सार्वजनिक काममा नीजि सवारी

सराङकोट न्यूज
5 November, 2020 10:31 am

सार्वजनिक प्रयोगका लागि भाडामा दर्ता भएका सवारीले आफ्नो अस्तित्व जोगाउन हम्मे हम्मे परेको छ । विगत ८ महिना अगाडि देखि कोरोना महामारीको कारण जारी रहेको कोरोना कहरबाट सवैभन्दा वढि पिडित वनेको सार्वजनिक यातायात क्षेत्र अझैसम्म पनि लयमा पर्कन सकेको छैन । सरकारको अदुरदर्शी निर्णय र समय सापेक्ष कदम चाल्न नसक्दा नेपाल सवैभन्दा वढि प्रभावित वन्न पुगेको छ त्यसमा पनि यातायात क्षेत्र सर्वाधिक पीडित वनेको कुरामा दुई मत छैन ।
अझै अनिश्चितताको वादल मडारिएकै छ । नेपालको सर्वशक्तिमान मानिएको सरकार केपी ओली नेतृत्वको सरकार असफल नै वनेको लगभग स्पष्ट नै भइसकेको छ । सरकारको नेतृत्वको ध्यान देश र जनताको हितमा भन्दा सत्ता लिप्साको वरिपरि केन्द्रित रहेको प्रष्ट हुन आउँछ । जनताले दुई तिहाइको वरिपरि मत दिएर जिताएको दल नेकपा यतिखेर देश र जनहितलाई लत्याएर सत्ता सुखमा केन्द्रीत हुदै आएको छ । नीति र थिति वेगर स्वैच्छाचारी ढंगबाट देशलाई दोहन गरिरहेका छन् । नेता मन्त्रीहरु व्यक्तिगत स्वार्थ पूर्तिका लागि लालसा वोकेर वेपर्वाह समय गुजारी रहेका छन् अव फेरी सत्तामा पुग्न नपर्ने गरी उनिहरु कुस्त कमाउने ध्याउन्नमा लागेका छन् ।
आफैमा अनुसाशन गुमाएको सरकारबाट आम जनताले के अपेक्षा गर्ने ? सरकार चलाइरहेको दल नेकपा भित्रको शीत युद्ध थप पेचिलो र डर लाग्दो वन्दै गएको छ । दुई अध्यक्ष रहेको दल नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली वेलगाम दौडीरहेको भन्दै पार्टी भित्रै चर्को युद्ध जारी छ । ओली राजबाट प्रत्यक्ष लाभ लिएका केही मन्त्रीहरु र मन्त्री हुने आशमा चाकडी गरिरहेका वाहेकका वर्तमान सरकार प्रति असन्तुष्टि व्यक्त गरिरहेका छ ।
कहिले वामदेव गौतमलाई प्रधानमन्त्री वनाउने त कहिले माकुनेलाई पार्टी अध्यक्ष वनाउने ललिपप देखाएर आफ्नो सत्ता स्वेच्छाचारीतालाई ५ वर्षे गन्तव्य स्थलसम्म पु¥याउने योजनामा केन्द्रीत भएको वुझ्न थालिएको छ ।
पाटी स्पष्ट वहुमतको सरकारमा छ पर्सामा सत्ताधारी दल नेकपाकै जिल्ला नेताको हत्या भएको छ । अपराधीलाई सजाय गर्न मुद्दा दर्ता गर्न मान्दैन सरकार । मरेको होइन वाँचेको अपराधी कार्यकर्ता जोगाउन उद्दत छ सरकार । सिमाना विवादमा राष्ट्रिय अडान लिएको ढोल पिट्ने सरकार ‘र’ का प्रमुखको काखमा स्खलित भएको छ सरकार वोलीको ठेगान, टुंगो नभएको सरकार कर्णाली प्रदेशको आफ्नै मुख्यमन्त्रीलाई कत्लेआम गर्न उद्दत छ । कोरोना कहरलाई व्यापार गर्दै कुस्त कमाएको सरकार देश र जनताप्रति कति पनि जवाफदेहि छैन यस प्रकारका निरिह र निकम्वा कार्यशैली कहिले सम्म यसै भन्न सकिन्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: