पोखरा–१९ का विपन्न परिवारलाई २ हजार व्रोइलर चल्ला वितरण

सराङकोट न्यूज
6 May, 2020 5:45 pm

लकडाउनको वेला विपन्न परिवारलाई राहत मात्र हैन आत्मनिर्भर पनि बनाउन पर्छ भन्ने धेयले वि भाञ्जा ह्याचरीले पोखरा महानगर १९ का २ सय विपन्न परिवारलाई १० वटाको दरले दुई हजार चल्ला वितरण गरिएको छ । प्रोटिन यूक्त खाद्य पदार्थको उत्पादनका लागि उपयुक्त मानिएको व्रोइलर चल्ला पोखरा १९ अन्तर्गतका विभिन्न पाँचबटा टोलहरुमा पुगेर किसानलाई चल्ला वितरण गरिएको थियो ।

पुरुञ्चौरमा ५९० वटा, तल्लाकोट ठाँटीमा ४२० वटा, चितेपानीमा २१० वटा, वेशीचोकमा ३५० वटा, र घार्मीमा गरी २०४० वटा एक दिने व्रोइलर चल्ला निःशुल्क वितरण गरिएको थियो । पुरुञ्चौर भारती भवन स्कुल चोकबाट चल्ला वितरण कार्यक्रम सुरु गरिएको थियो । पोखरा महानगर वार्ड नं. १९ का अध्यक्ष शोभामोहन पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. शोभा शर्माले खाद्य सुरक्षामा संकट आउन नदिन कुखुरा पालन कार्यले विपन्न परिवारलाई केहि राहत दिन सक्ने वताएकी थिइन् । यस्तै वडा अध्यक्ष शोभा मोहन पौडेल लकडाउनको वेलामा मात्र नभएर अरु सवै वेलामा तरकारी, फलफूल, पशु पन्छी, माछा मासुमा आत्म निर्भर हुन वेलैमा सोच्नु पर्ने वेला आएको बताए ।

Advertisements


चल्ला वितरणको शुभारम्भ गर्दै वि भाञ्जा ह्याचरीका प्रवन्ध निर्देशक विनोद भण्डारीले आफ्नो व्यवसाय संचालन भइरहेको ठाउँका विपन्न परिवारलाई थोरै भए पनि सहयोग पुगोस्, भन्ने हेतुले २ सय परिवारलाई चल्ला वितरण गर्न पाएकोमा खुसी लागेको अनुभव सुनाएका थिए । निःशुल्क चल्ला वितरण कार्यक्रममा पशु सेवा प्राविधिक नवराज अधिकारी, वडा सदस्य कृष्ण प्रसाद गौतम र तारा परियारले सहजिकरण गरेका थिए ।

Advertisements
प्रतिक्रिया दिनुहोस्: