विमा प्रति नकारात्मक धारणा नबनोस्

सराङकोट न्यूज
25 June, 2021 12:16 pm
Advertisements
Advertisements

विमा आफैमा अपरिहार्य शब्द हो । जीवन विमा र निर्जिवन विमा अव हरेक को लागि आवश्यक छ । विमाले जीवन सुरक्षा भन्दा पनि क्षतिपूर्तिको सुनिश्चितता गर्छ। जीवन विमाले आय आर्जनको पनि भूमिका खेल्छ । दुर्घटना विमा, स्वास्थ्य विमा, घर गाडी व्यवसाय विमा देखि जीवन विमा विश्वले अपनाएको सुन्दर नीति हो ।
किसानले कुखुरा, गाई वाख्रा भैंसी मात्र हैन फसल को पनि विमा गरेका हुन्छ त्यसो हुादा किसानले कुनै पनि दिन व्यवसाय डुव्यो भनेर रुदै हिड्नु पर्दैन । सरकारले विमा समिति लाई नियामक निकाय तोकेको छ नेपालका विमा सम्बन्धि योजना नीति तथा दावी भुक्तानी चल्दै आएको छ। विमा एक प्रकारको रोजगार दिने स्तम्भ पनि वनेको छ ।
पछिल्लो समय विमामा नयाँ पोलिसी थपियो “कोरोना विमा” नेपालमा कोरोना प्रवेश गरे लगत्तै विमा कम्पनीहरुले कोरोना विमा पोलिसी लागु गरे । हतार हतार ल्याइएको कोरोना विमा पोलिसी यति खेर हरो वन्न पुगेको छ । अनपेक्षित रुपमा कोरोना संक्रमित वढेपछि ६ सय रुपैयाँ शुल्क लिएर एक लाख भुक्तानी दिन विमा कम्पनीहरुलाई हम्मेहम्मे मात्र हैन सकस प¥यो । १५ दिन भित्र पीडित विमितलाई विमा दावी भुक्तानी दिइसक्नु पर्ने भएपनि ९ महिना सम्म विमा दावी रकम पाउन सकेका छैनन् ।
झण्डै एक लाख जनाले दावीका लागि कागज पेश गरेपनि करिव आधा जतिले मात्र रकम पाएका छन् । सरकारी विमा संस्थानको सवभन्दा वढी विमा भुक्तानी रहेको छ। सरकारी कर्मचारी हरुको विमा विमा संस्थान मार्फत् भएको थियो ।
यस्तै मणिपाल शिक्षण अस्पतालले विमितलाई भुक्तानी दिन विमा कम्पनीले पठाएको ४२ लाख रुपैयाँ अझ सम्म भुक्तानी गरेको छैन । कम्पनीले अस्पतालको खातामा पठाएको रकममा मणिपालले वार्गेनिङ गरिरहेको छ । जवकी त्यो दावी व्यक्तिगत जोखिम कभरका लागि हो ।
यो मात्र हैन अरु ठूला जीवन विमा र निर्जिवन विमा रकम भुक्तानीमा पनि कम्पनीहरुले विभिन्न वहानामा हैरानी दिने गरेका छन् लिन जान्ने दिन नजान्ने विमा कम्पनीको कार्यशेली आलोचनात्मक रहेको छ । यसले विमा प्रति आम नागरिकको नकारात्मक धारणा विकास हुँदै गएको छ यो नराम्रो छनक हो ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: