“पोखरा मन्टेश्वरी प्रि–स्कुल” ले गुणस्तर र मापदण्डमा सम्झौता गर्दैन

सराङकोट न्यूज
29 April, 2020 9:35 am

कुनै पनि व्यवसाय सुरु गर्न सवैले सक्छन् तर राज्यले तोकेका सवै मापदण्ड र प्रकृया पुरा गर्ने कमै मात्र हुन्छन् । मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी पोखरा महानगरपालिका वार्ड नं. १६ गैह्रवारी लामाचौरमा पोखरा मन्टेश्वरी प्रि स्कुल संचालनमा आएको छ । मन्टेश्वरी प्रि स्कुल राज्यले तोकेको र अभिभावकले सोचे भन्दा उत्कृष्ठ व्यवस्थापन मा संचालन गरिएको पोखरा मन्टेश्वरी प्रिस्कुलका अध्यक्ष थिर वहादुर थापाले दावी गरे ।
मन्टेश्वरी शिक्षण तालिम क्षेत्रमा ऋत्भ्ख्त् वाट सम्वद्धन प्राप्त गण्डकी प्रदेश कै पहिलो र राष्ट्रिय स्तरवाट पुरस्कार पदक सहित सम्मानित वरिष्ठ मन्टेश्वरी विज्ञहरु द्धारा संचालित पोखरा मन्टेश्वरी एण्ड मल्टिपल ट्रेनिङ सेन्टरको प्रत्यक्ष संलग्नतामा संचालित पोखरा मन्टेश्वरी प्रिस्कुल सुविधा सम्पन्न सुन्दर शान्त र उच्च सुरक्षा सुनिश्चित भवनमा संचािलत भइरहेको प्रिन्सिपल कल्पना थापा क्षेत्रीले वताइन् । मन्टेश्वरी भनेको अन्तर्राष्ट्रिय शिक्षण कला पद्दति हो, वाल मनोविज्ञान पद्दतिबाट सिक्ने सिकाउने गरिएका कारण वालवालिका र अभिभावक खुसी र सन्तुष्ट रहेको भन्दै प्रिन्सिपल थापाले खुसी व्यक्त गरिन् ।

मन्टेश्वरीका मुख्य विशेषताहरु

  • स्वच्छ हावा, पर्याप्त उज्यालो, वाल मनोभाव अनुकुलका कलर संयोजन एवम् वातावरण मैत्री फराकिला कक्षा कोठा भएको ।

  • अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम तालिम प्राप्त दक्ष जनशक्ति, वालमनोवैज्ञानिक सहायताबाट क्षमता पहिचान सहित एक शिक्षक वरावर ६ विद्यार्थी अनुपातमा सिकाइने।

  • वेवी स्वीमिङ पुल, मन्टेश्वरी ल्याव, पुस्तकालय, प्रयाप्त खेल तथा शैक्षिक सामग्री भएको।

  • वालवालिकामा हुने विभिन्न स्वास्थ्य समस्या सम्वन्धित विज्ञ विशेषज्ञबाट पहिचान एवम् समाधान गरिने।

  • शहरको भिडभाड कोलाहल, विभिन्न जोखिमबाट मुक्त सुन्दर, शान्त, सितल र यातायातको व्यवस्था भएको ।

  • प्रत्येक २–२ घण्टामा वालवालिकालाई उनिहरुको उमेर रुची वजन हेरि स्वास्थ्यवद्र्धक हाइजेनिक र ताजा सन्तुलित आहारको व्यवस्था ।

  • सह शैक्षिक अतिरिक्त क्रियाकलाप, लघु शैक्षिक अवलोकन भ्रमण गराई, सामाजिक, सांस्कृतिक, ऐतिहासिक कृयाकलाप वारे स्थलगत र प्रयोगात्मक जानकारी गराइने ।

  • प्रत्येक ३/३ महिनामा निःशुल्क वाल स्वास्थ्य शिविर एवम् अभिभावक, स्थानिय समुदायको नियमित वृहत् स्वास्थ्य शिविर गरिने ।

संलग्नता

संचालनको छोटो अवधिमै लोकप्रिय वन्न पुगेको पोखरा मन्टेश्वरी प्रिस्कुल पोखराकै उत्कृष्ठ शैक्षिक गन्तव्य वन्ने निश्चित देखिएको छ । प्रिस्कुल वाट सुरु भएको उक्त शैक्षिक प्रतिष्ठानले निकट भविष्यमै स्कुल तहको पढाई सुरु गर्ने तयारी गरेको छ । माध्यमिक तहसम्मको पढाई गर्ने गरी कार्ययोजना तयार पारेको अध्यक्ष थिर वहादुर थापा ले आफ्नो योजना सुनाए ।
योजना सफल तुल्याउने टिममा साहित्य कला र संगितका गुरु तिर्थ तामाङले शैक्षिक निर्देशकको जिम्मेवारी सम्हालेकाछन् भने मन्टेश्वरी शिक्षणमा १७ वर्ष लामो अनुभव संगालेकी विज्ञ प्रशिक्षक प्राचार्य (प्रिन्सिपल) मा कल्पना थापा क्षेत्री रहेकी छिन् । यस्तै गण्डकी प्रदेश सरकारका पूर्व सचिव लक्ष्मी राज पौडेलको प्रत्यक्ष सलंग्नता रहेको छ ।।
यस्तै स्कुलको सल्लाहकार समितिमा डा. विश्व उधिर पौडेल घर्ती, नेश्नल प्रोगाम सेन्टरका प्रोफेसर एवं साइकोलोजिष्ट डा. सुशिल कंडेल र वाल रोग विशेषज्ञ डा. रामचन्द्र वास्तोला रहेका छन् । सल्लाहकारको यो टिमवर्कले पनि पोखरा मन्टेश्वरी प्रिस्कुललाई छोटो समयमै अव्वल वनाइसकेको छ भने आउँदा वर्षहरुमा क्रमश कक्षा थप गर्दै १२ कक्षा सम्म (माध्यमिक कक्षा) चलाउने योजना तय गरेको जनाएको छ ।
पोखरा महानगरका दर्जनौ मन्टेश्वरीको भिडमा भर्खर उदाएको पोखरा मन्टेश्वरी प्रिस्कुलले छोटो समयमै हासिल गरेको जन विश्वासको मुख्य जड गुणस्तरिय शिक्षा मापदण्ड सहितको भौतिक पूर्वाधार हो भन्ने व्यवस्थापन को सिद्धान्तलाई व्यवहारवाटै पुष्टि हुदै गएको छ । पोखरा मन्टेश्वरी प्रिस्कुलले शैक्षिक गुणस्तर र मापदण्ड कार्यन्वयनमा कुनै सम्झौता नगर्ने उद्देश्य राखेको छ ।
                                                                                                                             (advt)

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: