हीरक जयन्तीको उपलक्ष्यमा विन्ध्यवासिनीमा प्रतिभा पहिचान कार्यक्रम

सराङकोट न्यूज
9 March, 2022 9:30 am

पोखरा : विन्ध्यवासिनी मा.वि. पोखरा–१६, बाटुलेचौरले हीरक जयन्तीको उपलक्ष्यमा आफ्नैै विद्यार्थीहरुको प्रतिभा पहिचान कार्यक्रम (ट्यालेन्ट सो) आयोजना गरेको छ । हीरक जयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम बमोजिम ट्यालेन्ट सो कार्यक्रम आयोजना गरिएको अतिरिक्त कृयाकलाप उपसमितिका संयोजक शंकर बस्नेतले बताए ।
प्रतिभा पहिचान कार्यक्रममा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुले आफ्नो–आफ्नो क्षमता प्रदर्शन गरेका थिए । गायन, नृत्य, प्रहसन लगायत विभिन्न कलाको प्रस्तुती गरेका थिए । प्रस्तुतकर्ता मध्य विभिन्न विद्यामा अलग अलग मूल्याङ्कन गरि उत्कृष्टलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट हुनेहरुमा कक्षा ३–६ तर्फ प्रथम – लक्ष्मी गुरुङ, द्वितिय–अमिसा सुनार (कोरस) र युनिषा र कोरस, तृतीय अभिषेक वि.क कोरस, यस्तै कक्षा ७–१२ सम्म प्रथम रोशनी परियार र साथीहरु, द्वितीय रुप्सा राई र साथीहरु, र तृतीयमा रस्मिता गौतम र साथीहरु रहेका छन् । यस्तै एकल नृत्युतर्फ जेनिषा वि.क., रश्मी वि.क र एलिषा सुनार क्रमश प्रथम, द्वितिय र तृतीय भएका छन्। यस्तै खुल्ला गायन तर्फ अभय श्रेष्ठ, सुजन वि.क, सोहन÷युनिषा प्रथम, द्वितिय र तृतिय भएका छन् । कक्षा ७–१२ तर्फ प्रथम सुशान्त गायक, दोश्रो प्रमोद सुवेदी, तृतिय ओस्कार सुवेदी र श्रजलसिंह भण्डारी रहेका छन् । प्रतिभाभ पहिचान कार्यक्रम विन्ध्यवासिनी मा.वि.का २०४८ एस.एल.सी ब्याचको विद्यार्थी तथा शिक्षासेवी, नेपाल सरकारका शिक्षा अधिकृत प्रविणबाबु भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि भट्टराईले विन्ध्यवासिनी मा.वि.ले शिक्षा क्षेत्रमा पु¥याएको योगदानले आफूले गर्व अनुभूति गर्न पाएको बताए । भूपू विद्यार्थी भट्टराई पुननिर्माण प्राधिकरणमा कार्यरत रहेको बेलामा ३२ वटा कक्षाकोठा भवन निर्माणको लागि योजना पारेका थिए । भट्टराईकै योगदानको कारण विद्यालयले काँचुली फेर्न पाएको विव्यसका अध्यक्ष चन्द्रा थापाले बताइन् ।
पुष २६ गतेबाट औपचारिक उद्घाटन सहित आयोजना गर्न तय गरिएको हिरक जयन्ती कार्यक्रम ओमिक्रोन भाइरसको महामारीका कारण स्थगित गरिएको थियो। ओमिक्रोन महामारी न्यून अवस्थामा झरेका कारण हीरक जयन्तीको कार्यक्रमलाई निरन्तरता प्रदान गरिने विद्यलयका प्राचार्य कृष्ण प्रसाद आचार्यले बताए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: