पोखरा १९, घार्मीका दुई दर्जन कम्युनिस्ट युवाहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश

सराङकोट न्यूज
10 March, 2021 4:53 pm

साविक लामाचौर गा.वि.स.को घार्मी हाल पोखरा महानगरपालिका वडा नं.१९ भएको छ । कम्युनिस्टको किल्ला रहेको घार्मी १९ नम्बर वार्डका वडा अध्यक्ष शोभामोहन पौडेल मात्र हैन विद्यार्थी नेता अर्जुन अधिकारी र निवर्तमान युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा समेतको पुख्र्यौली थलो घार्मीका युवाहरु यतिखेर नेकपा परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

फागुन २२ गते घार्मीका २३ जना युवाहरुले कम्युनिस्ट राजनीतिप्रति तीब्र असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस पोखरा १९ का सचिव प्रकाश बास्तोला (विष्णु)ले बताएका छन् । घार्मीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा त्यहाँ क्रियाशील एमाले समर्थित युवाहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको बताइएको छ । नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गर्नेहरुमा पोखरा १९, घार्मीका सुजन पौडेल, भुवन सुनार, नारायण प्रसाद पौडेल, गंम बहादुर सुनार, सुभाष सुनार, भिम बहादुर सुनार, शिसिर पौडेल, बल बहादुर सुनार, इन्दिरा सुनार, टंकनाथ पौडेल, सुशिल सुनार, गोपाल पौडेल, रामचन्द्र सुनार, त्रिपति पौडेल, नवराज पौडेल रहेका छन् ।

Advertisements

यस्तै धुर्व परियार, राम बहादुर सुनार, रामजी सुनार, सुरज सुनार, यादव वि.क., सुभाष वि.क., नर बहादुर भुजेल, विष्णुमाया वि.क.ले नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेको विवरण प्राप्त भएको छ । पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव एवं पूर्व प्रधानमन्त्रीका सल्लाहकार तथा महासचिव सदस्य बाबुराम आचार्यले नेपालको निर्विकल्प प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेस मात्र रहेको र आम जनताको भरोसाको पार्टी भएकाले सबै जनता अटाउन सक्ने हुँदा प्रजातन्त्र प्रेमी सबै जनतालाई स्वागत गरिने बताए ।

नेपाली कांग्रेस जिल्ला सदस्य पुष्पेन्द्र पाण्डेले नेपाली कांग्रेस जालझेल गरेर जनतालाई भ्रममा राख्न नसक्ने बताउँदै देशको विकास निर्माण र शान्ति सुव्यवस्था एवम् सुशासनका लागि नेपाली कांग्रेस हर समय युवा शक्तिको साथमा रहेको र रहि रहने बताएका थिए । पार्टी प्रवेश कार्यक्रममा जिल्ला सदस्य शंकर ढु·ाना, क्षेत्र नं.३ का सचिव खिमलाल बास्तोला लगायतले नव पार्टी प्रवेशी युवाहरुलाई स्वागत सहित शुभकामना व्यक्त गरेका थिए । वडा नं.१९ का सभापति महेश्वर पौडेलको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालक सोही वडाका सचिव तथा प्रवक्ता प्रकाश बास्तोला (विष्णु)ले गरेका थिए । कम्युनिस्टको किल्ला मानिएको पोखरा–१९, घार्मीबाटै सुरु भएको कम्युनिस्ट परित्यागको यो प्रकरणले सत्ताधारी दल भित्रै रहेका युवा शक्तिको चरम असन्तुष्टिलाई संकेत गर्छ । क्याविनेट मन्त्रीबाट दुई महिना अगाडी मात्र बहिर्गमनमा परेका मन्त्रीले कार्यकर्ताको माग र आवश्यकता सम्बोधन गर्न नसकेको, शक्तिमा रहँदा समय सापेक्ष र युवा लक्षित कार्यक्रम ल्याउन प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै दल सत्ता केन्द्रीत राजनीतिमा चुर्लुम्म डुबेको पार्टी परित्याग गरेका युवाहरुले बताएका छन् । अझै पनि ठूलो संख्यामा नेकपा समर्थकहरुले समर्थन त्याग गर्न सक्ने संकेत मिलेको छ । केन्द्रमा जारी गुटफुट र सत्ता राजनीतिको फोहोरी खेलको प्रभाव ग्रास रुटमा रहेका इमान्दार शुभेच्छुक र समर्थकहरु समक्ष परेको बुझिन आएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: