दीप हस्पिटलको स्वास्थ्य शिविरमा ३५० जना लाभान्वित

सराङकोट न्यूज
9 March, 2022 2:46 pm
Advertisements
Advertisements

पोखरा : पोखरा–१, बगरमा रहेको दीप हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आयोजना गरेको वृहत स्वास्थ्य शिविरमा ३५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । विगत १ वर्षबाट सञ्चालनमा आएको दीप हस्पिटलले आम सर्वसाधारणको लागि पहिलो पटक हस्पिटल परिसरमै वृहत स्वास्थ्य शिविर आयोजना गरेको अस्पतालका व्यवस्थापक शालिकराम गौतमले बताए ।
हस्पिटलले आयोजना गरेको शिविरमा पेट, छाती तथा मुटुरोग सम्बन्धि जाँच परिक्षणमा सबैभन्दा बढि आकर्षण बढेको थियो । दोश्रोमा हाडजोर्नी तथा नशारोग परीक्षणमा आएको व्यवस्थापक गौतमले बताए । शिविरमा पोखरा महानगरपालिका वडा नं. १, २, ३, १६, १९ र २० का अलावा माछापुच्छे« गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाबाट उल्लेख्य उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय स्तरका उच्च गुणस्तरका उपकरणहरुबाट स्वास्थ्य परीक्षण गराउन पाउँदा सेवाग्राहीहरुले खुसी व्यक्त गरेका थिए । छोरेपाटनबाट स्वास्थ्य परीक्षणका लागि शिविर स्थल आइपुगेकी विन्दु श्रेष्ठले स्वास्थ्य जाँचका लागि उच्च प्रविधियुक्त उपकरण रहेको अस्पतालमा रोगको डाइग्नोस्टिक तथ्यपरक हुने बताइन् ।
शिविरमा छाला तथा यौन रोग, हाडजोर्नी, स्त्री तथा प्रसुती, बालरोग, आँखा, नाक, कान, घाँटी, फिजियो सम्बन्धि विशेषज्ञ डाक्टरहरुद्वारा निशुल्क स्वास्थ्य परीक्षण गरिएको र औषधी र ल्याब परीक्षणमा १० देखि ३० प्रतिशत सम्म छुट उपलब्ध गराइएको अस्पतालले जनाएको छ । शिविरमा नाम लेखाएर कार्ड लिएका हरुलाई २०७९ भाद्र २० गते सम्मका लागि स्वास्थ्य जाँच लगायत अस्पतालबाट उपलब्ध गराइने सम्पूर्ण सेवामा विशेष छुट दिइने अस्पतालका प्रबन्ध निर्देशक अर्जुन गुरुङले घोषणा गरेका छन् । शिविर सफल तुल्याउन भिमकाली पाटन युवा क्लब, बगर भाइखलक र स्थानिय समुदायले सकृय सहयोग पु¥याएको भन्दै हस्पिटल व्यवस्थापनले आभार व्यक्त गरेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: