स्याङ्जाका पत्रकारहरुका लागि ५ दिने तालिम

सराङकोट न्यूज
10 June, 2022 8:43 am

स्याङ्जा

गण्डकी प्रदेश सरकार, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयको आर्थिक सहयोगमा पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्याङ्जाका पत्रकारहरुका लागि ५ दिने तालिम आयोजना गरेको छ । स्याङ्जाको पर्यटकीय गाउँ भिरकोट नगरपालिका वडा नं. ५ स्वरेकमा आयोजित ५ दिने पत्रकारिता प्रशिक्षणको उद्घाटन भीरकोट नगरपालिकाकी उपप्रमुख भगवती रेग्मी अर्याल र कानुन संचार तथा प्रदेशसभा मामिला मन्त्रालयका सचिव शम्भु रेग्मीले गरेका थिए ।

Advertisements

उद्घाटन सत्रमा बोल्दै उपमेयर भगवती रेग्मी अर्यालले पत्रकारको वृत्ति विकासमा आफ्नो पालिकाबाट पूर्ण सहयोग रहने वताइन् । यस्तै मन्त्रालयका सचिव शम्भु रेग्मीले स्याङ्जा जिल्लामा आयोजित पत्रकार तालिमको आयोजनामा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै पत्रकारहरुको क्षमता विकासका लागि मन्त्रालय तयार रहेको बताएका थिए ।

४० जना पत्रकारहरुले सहभागिता जनाएको तालिमको सभापतित्व पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा र कार्यक्रमको संचालन पत्रकार महासंघ स्याङ्जाको सचिव प्रतिक्षा काफ्लेले गरेकि थिइन् । वरिष्ठ पत्रकार धमेन्द्र झा र सन्तोष पोखरेलले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । तालिमको उद्घाटन कार्यक्रममा मन्त्रालयका अधिकृत खुवि राम पोख्रेल, मधु भण्डारी र पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, महासचिव गोविन्द सुवेदी, सचिव यदुनाथ बञ्जारा, कोषाध्यक्ष राजेन्द्र न्यौपाने, प्रदेश सदस्यहरु प्रदिप पौडेल, सुनिल पाण्डे, राधिका कंडेल, प्रेस सेन्टरका नेता घनश्याम पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: