पोखरामा गाडी फुटाउँदै चोर्दै हिड्नेको विगविगी, एक पक्राउ

सराङकोट न्यूज
9 March, 2022 4:33 pm
Advertisements

पोखरा : चोरहरुको पनि आ–आफ्नैै शैली र नीति हुने रहेछ । कुनै चोर दिनदहाडै लगाएको सुन चोर्छन भाग्छन्, कुनै चोर चावी काटेर घर, पसल र अफिस फोर्छन र चोर्छन्, कुनै चोर बोका, खसी, कुखुरा र भैसी चोर्छन । काटेर व्यापार गर्छन् त कुनै चोर गाडी मोटरसाइकल नै चोर्छन र काट्कुट पारेर कमाउने जमर्को गर्छन्, पछिल्लो पटक पोखरामा पार्किङ गरिराखिएका जिप कारहरुको सिसा फुटाएर चोर्ने चोरको विगविगी वाक्लै फैलिन थालेको छ ।
यसै हप्ता पोखराको महेन्द्रगुफा मार्गमा मात्र ३ वटा गाडी तोडफोड गरि चोरी कार्य गरिएको छ । दिपको अम्मरेमा रोकिराखेको पिकअपको सिसा फुटाएर गाडी भित्र राखिएका सामानहरु चोरी भएको छ भने फागुन २२ गते गुफा मार्गकै गणेश मन्दिर टोलमा दीपक भट्टराईको रोकिराखेको पिकअप भित्रबाट लगेज ब्याग चोरी भएको थियो भने २३ गते विहान ३ बजेको समयमा गणेश मन्दिर टोलमै यदुनाथ बञ्जाराको पार्किङ गरि राखेको कारको सिसा ढु·ाले हानि फुटाई कार भित्र प्रवेश गरि क्षति पु¥याएका थिए । मेट्रो प्रहरी (सिआरभी) लामाचौर र स्थानीय व्यक्तिहरुको सक्रियता पूर्वक भएको खोजिमा पक्राउ परेका व्यक्ति काभ्रेधुलिखेल–६, मण्डनदेउपुर घर बताउने २० वर्षिय सुमन लामिछानेलाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बगरमा बुझाए लगतै सवारी धनीबाट जाहेरी लिई थप अनुसन्धानका लागि म्याद थप गरि कारबाही प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ । समाजको शान्ति र ज्यूधनको सुरक्षा माथि गम्भिर समस्या निम्त्याइ तोडफोड तथा चोरी कार्य गर्ने उपर कारबाही गरि प्रहरी गस्ती बढाउन जरुरी महसुस गरिएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: