“धर्मको नाउँमा व्यापार” आफैं चढाएको बलिको प्रसाद आफैंले किन्नुपर्ने बागलुङ कालिका भगवती मन्दिरको चलन

यदुनाथ बन्जारा
19 April, 2023 6:30 pm
Advertisements

पोखरा

के तपाई कुनै भाकल पुजा गर्न बोका पाठा लिएर बागलुङ कालिका भगवती मन्दिर जाँदै हुनुहुन्छ ? जानुहुन्छ भने तपाइले लगेर पुजा गरेर बलि दिइएको बोका पाठाको मुढ अर्थात् टाउको तपाइले ल्याउन पाउनुहुन्न । सित्तैमा मन्दिरका समितिलाई दान दिनुपर्छ । त्यसरी दान दिइएको मुढ (टाउको) मन्दिर व्यवस्थापनले अरुलाई बिक्रि गर्ने गरेको छ प्रतिकिलो ४ सय रुपैयाँको दरले ।


तपाईं आफैले त्यो मुढ ल्याउने इच्छा गर्नुभयो भने ४ सय रुपैयाँ प्रती किलो दरमा जोखेर किन्नुपर्ने व्यवस्था छ। बोकाको मुढ मात्रै होइन कुखुराको टाउको प्रति गोटा ४० रुपैयाँको दरले किन्नुपर्छ या त छोड्नुपर्ने हुन्छ । मन्दिरभित्र राम्रो व्यापार फस्टाएकोछ । परेवा उडाउनु व्यापारको अर्को स्रोत रहेछ । साँझपख परेवा समात्ने भोलिपल्ट दिनभरि उडाउने । बाहिरबाट परेवा लैजान बर्जित गरिएको छ । मन्दिर व्यवस्थापन समितिले एक जोडि परेवालाई ४०० रुपैयाँमा भक्तजनलाई बिक्रि गर्ने गरेका छन् । भक्तजनले उडाएका परेवा फेरि समातेर त्यतिमै बिक्री गर्ने ब्यापारको चक्र मज्जाले चलेको छ बागलुङ भगवती मन्दिरमा ।
यो क्रम बिगत ९ बर्षदेखी जारी रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का बताउँछन्। त्यसअघि कालिका भगवती मन्दिर ठेक्कामा लगाई एकमुष्ट आम्दानी गरिने प्रचलन रहेको अध्यक्ष खड्काले बताए। ठेक्कामा दिदा बार्षिक ४०–४५ लाख रुपैयाँ मात्र आय हुने गरिएकोमा अहिले कर्मचारी राखेर कारोबार हुँदा बार्षिक १ करोड भन्दा बढी रकम उठ्ने गरेको भन्दै अध्यक्ष खड्काले खुसी ब्यक्त गरे ।
नेपालकै चर्चित शक्ति पिठको रुपमा परिचित बागलुङ कालिका मन्दिरभित्र भाकल पुजा गर्न आएका कतिपय भक्तजनहरुले आफ्नै बलिको प्रसाद पनि किनेर लिनुपर्ने प्रती असन्तुष्टी ब्यक्त गरेको पाइन्छ । स्वतस्फूर्त भेटि दान गर्ने पद्धतिको विकास गर्न सकिँदैन र ? भन्ने हाम्रो जिज्ञासामा अध्यक्ष खड्काले गुठी संस्थानमा यस विषयमा छलफल गर्ने आश्वासन दिएकाछन् ।
हिन्दु मन्दिरहरुमा ब्यापारिक उद्देश्यले स–शुल्क पुजा कर्म गर्ने कार्यलाई आलोचनात्मक रुपमा हेरिन्छ। भक्तजनको स्वैच्छिक दानबाट पाउने सहयोगलाई सर्बोत्तम दान सहयोग कर्म मान्न अबको आवश्यकता र जनताको चाहाना रहेकोतर्फ राज्यको ध्यान जान जरुरी महशुस भक्तजनले गरेका छन ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: