ममता गुरुङको आवाजमा कान्ती पौडेल अधिकारीको मौलिक तीज गीत “आलू, बोडी, तामा”

सराङकोट न्यूज
12 August, 2020 11:50 am
Advertisements
Advertisements

नेपाली मौलिक संस्कृति झल्कने गरी कान्ती पौडेल अधिकारीको लय श्रृजनामा मौलिक तिज गीत “आलु वोडी तामा” वजारमा आएको छ । नेपाल आइडल टप टेनमा पर्न सफल उदयीमान कलाकार ममता गुरुङको स्वरमा सजिएको तीज गीत एल्वम आलु वोडी तामाले यो वर्षको तीजको पीडालाई उचित सम्वोधन गर्ने देखिएको छ ।
कोरोना महामारीको कारण वर्ष दिनमा आउने हिन्दु नारीहरुको महान् चाड तीजमा माइत जान नपाउँदाको पीडालाई गीतले सम्वोधन गरेको छ । यसै पनि तीज नारीका पीडाका गीत सुनाउने सन्दर्भ पर्व हो त्यस माथि पनि कोरोनाको कहरले निम्त्याएको समस्या र त्यसको पीडालाई आलु वोडी तामाले गज्जव सँग समेटेको छ । प्रतिक प्रोडक्सनले निर्माण गरेको भिडियो एल्वम्मा नवोदित कलाकार आस्था अधिकारी, संगिता पोखरेलको नृत्य र इन्दिरा पराजुली रामचन्द्र अधिकारी र श्रीराम पौडेल र कान्ति अधिकारीले विभिन्न भूमिका निर्वाह गरेका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: