वि.सं. २०७७ सालको वार्षिक राशिफल

सराङकोट न्यूज
6 May, 2020 9:56 am
Advertisements

ज्योतिष रामजी ओझा पोखरा १२, ढिकालेथर, कास्की                  फोन नं : ०६१-५३५१८८, ९८४६०२६४९९

 

श्री गणेशाय नमः ।। बार्षिक राशिफल २०७७
श्री गणेशं गुरुं नत्व नत्वाम्वा सुमति प्रदान
अत्रिहरीएक होरायाः राशिकुर्वे टीका सुवोधिनम ।।

शरहधान्योत्पत्ति ७/१६/१२/१५, वर्ष राजा – बुध गृष्मधान्योत्पत्ति १/२०/५६/५३, मन्त्रि – चन्द्रमा

नवरोज प्रवेशाम् २/१२/३२/१४
श्री शालिवाहनीय शाके १९४२,
नेपाल संम्वत ११४०–११४१
इ.स. २०२०–२०२१ गत कलि संवत ५१२१
सृष्टितोगताग्दा १९५५८५१२१, वि.सं. २०७७
प्रमादी नामकः संत्सर, सोरामासादय ०।०।४५।२३ भोग्य ११।२९।१४।३७
सौरवर्ष ३६५ दिन १५।२२ घ.प.
चन्द्रवर्ष ३५४ दिन २२। १ घ.प.
प्रमाथीपलम–निष्पत्ति सर्वसस्यानां रसानां च महर्घता÷सुभिक्षं च तथा सौरव्य प्रमादिनि न. संशयः ।
वर्ष राजा बुधफलम् – बुधस्य राज्ये सजलं महितलं / गृहे गृहे भूरि विवाहमंगलम् / नश्यन्ति सर्वसस्यानि सर्वधान्यष्महर्धता । धृतमर्घ च तैलं च ह्रानन्दे नन्दिता प्रजाः ।।
वर्ष मंत्री चन्द्रफलमः शशिनी मंत्रीगते बहुसस्यवत्यपि धरा रमते सुखमंडित, विपति वारिधरा बहुवर्गिणे जनपदा सुसाराशि सुशोभित ।।
खण्डग्रास सूर्यग्रहण – २०७७ असार ७ गते आइतबार आमावश्श्य तिर्थमा कुङ्काकृत सूर्यग्रहण ९ब्ललगबिच क्यबिच भ्अष्उिकभक० लाग्दछ ।
स्पर्श ः दिवा १०ः५० बजे – मोक्ष दिवा २ः२३ बजे
मध्य ः १२ः३८ बजे सर्वपर्व ३ घण्टा ३३ मिनेट
ग्रहण फल ः निद्रायां व्याधि मुत्रदोरिद्रयमाप्नुयात् / पुरिषेकृमियोनिश्च गौथुने ग्रामसुकर ।।
अभ्यञ्जने भवेत्कुष्टि भोजने स्यादघोगति ÷ बन्धने च भवेत्सवर्य वधे च नरकं व्रजेत् ।।
नेपालको परिपेश्चमा ग्रहण एउटै भउपनि विश्वको परिपेच्छेमा मार्ग २९ गते खण्ड सूर्यग्रहणको प्रभाव पर्नेछ । खग्रास सूर्यग्रहण दक्षिणी गोलाद्र्धमा अटलाटिक, पैसफिक, अर्जेनटीना, चिलीया युनिवसंल समय –ग्त्० दिवा १ः३३ मा प्रारम्भ भई २ः३३ सम्म खग्रास सूर्य ग्रहणको रुपमा लाग्ने छन् ।
आश्विन अधिकमास (मलमास) पर्छ ।
आद्राप्रवेश कुण्डली

सुर्ये सूर्ये भवेद्धायुश्चन्द्रे न वर्षति सूर्यचन्द्र समायोगे तदावर्ष तिमेधराट् ।
अन्यचः यदा स्यादमृतनाडी तथा च जलसांज्ञिका ÷ जलप्रियोवाहनञ्च तदा वर्षति वारिदः । स्त्री स्त्री तु शीतलच्छाया पुं–पुं वारिविनाशका स्त्रिपुंयोगः प्रभावीत तदा वर्षति देवराट् ।। बुध शुक्र महिसुनुगुरुत्वश्चौकनाडिगा ।। निः संशयं तदाकाले जायते वृष्टिरुत्तम ।।

सृष्टितोगतान्दा १,९५,५८,८५,१२१ गतकलि संवत ५१२१ श्री शाके १९४२, विक्रम २०७७ संवतंको प्रमादी नामकः संवत्सर हो । ६० संवत्सरमध्य यो प्रमादी संवत्सर मध्यको ४७ औं संवत्सर हो । यो वर्षमा राजा बुध तथा मन्त्री चन्द्रमाले फेला पारेका छन । अन्य ग्रहहरु मध्ये धान्यशामा मंगल, मेघेमा चन्द्रमा, रशेमा शानी, सस्यशेमा वृहस्पति नीरसेशमा वृहस्पति, फलेशमा सूर्य, धनेशर्मा वृहस्पति दुर्गेशमा चन्द्रग्रह गठन भएकोले७० प्रतिशत शुभ र ३० प्रतिशत अशुभ हुँदा ग्रह परिषदले आ–आफ्नो कार्य सुचारु रुपले सञ्चालन गरी सर्व राशिहरुमा निम्न शुभाशुभ फल प्रदान गर्ने छन् । यस वर्षमा वृश्चिक जगलग्न परेको छ भने वर्ष लग्न कर्कट राशिले प्राप्त गरेको छ । आर्दाप्रवेश पनि कर्कट राशिमै परेको छ। वर्ष मन्त्रि चन्द्रमाले, बुध वर्ष राजलाई मित्र भावमा राखेर पनि, वर्षराजा बुध ग्रहले वर्ष मन्त्री चन्द्रमालाई शत्रुको परिधिमा मानेको हुनाले मानसीक मतभेद पैदा हुने छ, राजकिय शाशक र जनताहरुमा मतभेद हुने। जनहीतमा बाधा सिर्जना हुनेछ । उत्श्रृङखला पन र अमानवीय गतिविधिले डर त्राश उत्पन्न हुन सक्छ। जंगलल्ग्न कुण्डली अनुसार अष्टम भाववाट द्धितिय भावसम्म छायाकारकग्रह राहु केतुले धेरैको छ, कर्कोटक नामक, कालसर्प योग परेको छ । जसको प्रभावले गर्दा सम्वत्सर परिवर्तन हुने दिन २०७६ चैत्र ११ गतेको आसपास मै संसार भरीनै माहामारीको खैलावैला उत्पन्न भयो । तर वर्ष प्रवेशको समय अनुसार अरु वर्गोतम कुण्डली नवमाश, द्रेष्काण, दशमाशं, चतुथांश, सप्तमांश कुण्डलीहरु प्रभावशालि रहेका छनर । साथै २०७७ का १२ वटा संक्रान्तिहरु मध्ये नौवटा संक्रान्तिहरु शुभ रहेका छन् । २०७७ साल विशेष गरी ७०/७५% शुभ रहेको छ भने २५/३०% मात्र अशुभ रहेको छ ।
जगल्लग्न कुण्डली यो वर्ष २०७७ सालमा आकाश गंगामा २१० वटा २४० डिग्री विचलाई केन्द्रविन्दु बनाई सवै राशिहरुलाई सवै ग्रहरुले शुभाशुभ दृष्टि प्रभावशालि रहेको छ । जगल्लग्न अष्टम दृष्टिमा परेर पनि राशिको मालिक उच्च अवस्थामा रहि पराक्रम स्थानवाट शुभ दृष्टि दिई रहेका छन । २०७७ सालको जगल्लग्न ज्यादै प्रभावशाली रहेको छ ।

मेष (चू चे चो ला लि लु ले लो अ) :

मेष राशिका जातको लागि २०७७ साल प्रमादी नामक संवत्सर ज्यादै प्रभावकशालि रहेको छ। जगल्लग्न अष्टम दृष्टिमा परेर पनि राशिको मालिक उच्च अवस्थामा भएर उच्च स्थानमा रहेका छन। आत्मविश्वास आत्मवलको बलको वृद्धि हुनेछ । मित्र तथा शुभचिन्तकहरुका सहयोगसद्भावले जोखिम प्रकृतिका कार्यलाई पनि सजिलैसँग सम्पन्न गर्न सकिने छ । राशि प्रवेश सँगै राशिमालिक मंगल उच्च हुनुको साथै सूर्य, राहु, केतु चारवटै ग्रह उच्च भई भावकारक नेका छन् । महत्वपुर्ण काम गर्ने अवसर मिल्नेछ राजनीति एवं सामाजिक कार्यमा अपेक्षीत सफलता प्राप्त गर्न सकिने छ। रोजगारीका नयाँ अवसर प्राप्त हुने छन्। व्यापार व्यवसाय एवं पेशाबाट आशा गरे अनुसार आम्दानी गर्न सकिनेछ । भाग्य कर्म र पराक्रम सप्रिएको छ । राम्रा अवसरहरु प्राप्त हुने छन् । अवसरलाई कार्यान्वयन गर्न सकिने छ । आय आर्जन सोचे जस्तै हुने छ । ठूला बडा व्यक्तिको सहयोगले गर्दा ऐतिहासकि कार्य सम्पन्न गर्न सकिने छ । राजनीतिमा उच्च पद प्रतिष्ठा मिल्ने छ । कर्मचारी वर्गमा उत्साह उम· हुने छ । शैक्षिक क्षेत्र फलदायक रहेको छ । कुल कुटुम्वका वयक्तिको सहयोग सदभाव मिल्ने छ । सम्वतसरका अधिकाँक्ष समय उत्तम रहेको छ तर ज्येष्ठ, मंसिर र चैत्र महिना हानीकारक रहेको छ । महत्वकाक्षा बढने छ, पापकार्यमा चञ्चलता बढन सक्छ। नास्तिकता र अव्यवहारीक पनले गर्दा सरोकारवाला व्यक्तिहरुले आलोचना गर्नेछन्। आफैमा पनि आत्मग्लानीको आशय प्रकट हुनसक्छ, अनर्थको खर्च दुर्घटना, विवाद हुन सक्छ । मान्यजनको सल्लाहाले काम व्यवहार गर्दा कल्याण हुनेछ ।

वृष (इ उ ए ओ वा वी वु वे वो) :

वृष राशिका जातकको लागि २०७७ साल अधिकांश समय अनुकुलको रहेको छ । राशिकुण्डली अनुसार वर्ष प्रवेश सँगै राशिको मालिक स्वगृही भई आफ्नै राशिमा विराजमान हुदाँ शारिरीक स्फुर्ति बढने छ। धेरै काम व्यवहारमा सरोकार रहने छ, परिस्थिति अनुकुलका काम व्यवहारहरु सम्पन्न गर्दा आत्मवल आत्मविश्वास बढने छ । सकरात्मक सोचाई रहने छ । जनसम्पर्क बढाइने छ, धर्म, कार्य, एवं अध्यात्मक अनुष्ठानका कार्यमा सहभागिता रहने छ। शुद्ध निश्चछल सोचाई रहने छ, नयाँ सम्वन्ध गासीने छ । देश देशान्तर सम्म सम्पर्क गरीनेछ, उपहार कोशेली प्राप्तिको योग परेको छ, पढाई लेखाईमा सोचे जस्तै नतिजा प्राप्त हुँदा विद्यार्थी वर्गमा नयाँ उत्साह हुने छ । पुरस्कार प्राप्तीको योग परेको छ, धार्मिक यात्रा हुन सक्छ नयाँ मित्रहरु बन्ने छन् । काम व्यवहार प्रति दन्तत्ति रहने छ, आर्थिक आर्जन पनि अपेक्षीत गरीने छ । प्रेम भाव बढने वैवाहीक जिवन सुमधुर रहनेछ। साहित्य कला, कानुनी कार्यमा सफलता मिल्ने छ । उपहार कोशेली मिल्ने छ। तर जनैपूर्णिमा पछि मंसिर १ गते सम्म आठौं (आढैया दशा) शनिको प्रभावले गर्दा स्वास्थ्यमा बाधा द्वितिय राहु बाह्रौ सूर्य अष्टम चकेको प्रभावले दुर्घटना आर्थिक हानी, विवाद चोरी परिवन्धन परिस्थिती उत्पन्न हुन सक्छ, दैनिक विपत्तिको सामना गर्न पर्ला वक्रिग्रह तपाईको मुखमा वसेको हुँदा वोली चालि, आनीवानीमा संयमिता अपनाउनस होला ।

मिथुन (का की कु घ ङ छ के को ट्ट) :

बार्षिक कुण्डली अनुसार ग्रहबल उत्तवराह आफ्नै राशिमा एकादशस्थानमा सूर्य भएर पनि अष्टम मंगल, वृहस्पति शनिको प्रभावले गर्दा अदृष्यवाधाको प्रभाव परेको छ । अनर्थको दोषारोपणले गर्दा मनोवल गिराउने छ । मानसिक अशान्ति, अपव्यय आफन्तैहरुवाट धोका, दाम्पत्य मतभेद व्यार्थको भ्रमण, अध्ययन अध्यापनमा अवरोध, स्वास्थ्य समस्या शत्रुवद्धि सवारी दुर्घटना, चोरी जस्ता अप्रियपरिस्थितिको सामाना गर्नु पर्ने हुन सक्छ। तपाईको लागि प्रमादी नामक संवत्सरमा कुल देवको दोष रहेको छ । तर आफ्नो कृलिय परम्परा अनुसारका धर्म संस्कारलाई अवलम्वन गर्न सक्नु भयो भने समय अनुकुलकै छ । जस्तै सत्यवादी कुलोचित नित्य नैमित्तिक कर्म न्यायागतधनस्तत्वज्ञान निष्ठो तिथिप्रिय । श्रद्धकृत सत्यवादी च गृहस्थथोपि विमुच्यते । सुत्रलाई परिचालन गर्न सक्नु भयो भने वर्ष ज्यादै प्रभावशालि रहेको छ । सञ्चालन गर्ने भन्ने तपाईकै हातमा रहेको छ । मात्र छाडा प्रवृतिलाई त्यागन सक्नु पर्छ । अरुले अट्नै नसकेको काम व्यवहारलाई सम्पन्न गरी समाजमा प्रस्तुत हुँदा धेरै व्यक्तिको समर्थन मिल्ने छ । आकस्मिक धनार्जनको वातावरण वनाउन सकिने छ राजनीति क्रियाकलापमा प्रभुत्व बढने छ । देश देशान्तर अवलोकन गर्ने सुअवसर मिल्ने छ । कृषक वर्गको लागि समय अनुकुल बन्ने छ, पशुचौपायाबाट आर्थिक आर्जन गरीनेछ, खनिज फलाम, एवं जल चरका कार्यवाट मान सम्मान मिल्ने छ । नित्य नैमित्रिक कार्यमा ध्यान दिनु आवश्यक छ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो) :

प्रमादी नामक संवत्सरमा कर्कट राशिको मालिक चन्द्रमाले मंत्रिपद प्राप्त गरी वर्ष प्रवेशको समयमा देवगुरुको घरमा सकरात्मक सोचाईको साथ रहेका छ । कर्कट राशिका जातको लागि ज्यादै सुवर्णमय समय रहेको छ । ऐतिहासीक कार्य योजनाहरु रचिने छ, सहमतिको आधारमा काम व्यवहारहरु गरीने छ। दाजुभाई, साथी संगती दिदी वैनिहरुवाट अपेक्षीत सहयोग मिल्ने छ, कल्याणकारी एवं लोक हितका काम व्यवहारमा लगानी गर्ने अवसर मिल्ने छ । धर्म संस्कृती संरक्षणमा तनमन जाने छ । देश देशान्तर सम्म जनसम्पर्क बढाइने छ । उपहार पुरस्कार इजयत मान प्रतिष्ठा प्रापत गर्ने अवसर मिल्ने छ । छोरा छोरी एवं सन्तानको कार्यवाट सन्तोष मिलने छ । तरलपदार्थ, पानी दुध घिउ, विजुली, कृषिजन्यकार्य पशु पंक्षीपालन, भूमी भवन कारोबारबाट आकस्मिक लाभ गरीने छ । तर वर्ष राजा नीचो अवस्थामा र व्यावस्थानमा वक्रिग्रह रहेको हुनाले आर्थिक पारदर्शीलाई ध्यान दिन सकिने छैन आवश्यकता भन्दा ज्यादै उदारवादी हुँदा तपाईको कमजोरीको फाइदा लिनेहरुले तपाईको कमजोरी हेरी रहेका छन् । आर्थिक कारोबारमा र सवारी यात्रामा सावधानी हुन आवश्यक छ । स्वासथ्यमा पनि मौषमी प्रभाव पार्न सक्छ, खानपिन आनीवानीमा ध्यान पु¥याउन आवश्यक छ ।

सिंह  (मा मी मु मे मो टा टी टु टे) :

सिंह राशिका जातकको लागि २०७७ प्रमादी नामक संवत्सर ज्यादै प्रभावशाली रहेको छ । इमान्दारीका साथ कामव्यवहार गर्ने हो भने भाग्य, कर्म, आय, पराक्रम सवै सप्रिएको छ । राशिको मालिक ने उच्च भई भागय स्थानमा रहेको हुनाले सकारात्मक सोचाईको उदय हुने छ । आदरभाव जाग्ने छ । धेरै कार्यमा सरोकार रहने छ । धार्मिक एवं आध्यात्मीक जागरण बढने छ । पुण्यकारी कार्य गरी लोक हितको कल्याण गरीने छ । निकै राम्रा काम गर्ने अवसर मिल्ने छन् । नयाँ सम्वन्धहरु स्थापित हुने छन मा¥लीक कार्यको आयोजनाहरु गरीने छ । उच्च स्तरीय व्यक्तिको सहयोग सदभाव पाइने छ। राज योगको व्यक्तिको सहयोग सदभाव पाइने छ । राज योगको प्रभाव परेको छ । उच्चपदिय दायित्व निर्वाह गरीने छ । प्रतिशपर्धामा सफलता मिल्ने छ । छैटौ मंगल शनिको प्रभावले शत्रुको नाश गर्ने छन् । व्यापार व्यवसाय एवं पेसावाट अपेक्षीत धनार्जन गरिने छ । दिर्घकालीन भविष्यका कार्य योजनाहरु रचिने छ । ऐतिहासकि कार्यको शुुरुवातले मन प्रसन्न भएको बेलामा छोरा छोरी एवं कर्मचारी वर्गको अप्रिय समाचारले मन मनस्थिती तर्सन सक्छ। यो वर्ष तपाईको छायाँको प्रभावले सन्तान एवं कर्मचारीलाई डसेको छ । तिनीहरुले केही गलती गरेपनि मेरै ग्रह राशिको प्रभावले भएको हो भनि चित्त बुझाउदा कल्याण हुने छ । तपाईले शिर झुकाउन परे यही तत्वमा पर्ला अरु क्षेत्रबाट तपाईको विजयको विजयै रहेको छ। अर्को झुटो वोल्नु भयो, भने अशुद्ध भोजन हानीकारक छ। किन भने तपाईलाई योवर्ष कुल र नाग देवको शक्ति प्राप्त भएको छ ।

कन्या (टो पा पी पू ष ण ठ पे पो) :

प्रमादी नामक संमत्सरमा परिश्रमशील रहेको छ। काम व्यवहारमा ज्यादै दुःख गर्न मन लाग्ने छ । असन्तोष भावना रहने छ चतुर्थ के तु र अष्टम सूर्यको प्रभावले स्वास्थ्यमा समस्या पर्न सक्छ, मातृ स्थान विग्रियको छ । मातापिताको काम व्यवहारमा समस्या पर्न सक्छ, मनमा भय शंकार चिन्ता लागी रहने छ । व्यपार व्यवसायमा समस्या पर्न सक्छ , स्थानान्तरणको सम्भावना रहेको, कर्मचारीवर्गसँग मतभेद बढ्न सक्चछ, राजनीति एवं प्राशासैनीक कार्यमा ठक्कर पर्न सक्छ । यात्राको योग परेको छ। वैदेशीक कार्यमा सफलता पाइने छ । किन की आफ्नो राशिको मालिकको पूर्ण दृष्टी परेको छ। दाम्पत्य जीवनमा प्रेमभाव बढने छ। नयाँ नयाँ ठाउँको अवलोकन हुने छ । नयाँ मित्रहरु बन्ने छन्। नयाँ व्यक्ति एवं देश देशान्तर सम्म सहयोगको आदान प्रदान हुन सक्छ । सकरात्मक सोचाईको वृद्धि हुने छ। अरुको भलाई एवं कल्याण कारी कार्यमा तनमन जाने छ आफ्नो घरको काम व्यपार इवसायलाई मतलब हुने छैन । अरुको काम गर्दा नै आनन्द आउने छ । धार्मिक आस्था बढ्ने छ । मांगलीक कार्यमा सहभागिता भईने छ । छोरा छोरी प्रति स्नेह बढ्ने छ । पढाई लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ, पुरस्कार उपहार प्राप्तीको योग परेको छ । राशिको मालिकको पूर्ण दुष्टी बुद्धि र भाग्यस्थान सप्रियको छ । चिठ्ठा एवं आकस्मिक धनार्जन हुन सक्च । शैक्षिक एवं सामाजिक प्रतिष्ठानवाट पदप्रतिष्ठा मिल्ने छ। वैदेशीक कारोबारमा सफलता मिल्ने छ। मितेरो साइनो बढने छ । इष्टमित्रको सहयोग ऐतिहासीक बन्न सक्छ ।

तुला (रा री रु रे रो ता ती तु ते) :

जगल्लग्नको हिसावले तपाईको प्रमादिक नामक सम्वत्सर छायाँ परेको छ । चतुर्थ शनि दैव्या परेको छ । सप्तम सूर्य र नवौं राहुले अधर्मी वनाउन सक्छ, महत्वकाक्षाले गर्दा परिस्थिति विग्रन सक्छ। अरुले गल्ति गर्ने अवजस र सजाय तपाईलाई हुन सक्छ । मुद्दामामिला, कलझगडा पर्न सक्छ । चोरी तथा कपट बाट हानी नोक्सानी, कष्टदायक यात्रा विश्वासघात हुन सक्छ । तर वर्ष कुण्डली र आद्रा प्रवेश कुण्डलीवाट हेर्दा त्यति डराउन पर्देन। राशिको मालिक शुक्र एकादश भावमा रही नयाँ आम्दानीका श्रोतहरुलाई हेरी रहेका छन् । वुध ग्रहको प्रभावले नयाँ अवसरहरुको खोजि गरेका छन्। दशैं सूर्यले आत्म वल आत्मविश्वास बढाएका छ । उच्चस्तरीय व्यक्तिसँग सम्वन्ध बढाइने छ । जस्तो शुकै कार्यान्वयन गर्न सकिने छ । तर खर्च र पश्रिम ज्यादा नै हुन्छ। तपाईका कुल देवता र पितृदेवता रिसाएका छन, कुलीय धर्ममलाई अगाल्न सक्नुभयो भने शिर झुकाउन पर्दैन । कला गला, साहित्य साधानमा ध्यान केन्द्रीकृत हुन सक्छ, नयाँ रहस्यमय कार्यलाई अगाडी बढाउँदा विपक्षीहरु आश्चर्यमा पर्दछन । आफूलाई दवाउन सक्रिय भएका व्यक्तिहरु नातो लगाउदै आउने छन। तर आर्थिक कारोवारमा भने कानुनी प्रकृया पुरा गरेर मात्र गर्नु होला । यात्रा पनि जोखीम बन्न सक्छ । साइत मिलाएर मात्र गर्नुहोला । राशिको मालिक स्वगृही भएको हुनाले आफुले भन्दा दाम्पत्य साथिलाई गुरुको स्थान दिएर काम व्यवहार गर्दा कलयाण हुन सक्छ ।

वृश्चिक (तो ना नी नु ने नो या यी यु) :

यो वर्ष प्रमादी नामक संवत्सर वृश्चिक राशिलाई प्राप्त भएको छ । भने राशिको मालिक मंगल उच्च स्वरुपले पराक्रम स्थान मा रहेका छन । साथमा भावकारक वृहस्पति र स्वगृही शनि पनि सँगै छन् । सुख र सुखद अवसर प्राप्तिको दृष्टिले ज्यादै प्रभावशालि रहेको छ । उच्च सूर्यको प्रभावले शत्रुहरुलाई छायाँ पार्दै पराक्रमको गति बढाएका छन। स्वगृही शुक्रले पूर्ण दृष्टिदिएर आत्मवल आत्मविश्वास बढाएका छन । स्वगृही शुक्रले पूर्ण दृष्टिदिएर आत्मवल आत्मविश्वास बढाएका छन । देशदेशान्तर सम्म पनि सम्वन्ध विस्तार गरेका छन् । समय ज्यादै प्रभावशाली रहेको छ जोखिम प्रकृतिका कार्यलाई पनि सजिलै सम्पन्न गरी समाजमा प्रस्तुत हुँदा मानसम्मान मिल्ने छ। पराक्रम सप्रिएको छ, साथी संगति इष्टमित्रलाई मानसम्मान गर्दै आर्थिक आर्जन गर्न सकिने छ। काम व्यवहारबाट आकस्मिक लाभ गरी सप लता प्राप्त गर्दा नयाँ उत्साह उम· मिल्ने छ । नक्षत्र स्वामीहरु वृहस्पति शनि र वुधको सहयोग सुझावलाई मित्ररुपले स्वीकारेर राशि स्वामी मंगल अगाडी बढ्दा ऐतिहासीक कार्य सम्पन्न गर्न सकिने छ । सातै शुक्रको प्रभावले देश देशान्तर अवलोकन गर्ने अवसर दाम्पत्य सहयोग सुमधुर बन्ने छ। आकस्मिक लाभको योग परेको सम्पन्न गर्न सकिने छ व्यपार व्यवसाय एवं पेसाबाट अपेक्षीत धनार्जन गर्न सकिने छ । घर परिवार एवं समाजमा मेल मिलाप हुनको साथै धार्मिक एवं मांगलीक कार्यमा सहभागीता भइने छ । भौतिक सुख सुविधा यावत चिजवस्तु प्राीत भएर पनि मार्केश ग्रहको रुपमा चन्द केतु राहु रहेको हुँदा सवारी दुर्घटना, रोग व्याधिको सम्भावना रहेको आकस्मिक दुर्घटना रोग व्याधीवाट जोगिने उपाय गर्दा वर्षौ भरी निकै राम्रो वातावरण बन्दछ ।

धनु (ये यो भा भी भू ध फ ढ भे) :

धनु राशिले वार्षिक ग्रहचलित चक्र अनुसार वर्षभित्र पद प्राप्त गरेर पनि राहु र शनिको षडाष्टक योगले कुटुम्वीया योग वनाएको छ । तपाईको ग्रहको र राशिको प्रभावले कुलकुटुम्वका काम व्यवहारमा समेत समस्या बनाउने छ । दाम्पत्य मतभेद बढन सक्छ । विष योग पनि परेको खानपिन एवं आनिवानीमा विचार पु¥याउनु होला । पशुचौपाया एवं वाहान सवारीमा समस्या पर्न सक्छ । अनर्थिको तनाव र अपयस एवं मानसीक चिन्ता बढन सक्च । सञ्चित धनको नोक्सान लुटपाट चोरी जस्ता अप्रिय घटना घट्न सक्छन । शत्रु वृद्धिको सम्भावना छ, लेनदेन कारोबारमा छोइपासी हुन सक्छ देविय विपत्ति पर्न सक्छ । ग्रह चक्र अरिव भएर पनि तपाईको आनीवानी खान पिनमा र धर्म कर्ममा ध्यान पु¥याउनु भयो भने अदृष्य शक्ति तपाइका कूल देवता र नाग देवताले दिइराखेका छन् अरुले गर्ने नसक्ने काम सम्पन्नगरी साथि संगती एवं समाजका व्यक्तिहरुलाई चमत्कार देखाउन सक्नु हुनेछ । पढाई लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ । व्यापार व्यवसाय एवं पेसावाट अपेक्षीत लाभ आर्जन गर्न सकिन्छ । साथि संगतीहरु तपाईको समर्थनमा जुट्ने छन । नयाँ प्रविधिका कार्यमा चमत्कार देखाउन सकिने छ । छोरा छोरी सन्तान र कर्मचारी वर्गको कर्मवाट आकस्मिक लाभ प्राप्त हुनेछ। देश देशान्तरको रहस्यमय यात्रा हुन सक्छ । सहवुद्धिको प्रभावले राजनीति एवं सामाजिक कार्यमा उच्चपद प्राप्त हुन सक्चछ । तर दाम्पत्य जिवनमा आगो पानी विजुली जस्ता चिज वस्तुमा दिल्लकी नगर्नु होला, यसैले रोइपासो बनाउन सक्छ । यो वर्षमा अम्रित र विष के प्राप्त गर्ने तपाईको हातमा नै छ । अरुसँग खोज्न जान पर्दैन । यो वर्ष (२०७७) साल तपाईको लागि तक्षक नामक कालसर्प योगको प्रभाव परेको छ ।

मकर (भो जा जी जू जे जो ख खि खु खे खो गी) :

राशिचक्र अनुसार यो दशौं स्थानमा पर्दछ । यसको पहिचान पनि आफ्नै पनको छ । किन भने यो राशिले अभिजित शक्ति प्राप्त प्राप्त गरेको छ ग्रहहरुको प्रभाव अनुसार त मध्य साढेसाती र अन्त्यसाढे साती परेको छ । आर्थिक कारोवार यात्रा र सवारी साधनमा ध्यान पु¥याउन सक्नु भयो भने अरु चिजवस्तु एवं व्यवहारमा ज्यादै राम्रो छ । राशिबाट छैटौं र बाह्रौ वक्रि ग्रहको प्रभाव परेको छ । यसले अप्रिय घटना घटाउन सक्छ । अरु ग्रहहरु ज्यादै भावकारक रहेका छ । पराक्रमको वृद्धि हुनेछ जे जानीएको छ, अरुलाई बुझाउन सकिने छ । पढाई लेखाई एवं प्रतिभाका कार्यवाट कृतिदायक एवं ऐतिहासिक काम गरेर प्रदर्शन गर्न सकिने छ । छोरा छोरी एवं विद्यार्थीको कार्यवाट सन्तोष मिल्ने छ । दाजुभाई साथिभाई एवं इष्टमीत्रको सहयोग सद्भाव अटुट रहने छ । प्रतिश्पर्धात्मक कार्यमा सफलता मिलने छ । दाम्पत्य जीवन शुखमय रहने छ । देशदेशान्तरको रमाईलो यात्रा हुनेछ। नयाँ मित्रताको खोजि हुने छ । मांगलीक कार्यको आयोजना गरीने छ । अरुको कार्यमा पनि सहभागी हुँदा मान सम्मान पाइने छ । राजनीतिमा नयाँ पद प्रतिष्ठा मिल्न सक्छ । धर्म कानुन संस्कृतिमा छुटै किसीमको पहिचान वनाउन सकिनेछ । आर्थिक कारोवारमा ध्यान पु¥याउन सकेमा जग्गा जमीन व्यापार व्यवसायबाट अपेक्षीत लाभको साथै सफलता प्राप्त गर्न सकिने छ । औषधी औजार मेसिनरी कार्यवाट लाभ हुनेछ । कला साहीत्य एवं रहस्यामय कार्यवाट उपहार पुरस्कार प्राप्ती योग परेको छ । खोज अनुसन्धान सफलदायक रहेको छ ।

कुम्भ (गु गे गो सा. सि.सू. से. सो द) :

तपाईको लागि यो २०७७ साल मध्ययम प्रकृतिको रहेको छ । बाह्रौ शनि मंगल र वृहस्पति अदृस्यवाधाको प्रभाव परेको छ । यसले विशेष गरी अप्रिय दुर्घटना चोरी, कलझगडा जस्ता प्रकृतिको अवस्था आउन सक्छ, आर्थिक हिनतो बढने छ । झुटा आरोप लाग्न सक्छ स्वास्थ्य वाधा काम व्यहारमा विलम्व दुःख शारिरीक समस्या आइपरे पनि अरु ग्रहको भाववल राम्रै छन् । व्यापार व्यवसाय एवं पेसा वाट अपेक्षीत लाभ गर्न सकिने छ । खुट्टामा लक्षित छ । उद्योग धन्दा, कृषि जन्य पदार्थ दुग्ध जन्य पदार्थमा अपेक्षीत लाभ हुने छ । कलाकृति आकृतिका कार्यवाट प्रतिष्ठा मिल्ने छ । कुल कुटुम्व र साहोदरका व्यक्तिको सहयोग सद्भाव मिल्ने छ । अन्तरदृष्टि ग्रहको प्रभाव परेको खोज अनुसरन्धान एवं ज्याृतिष भविष्यवाणी जस्ता कार्यमा दाम र नाम दुवै कमाई हुन सक्छ, पढाई लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ । तर सन्तान स्थान विग्रिएको छ । छोरा छोरीको काम व्यवहार एवं स्वासथ्यमा वाधा पर्ने छ । सन्तानको लागि अनर्थको खर्च र चिन्ता पर्न सक्छ । सन्तानको लागि अनर्थको खर्च र चिन्ता पर्न सक्छ । भाद्र २५ गतेवाट छोरा छोरी एवं विद्यार्थी वर्गको काम व्यवहारमा प्रगति हुन्छ। फेरी व्यापार व्यवसायमा मन्दि आउन सक्छ। आफ्नै स्वास्थ्यमा आलस्यता हुन सक्छ । कुल पितृको दोषको प्रभाव पर्छ, चञ्चलपन बढ्ने छ । राम्रो अवस्था हुँदा पनि विकल्पको खोजि गरीनेछ । अनर्थको दुःख र खर्च हुने छ । जसलाई विश्वास गर्यो त्यसैले धोका दिने छन्। आर्थिक लाभ भएर पनि चित्त शान्ति हुने छैन्। माता पिताको लागि खर्च बढ्नेछ काम व्यवहार गर्दा दाम्पत्य रोहवरमा गर्दा अल्प काम बन्ने छ ।

मीन (दी दु थ झ ञ दे दो चा ची) :

मीन राशिका व्यक्तिहरुको लागि यो २०७७ साल ग्रहवल भाववल दुवै सप्रियको छ । वर्ष राजा स्वास्थानमा रहेका छन । वर्ष मन्त्रि कर्मस्थानमा रहेका छन् । राशिको मालिक आय स्थानका रहेका छन् । एकादश स्थानवाट शनि मंगलले नयाँ आम्दानीका श्रोतहरु खोजि रहेका छन् । सकारात्मक सोचाईको वृद्धि हुने छ । योजनाबद्ध रुपले कामव्यवहार गरीने छ। सरोकारका व्यक्तिलाई मान सम्मान दिन सकिनेछ । सहमतिको आधारमा काम अगाडी बढाउदा ऐतिहासीक कार्यको शुरुवात गरीने छ देश देशान्तरको अवलोकन गर्ने सौभाग्यता मिल्ने छ वैदेशीक कार्यमा सफलता मिल्ने छ नयाँ मित्रहरु वन्ने छन् । पति पत्नीवीच घनिष्ठता सम्वन्ध रहने छ । परिक्षा एवं प्रतियोगीता र प्रतिश्पर्धामा प्रगति, उन्नति हुनेछ, नयाँ उत्साह उमङ प्राप्त भएर पनि राजनीति एवं प्रशासैनिक क्षेत्र हानीकारक छ। चतुर्थ राज्य र द्धितिय स्थान विग्रिएको छ । उच्चस्तरीय व्यक्तिवाट अपहेलना हुन सक्छ । सञ्चित धनको नोक्सान जागिर पेशामा सरुवा, विशेष गरी वा आमा हाकिम मालिककोृ काम व्यवहारमा हानिकारक छ । सञ्चित धनको खति हुन सक्छ, र स्वास्थयमा पनि ध्यान पु¥याउदा बुद्धिमानी भइने छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: