गजल

सराङकोट न्यूज
11 February, 2023 2:54 pm
Advertisements

आरोप छ, बढ्दै गयो सरकारी सेवामा व्यापार।

पछाडि छ देशको विकास अगाडी छ भ्रष्टाचार।

 

मान्छेहरु जिउंदै जल्न तयार हुने अवस्था आयो

माथी देखि तल सम्मै हुन्छ दुरुपयोग अधिकार।

 

तिमी र तिम्रा पुस्ताको भलो होला तर देश हार्छ

खोसिन्छ निरिह गरिव जिवनको जिउने आधार

 

प्रीय अख्तियार तिम्रो नाम सुनेरै थर्किन्छ उ तर

जब सेवा दिन बस्छ कुर्सीमा बिर्सन्छ सदाचार ।

 

सुरु आफैबाट नैतिकवान र ईमान्दार भएर गरौं

उकास्नु छ खुम्चिदै गएको अर्थतन्त्रको आकार।

 

आमालाई जस्तै माया यो देशलाई पनि गरेर हेरौं

ल्याउनु छ सुशासन अनि फेर्नु छ देशको मुहार।

 

एक असल संस्था जन्मिएको दिन माघ २८

सबैको आश बन्नु सुभकामना प्रीय अख्तियार।

 

सन्तोष आचार्य

 

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: