बगरका घुमुवा प्रहरी कि कमाउ प्रहरी ? जुवाको खाल घुमुवा प्रहरीलाई मालमाल !

सराङकोट न्यूज
19 July, 2022 11:25 am
Advertisements

पोखरा

समाजमा लुकिछिपि हुने अपराध नियन्त्रण र शान्ती सु–व्यवस्था कायम गराउन प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गर्दै आएको छ । सामान्य नागरिक झै घुम्ने भएका कारण त्यस्ता प्रहरीलाई घुमुवा प्रहरी भन्ने गरिएको छ । कतिपय घुमुवा प्रहरीहरु अभियूक्तहरुसँग मिलेर कमाउ धन्दामा लागेका कारण पवित्र प्रहरी संगठनमाथि नै आलोचना हुँदै आएको पनि छ।
यस्तै एउटा प्रकरण पोखरामा फेला परेको छ । कास्की प्रहरी मातहत रहेको वडाप्रहरी कार्यालय वगरमा कार्यरत दुई जना घुमुवा प्रहरीले पोखरा–२० भलामको जुवा खालबाट १५ हजार रुपैयाँ असुल गरी जुवा खेलीरहेकाहरुलाई यो कुरा कसैलाई नभन्नु भनि बाटो लागेका थिए ।
हाम्रा विश्वस्त समाचार स्रोतका अनुसार असार ३० गते अपरान्ह ४ बजे बगर प्रहरीका घुमुवा प्र.अ. गंगाधर काफ्ले र प्र.ज. लाल गोपाल अधिकारी भलामका वुढापाकाहरुले टिनको टहरा मुनी तास खेलिरहेका ठाउँ पुगेका थिए । खेलिरहेका पाका जुवाडेहरुसँग धम्क्याएर सवैसँग साथमा रहेको १५ हजार रुपैयाँ उठाएर फर्किएका थिए । समय कटाउने उद्देश्यले तास खेलिरहेकाहरुबाट लगिएको पैसा कहाँ गयो होला भन्दै जिज्ञाशा राख्ने क्रममा जिल्ला प्रहरी कार्यालय सम्म गुनासो पुगेपछि कास्की प्रहरी उक्त रकम फिर्ता गरिने अश्वासन दिएकै दिन श्रावण १ गते अपरान्ह ४ वजे पैसा लिएर गएका घुमुवा प्रहरीहरु गंगाधर काफ्ले र लाल गोपाल अधिकारी घरमै पुगी रकम फिर्ता दिएको पाइएको छ । १५ हजार रुपैयाँ लिएर गएका ति घुमुवाहरुले १२–१३ सय रुपैयाँ कम फिर्ता गरेको जुवामा संलग्न एक सहभागीले नाम नबताउने सर्तमा बताए । हामी व्यवसायिक जुवाडे पनि होइनौ । यसो दिन कटाउन बसेका थियौं तर घरखर्चको लागि राखेको पकेटको पैसा एक एक गरेर मागी ९ जनाबाट १५ हजार पु¥याएर लगे उनले भने । प्रहरीका घुमुवाहरुका लागि जुवा खाल कमाउने अखडा बन्ने गरेको पाइन्छ । के.आइ.सिं पुल र भलाम जाने मार्गमा रहेका होटल रेष्टुरांहरुमा पनि जुवा अखडा रहेको र त्यसमा वगरका घुमुवाहरु मार्फत् हप्ता असुली हुने आशंका गरिएको छ । त्यसरी घुमुवा मार्फत् उठेको पैसा कहाँसम्म पुग्छ त्यो भने रहस्यकै गर्भमा छ ।
घुमुवाले गरेको असुली विषयमा हामीलाई सूचना आएपछि वडा प्रहरी कार्यालय वगरका इञ्चार्ज प्र.नि. महेश कुमार आचार्यसँग जिज्ञाशा राख्दा आफूले केहि वोल्न नमिल्ने वताए । हामी प्रहरीलाई सूचनामा सहयोग गछौ गरिरहेका पनि छौ सहयोग गछौं पनि सादा पोशाकका प्रहरीको नाम नम्वर दिन आग्रह पनि गरेका थियौ तर इञ्चार्ज प्र.नि. आचार्यले वगरका घुमुवा प्रहरीको नाम नम्बर दिन चाहेनन् ।
पछिल्ला वर्षहरुमा प्रहरी कार्यालयले आफ्ना प्रहरी कर्मचारीहरुको नाम नम्वर दिन आनाकानी गरेको पाइन्न । १०० नम्वरमा सम्पर्क गरेर जसको नाम नम्वर माग्दा पनि पाइएको छ तर वगर प्रहरी प्रमुखलाई कार्यकक्षमै भेटेर सूचना लिने दिने प्रयोजनका लागि घुमुवा प्रहरीको नाम नम्वर दिन आग्रह गर्दा समेत जानकारी पाइएन तर पनि हामीले आफ्नै स्रोत परिचालन गरी ति घुमुवाहरुको जानकारी लियौ तव पुष्टि हुन आयो भलाममा असुली गर्ने घुमुवा प्रहरी वगर प्रहरी कार्यालयकै जवान गंगाधर काफ्ले र लाल प्रसाद अधिकारी नै रहेछन् उनिहरु मध्य केहि महिना यता आएका काफ्ले लाई कारवाहीका लागि तानिएको खवर आएको छ भने अर्का घुमुवा लाल गोपाल अधिकारी वगरमै रहेको बताइएको छ ।
घुमुवा इञ्चार्ज मातहत सिधै चल्छन् । जुनसुकै तहका प्रहरी कार्यालय किन नहोस् घुमुवा ईञ्चार्जले रोजेर तोक्छन् र उनिहरुलाई इञ्चार्जले नै परिचालन गर्ने गर्छन् । घुमुवा सिपाही हवल्दार नै पदको भए पनि उनिहरुले इञ्चार्ज भन्दा तलका अफिसरलाई समेत वास्ता गर्दैनन् हाउभाउ चालढाल नै अर्के रहन्छ मानौ त्यहाँ चेन अफ कमाण्ड नै घुमुवाको लागि लागू हुदैन ।
इञ्चार्जले आफ्नो विश्वास पात्रलाई रोजेर घुमुवा राख्नु पद्दति जस्तै रहेको नेपालमा तिनिहरुलाई गरिने कारवाही कति स्वतन्त्र, निस्पक्ष र कानून सम्मत रहँला ? घुमुवाहरुले लाज नमानी जनताको वीचमा गएर गनी गनी उठाएर खल्तीमा हालेको पैसा कहाँ सम्म पुग्छ ? ककसको हिस्सा लाग्ला अवैध असुलेको छन् ? पारदर्शी पूर्ण सूचना पाइला त ? हामी निरन्तर खवरदारीमा छौं।
वडा प्रहरी कार्यालय वगरका इञ्चार्ज महेश कुमार आचार्य झण्डै ४ महिना अघि केन्द्रीय अनुसन्धान विभाग (CIB) काठमाडौंवाट वडा प्रहरी कार्यालय वगरको ईञ्चार्जमा सरुवा भएका प्रहरी निरीषक महेश कुमार आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सहोदर दाजु भाई हुन् । प्रमुख जिल्ला अधिकारीका भाई इञ्चार्ज रहेको वडा प्रहरी कार्यालय वगरका घुमुवा प्रहरीहरुले असुलीको नेक्सस सम्बन्धमा गहिरो छानविन होला ? प्रहरी वृत्तमै चर्चा छ । यस सम्बन्धमा कास्की प्रहरीका प्रवक्ता तथा निमित्त प्रमुख डिएसपी सुन्दर तिवारी आरोपी उपर आवश्यक छानविन भई प्रहरी ऐन नियम अनुसार कारवाही हुने बताउँछन्। अपराध सम्बन्धी कुनै पनि सूचना भएमा प्रहरीलाई जानकारी गराउन उनले आग्रह गरे ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: