डाँडाथोकद्धारा आयोजित स्वास्थ्य शिबिरमा १५० लाभान्वित

सराङकोट न्यूज
13 June, 2022 8:58 am
Advertisements

श्री महिला जागरण संस्था र डाडाँथोक टोल बिकास संस्था, डाडाँथोकको संयुक्त रुपमा आयोजित महिलाको पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ ।
बिपि अध्ययन प्रतिष्ठान, गण्डकी प्रदेशसँगको समन्वयमा आयोजित कार्यक्रममा १५० जना महिला दिदिबहिनिहरुले पाठेघरको क्यान्सर सम्बन्धि चेकजाँच गराउनुको साथै पाठेघरसँग सम्बन्धित सेवाहरु लिएका थिए । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागका आठ जना डाक्टरहरू डा. प्रेम पगेनी, डा.राजेश अधिकारी, डा.पदमराज ढुड्गाना, डा, शम्भु यादव, डा.सुदिप गुरूङ, डा. कुमार बिष्ट, डा. शुशिला गैरे, डा.आशिष चौधरी तथा मातृशिशु मितेरि अस्पतालबाट चार जना नर्सहरु रुकमणि जैसी, शोभा महत, सुजिता बाँनिया, अन्जु रेग्मी र सहयोगी उन्नती रोक्का मगर ज्यू को संयुक्त टिमबाट आजको महिलाको पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर पोखरा १६ बाटुलेचौरको कालिका बहुउदेश्यीय भवनमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि बिपि अध्ययन प्रतिष्ठान, गण्डकी प्रदेशका अध्यक्ष श्री लक्ष्मी पाण्डे, बिशेष अतिथि पोखरा महानगरपालिका बडा नं १६ का वडा अध्यक्ष श्री अमृत शर्मा तिमिल्सिना ज्यू, बिशेष अतिथिमा मातृशिशु मितेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज थापा लगायत पत्रकार परिजात खरालको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता श्री महिला जागरण संस्था, डाडाँथोकका अध्यक्ष बिन्दु थापा ज्यू र डाडाँथोक टोल बिकास संस्थाका अध्यक्ष सृजना थापाले संयुक्त रुपमा गर्नु भएको थियो ।
कार्यक्रममा महिलाको पाठेघरको समस्या र त्यससँग सम्बन्धित सचेतना सम्बन्धि जानकारी श्री दिपाली थापाले दिनुभएको, स्वागत मन्तब्य श्री महिला जागरण संस्था डाडाँथोकका अध्यक्ष श्री बिन्दु थापाले दिनु र्भएको, कार्यक्रम संचालन डाडाँथोक टोल बिकास संस्थाका सचिव सन्दीप थापाले गर्नुभएको र कार्यक्रमको समापन डाडाँथोक टोल बिकास संस्थाका अध्यक्ष श्री सृजना थापा ज्यूले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा औषधी उपलब्ध गराउने व्यक्तित्वहरु कृष्ण प्रसाद पाण्डे (सन्चो मेडीको फर्मा जिरो किलोमिटर), विक्रम पन्त (अन्नपूर्ण मेडिको फर्मा महेन्द्रपुल), उमेश कुमार कटुवाल (एभरेष्ट सर्जिकल महेन्द्रपुल) लाई धन्यबाद ब्यक्त गर्दै तिन वटा वेड, पर्दा तथा आवश्यक सामाग्री उपलब्ध गराई दिएकोमा मातृशिशु मितेरी अस्पतालले धन्यबाद व्यक्त गरेका थियो ।
त्यस्तै कार्यक्रम तथा स्वास्थ्य शिविर संचालन गर्न निःशुल्क रुपमा हल उपलब्ध गराईदिनु हुने कालिका बहुउदेश्यीय भवन सन्चालकहरु लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण सहयोगदाता, दाजुभाई तथा दिदिबहिनिहरु सम्पूर्णलाई आयोजक टिमले धन्यवाद ब्यक्त गरेका थियो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: