ग्राहकको पैसा अपचलन काण्ड, एनआईसी एशिया बैंकको लापरवाही कि मिलेमतो ?

सराङकोट न्यूज
20 January, 2022 9:49 am

पोखरा : देशकै ठूलो र धेरै शाखा भएको दाबी गर्दै धुरुन्धर प्रचार गर्दै आएको एनआइसी एशिया बैंक पटक पटक विवादको धेरामा परिरहन्छ । कहिले साइवर सेक्युरिटी फितलो भएका कारण करोडौं रकम गायव काण्ड त कहिले ग्राहक सँग स्वीकृती बेगरै मनोमानी ब्याज गोदेर कमाइरहेको धन्दा बाहिर आउँछ । त्यति मात्र हैन ग्राहकको खाताको पैसामा आफूखुसी हालिमुहाली गरि रकम ट्रान्सफर गरिदिन हर्कतहरु पनि छताछुल्ल भएकै हुन् ।
यस्तै एउटा डरलाग्दो काण्ड बाहिरिएको छ । ३ महिना अघि घटेको ग्राहकको पैसा नक्कली कागजात प्रयोग गरि बाहिरिएको प्रकरण ढिला गरि उजागर भएको छ । लेखनाथको तालचोकमा रहेका एन आइसी एशिया बैंकको शाखामा खाता रहेकी विष्णु गुरुङको खाताबाट ३ लाख ९५ हजार रुपैयाँ रहस्यमय ढंगबाट गायव भएको भन्दै पीडित गुरुङले प्रहरी देखि मिडिया सम्म पुगी रकम गायव काण्ड पत्ता लगाई कारवाहीको लागि गुहार मागेकी छिन् ।
पीडित गुरुङका विदेशमा रहेका छोराले बैंकमा पठाएको पैसा पैसा आएकै दिन एक घण्टा पछि सुरेश अधिकारीको नामको नक्कली लाइसेन्सको प्रतिलिपि प्रयोग गरि रकम झिकिएको पाइएको छ । जबकी उक्त रकम बैंकमा आएको कुरा बैंकका कर्मचारी र ग्राहकलाई (म्यासेज आएको खण्डमा) बाहेक अरुलाई थाहा पत्तो नै हुन्न । ३ लाख ९५ हजार भन्दा बढीको चेक साट्न आउने व्यक्तिले सक्कल नागरिकता वा परिचय पत्र नलिई आउँदा पनि प्रतिलिपिकै आधारमा त्यो पनि ग्राहकलाई एक कल फोन समेत नगरी भुक्तान दिइएको घटना रहस्यमाथी बन्न पुगेको छ ।
यस अघि चेक साट्न आउने ग्राहक विष्णु गुरुङले बैंककै कर्मचारीलाई चेक दिएर ब्यालेन्स इन्क्वाइरी गर्ने र चेक लेख्न लगाउँदै सामान्य नाम मात्रको दस्तखत गरेर रकम निकाल्दै आएकी ग्राहक विष्णु गुरुङको खाताबाट रकम भुक्तानी गर्दा कति पनि सचेत नरहनुले थप हेल्चेक्र्याइ वा कर्मचारीकै मिलेमतो भएको आशंका उब्जाएको छ ।
अरु बेलामा एन आई.सी. एशिया बैंकमा पुग्ने ग्राहकहरुको चेकमा सामान्य भन्दा सामान्य त्रुटी भेटिएमा पनि चेक फिर्ता गर्ने गरिएको देखिन्छ, सुनिन्छ तर लेखनाथ शाखामा प्रतिलिपि परिचयपत्रकै भरमा ग्राहकलाई समेत नबुझी रकम भुक्तान गर्न किन हतार गरियो ? रकम गायव भएको थाहा पाएपछि पीडित ग्राहकले बैंकमा गरेको गुनासोबारे बैंकले किन दिएन चासो ? किन गरेन छानविन बरु उल्टै कर्मचारीहरुलाई जोगाउन कसैलाई कावासोती सरुवा गरिएको छ भने कसैलाई अन्यत्र । यो कार्य शैलीले हजारौं ग्राहकहरुलाई झस्काइदिएको हुन सक्छ । कसरी भयो भुक्तानी? यथार्थ कुरा के हो ? जान्न र सो कुरा सार्वजनिक गरि ग्राहकलाई यथार्थ न्याय दिनुपर्छ त्यसमा राज्यको निस्पक्ष छानविन आवश्यक देखिन्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: