदस्यद्वय निशा मल्ल ठकुरी, प्रतिभा पोखरेल, समाजसेवी सम्मरबहादुर श्रेष्ठ, दिपक थापा, ऋतु गुरुङ, नाइ संघका उपाध्यक्ष रामनाथ ठाकुर (आनन्द), युवा समिति कास्की सचिव गणेश कार्की, गृह श्रमिक संघका अध्यक्ष लालीमाया रेग्मी लगायतको उपस्थिति रहेको थियो।

Advertisements
प्रतिक्रिया दिनुहोस्: