सडक कब्जाको मौसम आयो ! दराजको ३ हजारले सडकमै बेथिति

यदुनाथ बन्जारा
13 December, 2022 5:07 pm
Advertisements

पोखरा

पोखराका सडकमा विभिन्न कार्यक्रम गरिन्छ । सवारी पार्किङ सडकमै हुन्छ त्यो पनि ठेक्कामा लगाएर । शहीद चोकदेखि हल्लन चोक खहरेसम्म ३ कि.मि. सडक नै कव्जा गरेर रेष्टुरेन्ट व्यवसायीहरुले मेला गर्छन् । अंग्रेजी नयाँ वर्ष मनाउन लालायित पर्यटन व्यवसायीहरुले नेपालीहरुको आफ्नै नयाँ वर्ष वैशाख १ लाई वेवास्ता गर्छन् । पुषको चिसोमा रक्सी वियर हुस्की ब्राण्डीको व्यापार गर्न सडक महोत्सव गर्ने चलन २० वर्ष देखि पोखरामा चलिरहेकोछ । नेपालको कानून विपरित सार्वजनिक सडकका दायाँ बायाँ रक्सी वियरको व्यापक प्रचार वोर्ड राखिन्छ, क्रस रोड प्रचार बोर्ड व्यानर राखेर सडक महोत्सवको नाममा रक्सी उत्सव गरिने चलन पनि पोखरामै छ ।
त्यति मात्र हैन अदालतले प्रतिवन्ध लगाएको आतिसवाजी गर्ने, पटका पड्काउने काम पोखरामै हुन्छ । रेवानले गर्ने सडक महोत्सव होस् या सरकारी बजेटबाट चलाइएको राष्ट्रिय खेलकुद महोत्सवमा लाखौं रुपैयाँ खर्चेर आतिसवाजी गरेर राज्यले नै अराजकता मच्चाएपछि निजि क्षेत्रलाई बादरलाई भरेङ लगाएझै भएको छ ।
सडकलाई कमाउने रमाउने क्षेत्रको रुपमा प्रयोग गर्ने कार्य पोखराको चिप्लेढुंगाको मानव अधिकार चोकमै भएको छ । रोक्न पर्ने सरकारी निकायले नै निजि क्षेत्रलाइ अनुमति दिएर कानूनको धज्जी उडाउने कार्य गरेको भन्दै स्थानिय स्तरमा असन्तुष्टि व्यक्त गरिएको छ ।


पोखराको व्यस्त वजार चिप्लेढुंगास्थित मानवअधिकार चोकमा मंसिर २३ गते शुक्रबार मेला गर्न दराज अनलाइन सपिङको मेघा सेल सहित रोड शो कार्यक्रम गर्न राज्यकै निकाय पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमती दिएको थियो । रोड सो कार्यक्रम गर्नका लागि महानगरले ३ हजार दस्तुर उठाएर स्वीकृति दिएको पत्र सराङकोटलाई प्राप्त भएको छ ।
२ वर्ष अघि क्षेत्री समाजले सोही ठाउँमा कार्यक्रम गर्दा स्थानिय नागरिक, व्यापारी र सडक प्रयोगकर्ताहरुले व्यापक आलोचना गरेपछि उक्त स्थानमा कार्यक्रम गर्न रोक लगाइएको थियो । पोखरा महानगरले उक्त स्थानमा सभा सम्मेलन लगायत ध्वनी प्रदुषण हुने कुनै पनि कार्य गर्न रोक लगाइएको सूचना बोर्ड समेत राखेको थियो । उक्त वोर्ड अहिले मानवअधिकार चोकमा देखिदैन कसले किन हटायो भन्ने बारेमा कसैले बताउँदैनन् ।
मानव अधिकार चोकमा व्यापार प्रवद्र्धनका लागि गरिने हल्लाखोर रोड सो कार्यक्रमहरुले स्थानिय व्यापारी, स्थानीय नागरिक र सडक प्रयोगकर्ताहरुलाई परेको समस्यामा मानव अधिकार चोकको जिम्मेवार सरकारी निकायलाई गिज्याई रहेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: