![](https://www.sarangkotnews.com/wp-content/uploads/2022/06/288547439_503187051564546_1423584924650923654_n.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
चितवन
मृत्यु पनि अनौठो र अकल्पनीय हुने रहेछ । सकृय जीवनयापन गर्दागर्दै अचानक मृत्युले निल्ने रहेछ भन्ने घटनाको बज्रपात चितवन सितलपानीका घिमिरे परिवारमा परेको छ ।
चितवन भरतपुर महानगरपालिका वार्ड नं.२३ सितलपानीका ६५ वर्षीय कृष्ण मुरारी घिमिरे सकृय कृषक थिए। प्राङ्गरिक मल प्रयोग गरी अर्गानिक खेतीपाती आफू पनि गर्ने र अरुलाई पनि गर्न लगाउने अभियानै चलाउँदै आएका थिए । पछिल्ला वर्षहरुमा प्रकृति–मानव केन्द्रीत जनअभियान नेपालका केन्द्रीय सदस्य घिमिरे चितवनको गंगानगर मा.वि.का पूर्व शिक्षक थिए ।
३ छोरा र एक श्रीमतीका अभिभावक रहेका घिमिरे असार ५ गते छोरालाई भेट्न अष्ट्रेलिया जाने तयारीका लागि काठमाडौं पुगेर घर फर्कदै गर्दा धादिङको धार्के आइपुग्दा अचानक वान्ता गरेका उनलाई काठमाडौं उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले बताएका छन्।
छिटो छरितो ज्यानका देखिने उनले विभिन्न सामाजिक संस्थामा रहि सामाजिक गतिविधि गर्दै आएका थिए । छोरालाई भेट्न अष्ट्रलिया जान कागजपत्र मिलाउन गएका कृष्ण मुरारी घिमिरेका श्रीमती साथै गएकी थिइन् । छोराको प्रगती हेर्न र ग्राजुएसनमा सहभागी हुन बुढाबुढी नै जाने मीठो सपनालाई नियतीले चुँडेर छोरा सँगको भेटलाई अन्त्य गराएको छ भने सहयात्री श्रीमतीलाई एक्लो यात्रामा छोडेर गएका छन् ।
प्राङ्गारिक अभियन्ता तथा आफ्ना केन्द्रीय सदस्यको असामयिक निधन प्रति प्रकृति मानव केन्द्रीत जन अभियान नेपालका केन्द्रीय उपाध्यक्ष विन्दुराज सापकोटाले शोकलाई बदलेर घिमिरेको अभियानलाई सार्थक रुप प्रदान गर्न सबै जुटेर अघि बढ्नुपर्ने सहकर्मी सापकोटाले आव्हान गरेका छन्।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)