परदेशी चेलीको तीज गीतमा आमाको सम्झना

सराङकोट न्यूज
24 August, 2021 9:49 am
Advertisements

पोखरा

“पिर मान्लिन आमाले खिर मीठो आलु तामाले” बोलको गीत यतिखेर युट्युबमा भाइरल बन्दै गएको छ । रोजगारीको शिलशिलामा परदेश भासिन बाध्य भएका चेलीहरुले आफ्नो आमासँग भेटघाट, फोन सम्पर्क समेत हुन नसकेको विषयलाई समेटेर जापानमा रहेका सर्जक सज्जन कुमार सिंहको संगीत र सिर्जनामा निर्मित म्युजिक भिडियो बजारमा आएको छ ।
बुटवल घर भई एक दशकदेखि जापानमा कार्यरत बासु क्षेत्रीको प्रस्तुतिमा तेजेन्द्र भण्डारीले जापानमै निर्माण निर्देशन र छायाड्ढन गरिएको म्युजिक भिडियो राइजिङ नेपाल युट्युब च्यानलबाट अफिसियल पब्लिक गरिएको शब्द सर्जक सज्जन कुमार सिंहले बताएका छन् ।
मौलिक संस्कृति र सम–सामयिक विषय वस्तुमा आधारित म्युजिक भिडियोलाई कलाकार द्वय बासु क्षेत्री र गंगा सुवेदी क्षेत्रीको जिवन्त अभिनयले मार्मिक र उत्कृष्ठ बनाएको छ । विविध कारणले परदेशी हुन बाध्य चेली र स्वदेशको गामवेशीमा दुःख झेलिरहेकी आमा बीच तीजमा भेट्न नपाउँदाको पीडालाई आलु तामाले लयको तीज गीतले दर्शक र स्रोतका मन जित्न सफल हुने अपेक्षा गरिएको छ । ईश्वर बाबुले सम्पादन गरेको म्युजिक भिडियो आठ मिनेटको रहेको छ।
विदेश रहँदा पनि आफ्नो देश र गाउँ बस्तीको सम्झना साँचेर म्युजिक भिडियो निर्माण गरेर मौलिक संस्कृतिको जगेर्ना गर्ने प्रयासलाई सकारात्मक रुपमा हेरिएको छ । पछिल्ला वर्षहरुमा तीजे गीतमा समेत पश्चिमा छाडा संस्कृतिको अतिक्रमण बढिरहेको बेलामा बासु क्षेत्री र गंगा सुवेदी क्षेत्रीको मौलिक अभिनयले नेपाली संस्कृतिको जगेर्नामा टेवा दिने जमर्को गरेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: