अन्नपूर्ण गाउँपालिकाले थाल्यो बजार अनुगमन

सराङकोट न्यूज
19 April, 2023 12:11 pm
Advertisements

पोखरा, ५ वैशाख
कास्कीको अन्नपूर्ण गाउँपालिकाले बजार अनुगमन गर्न सुरू गरेको छ ।
गाउँपालिका उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुख नारायण
क्षेत्री संयोजकत्वको टोलीले मंगलबारदेखि गाउँपालिकाका रेष्टुरेन्ट र
किराना पसलमा अनुगन सुरू गरेको हो ।
बजार अनुगमनसम्बन्धी कार्यविधि २०७४ सालमै बने पनि गाउँपालिकाले
बजार अनुगमन गरेको यो पहिलोपटक हो । २ महिनाअघि क्षेत्री संयोजक
भएपछि पहिलोपटक अनुगमन थालिएको हो ।
मंगलबार अन्नपूर्ण–१ को फेदी, लेवाडे, नौडाँडा ३५ वटा रेष्टुरेन्ट र
किराना पसलको अनुगमन गरिएको संयोजक क्षेत्रीले जानकारी दिए । ३५
मध्ये प्राय: किराना पसल र रेष्टुरेन्टमा म्याद गुज्रेका सामान भेटिएको
उनले बताए । आफै त्यसलाई नष्ट गर्नुस् भन्यौं । अर्कोपटक भेटिए
हामी नष्ट गर्छौं भन्ने चेतावनी दिएर एकपटकलाई छोडेका छौं।

संयोजक क्षेत्रीले भने ।
उनकाअनुसार अनुगमन गरिएकामध्ये एकाधबाहेक पसलको नवीकरण मिति
सकिएको पाइयो । नवीकरण नगरेकालाई एक हप्ताभित्र गाउँपालिकामा आएर
कर चुक्ता गर्न लिखित चेतावनी दिइएको संयोजक क्षेत्रीले जानकारी दिए । ।।।
कतिपयले व्यवसाय दर्ता नगरेको पनि भेटियो । २०७५/०७६ देखि नवीकरण
मिति गुज्रेको पाइयो। संयोजक क्षेत्रीले थपे। एक हप्ताको समय दिएर
गाउँपालिकामा दर्ता गर्न, कर चुक्ता गर्न लिखित चेतावनी दिएका छौं । पछि
फेरि फलोअप गर्छौं ।
अन्नपूर्णमा ५ सदस्यीय बजार अनुगनम समिति छ । उपभोक्ता हित संरक्षण
तथा बजार अनुगमन शाखा प्रमुखको संयोजकत्वको टोलीमा गाउँपालिकाकै
राजस्व शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, स्थानीय प्रहरी चौकीका प्रतिनिधि र एक
जना पत्रकार सदस्य रहने व्यवस्था गाउँपालिकाको अनुगमन कार्यविधिले व्यवस्था
गरेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: