सडकमा रातो प्लेटको कालो काम

सराङकोट न्यूज
24 September, 2020 9:41 am
Advertisements

सार्वजनिक सवारी सेवालाई प्रभावित पार्ने गरी नीजि नम्वर प्लेटका सवारी साधनको जगजगी चलेको छ । नीजि नम्वर प्लेटमा दर्ता भएका प्राइभेट कार, जिप, भ्यान, ट्रक, ट्रिपरहरुले भाडाको काम गरेर कानुनलाई सिधै चुनौती दिएका छन् ।


प्राइभेट कार किनेर भाडामा, रिजर्भमा यात्रु वोक्ने काम दिनानुदिन भइरहेको पाइएपछि विभिन्न संघ संस्थाहरुले प्रयोजन विपरित चल्ने सवारी साधनहरुलाई ठाउँका ठाउँ ट्राफिकलाई जिम्मा लगाउने कार्य अभियानकै रुपमा अगाडि वढाइएको गण्डकी ढुवानी प्रा.लि. का अध्यक्ष शिवु तामाङले वताए । कास्की जिल्ला मात्र होइन तनहुँ स्याङजा सम्म पुगेर प्रयोजन विपरित कार्य गरिरहेको फेला पारी सम्झाई वुझाई गर्ने र अटेर गरे प्रहरीको जिम्मा लगाउने गरिएको शिवु तामाङले वताए ।
नीजि काम र कम्पनी प्रयोजनका लागि प्राइभेट दर्ता भएका ट्रक, ट्रिपर, भ्यानहरु भाडामा प्रयोग गर्नु कानुन विपरित कार्य हुने यातायात व्यवस्था कार्यालय पोखराले वताएको छ। प्रयोजन विपरित सवारी प्रयोग गरे ५ हजार रुपैयाँसम्म जरिवाना हुने सवारी तथा यातायात व्यवस्था ऐनमा उल्लेख छ । कालो प्लेटले भाडाका काम र रातो प्लेटले नीजि प्रयोजन गर्न पर्छ भन्ने वारेमा सम्झाई वुझाई गरिसकेकोले अव कारवाहीमा जाने वताइएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: