मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्न खोज्ने विचौलिया पक्राउ

सराङकोट न्यूज
26 October, 2021 3:07 pm
Advertisements

पोखरा : पोखरा लामाचौर गैरीखोरबाट दशैं अगाडी २ गु्रपमा जुवाडे पक्राउ परे । दशैं नजिकिदै गर्दा गैरीखोरकी हरिमाया पुनले आफ्नै घरमा जुवातास खेलाइन । त्यहाँबाट ४७ हजार ७ सय पचास सहित ९ जना पक्राउ परेका थिए।
यस्तै गैरीखोरकै विना पुनले पनि ९ जना लाई जुवा खेलाउन ३४ हजार ३७० नगद सहित उनीहरु पक्राउ परे । दुई टोली गरी १८ जना जुकोड कास्की प्रहरीको फन्दामा परे । उनीहरुलाई जुवा ऐन बमोजिम कास्की प्रहरीले मुद्दा चलायो । यसरी पक्राउ परेका जुवाडेहरु केही विचौलियाहरुका लागि भने कमाउने माध्यम बन्न खोज्यो । २ जना विचौलियाहरुले ती जुवाडे र उनीहरुका आफन्त सँग ५ लाख रुपैया रकम मागेर जेलबाट छुटाइदिने आश्वासन दिए । काभ्रे जिल्ला खानीखोला गा.पा. वडा नं.१ स्थायी निवासी घर भई हाल पोखरा ५ बस्दै आएका २९ वर्षीय चन्द्र बहादुर बल र गोर्खा शहिदलखन १ स्थायी निवासी घर भई हाल पोखरा २६ अर्घौचोक निवासी वर्ष ३१ का जीवन गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मुद्दा मिलाइ दिने दाबी गर्ने बल र गुरुङले आफूहरुले प्रहरी, वकिल र अदालतका कर्मचारी समेतलाई चिनजान भएको बताउँदै मुद्दा मिलाएर छुटाउने बताएका थिए । पक्राउ परेका विरुद्ध कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ । असोजमा जिप्रकाका प्र.नि. खगेन्द्र अधिकारीको कमाण्डमा पक्राउ परेका जुवाडेहरुको नाम नामेसी यी रहेका थिए । जुवा खालका महिला पुरुष दुवैको सहभागिता थियो ।
१) जिल्ला कास्की माछापुछ्रे गा.पा.घर भई हाल जि.कास्की पोखरा–१९ लामाचौर बस्ने बर्ष २७ को राजु पुन ।
२) जि.म्याग्दी घर भई हाल पोखरा–१९ लामाचौर बस्ने बर्ष ४२ को मिन बहादुर मगर ।
३) जि.बाग्लुङ घर भई हाल पोखरा–१९ लामाचौर बस्ने बर्ष २९ को भबिराज छन्त्याल ।
४) जि.म्याग्दी घर भई हाल पोखरा–१९ लामाचौर बस्ने बर्ष ३० को धमन थापा ।
५) जि.म्याग्दी घर भई हाल पोखरा–१६ लामाचौर बस्ने बर्ष ३७ की राजदेवी पुन ।
६) ऐ.ऐ.घर भई हाल पोखरा–१६ लामाचौर बस्ने बर्ष २९ की खिम थापा ।
७) जि.कास्की मादी गा.पा.घर भई हाल पोखरा–१६ लामाचौर बस्ने बर्ष ३८ की मिरा गुरुङ ।
८) जि.काठमाण्डौ घर भई हाल पोखरा–१६ लामाचौर बस्ने बर्ष ३९ की सन्जु पुन ।
९) जि.रुपन्देही घर भई हाल पोखरा–१९ लामाचौर बस्ने बर्ष ४० की हरीमांया पुन(घरबेटी) ।
दोस्रो जुवाडे समूह
वप्रका बगरका प्र.ना.नि. ज्ञानेन्द्र बहादुर क्षेत्रीको कमाण्डमा पक्राउ परेका जुवाडेहरुः
१) जिल्ला कास्की पोखरा म.न.पा.– ३ नदिपुर बस्ने बर्ष ३७ की एकमाया रानामगर (घरधनी) ।
२) ऐ.ऐ.बस्ने बर्ष ३५ की नीता पुन ।
३) ऐ.ऐ.बस्ने बर्ष ३८ को ईन्द्र रानामगर ।
४) ऐ.८ न्यूरोड बस्ने बर्ष २९ को देविन पुन ।
५) ऐ.२ अर्चलबोट बस्ने बर्ष ३२ की मनमाया रोक्का।
६) ऐ.३ बस्ने बर्ष ५४ की नर कुमारी रोक्का मगर ।
७) ऐ.ऐ.बस्ने बर्ष ४४ को बुद्धि बहादुर राना ।
८) जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा.१ बस्ने बर्ष २५ को प्रेम चुचा·े ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: