पैसाको अभावले निर्माण अलपत्र पुल, दोषी को, सरकार कि ठेकेदार ?

यदुनाथ बन्जारा
4 May, 2023 12:52 pm
Advertisements

पोखरा

सरकारले विकास निर्माण खर्च गर्न नसकेको सर्वत्र आलोचना हुने गरेको छ । त्यसलाई पुँजीगत खर्च भनिन्छ । प्रतिफल प्राप्तीका लागि गरिने विकास निर्माणमा भएका खर्चको मापनलाई कार्य प्रगतिको रुपमा गरिन्छ त्यो नै पुँजीगत खर्च हो । सडक, सिँचाई, पुल, विद्युत उत्पादन, प्रसारण लाइन निर्माण सम्बन्धि कार्यमा हुने प्रगतीलाई हेर्ने हो भने नेपालको विकास धिमे गतिमा चलेको छ ।
आम्दानीको स्रोत व्यवस्थापन गर्न सरकार वर्षेनी असफल बनिरहेको छ। वैदेशिक ऋण अनुदानको आश बढि गर्ने तर राजस्व असुल गर्न नसक्ने गरेका कारण हरेक वर्ष घाटा बजेट बनाउने नेपाल सरकार चालु आ.व. मा असफल बन्ने लक्षण संकेत मिलेको छ । कर्मचारीलाई तलब भत्ता खुवाउन, शिक्षक, आर्मी, प्रहरीलाई पेन्सन दिन समेत सरकार असफल हुने देखिएको छ ।
विनियोजित विकास योजनाहरु बजेट अभावका कारण अलपत्र रहने छनक आएको छ । निर्माणाधिन सडक, पुल निर्माण योजनामा बजेट दिन नसक्दा काम रोकिने भएका छन् । निर्माण कम्पनीलाई दिनु पर्ने खर्च समेत अर्थ मन्त्रालयले दिन नसक्ने बताउँदै आएका कारण चालु योजनाहरु जिर्ण बन्दै गएका छन् ।

सेती नदीको पुल अलपत्र

पोखरा २९ मुसेटुंडा र पोखरा ३३ तिक्लाङ जोड्ने सेती नदी माथिको यो पुलको निर्माण अवधि सकिने चरणमा छ । असारमा निर्माण सम्पन्न गरी हस्तान्तरण भइसक्ने यो पुलको हालको अवस्था यस्तो छ (तस्वीर हेर्नुहोस्) ३ वटा स्पाम मध्य दुई वटा स्पाम खडा हुनै बाँकी छ । स्ल्याव हाल्ने त कहिले हो कहिले पिल्लर समेत ठड्याइएको छैन । पिल्लर समेत नबनाइएको पुल असार सम्म बन्न सक्ने अवस्था नै छैन।
लुम्विनी लोहनी मृत सञ्जीवनी जेभीले पाएको ठेक्काको तेस्रो पुल हो यो । सोही निर्माण कम्पनीले कोत्रे स्थित सेती नदि पुल, लामाचौर याम्दी सडक जोड्ने सेती नदी पुल निर्माणको जिम्मा पाएको थियो । करिव ४० करोडमा ३ वटा पुल निर्माणको जिम्मा पाएको कम्पनीले मुसेटुडा तिक्लाङको पुल निर्माण ६५ प्रतिशत भन्दा बढि कार्य प्रगती भएको दावी गरिएको छ । पुल निर्माण विभाग पोखराका प्रमुख डिई नवराज वास्तोलाका अनुसार डिजाइन निर्माणमा त्रुटी भएकोले परिवर्तित डिजाइन स्वीकृत गर्न समय लागेकाले पुल निर्माणमा ढिलाई भएको हो । सेतीको वहाव र पानीको सतह भन्दा पुल होचो भएको पाइएपछि डिजाइन संसोधन गरी ४ मिटर अग्लो बनाइएको डि.ई. वास्तोलाले बताए । डिजाइन सच्चाउँदा निर्माणमा ढिलाई भयो, अहिले अर्थ मन्त्रालयले विनियोजित बजेट समेत पठाउन नसकेको कारण समस्या थपिएको छ । काम गरेपछि भुक्तानी दिनु पर्छ भुक्तानी दिन अर्थले बजेट दिन नसक्ने बताएपछि पुल निर्माण कार्य रोक्नु पर्ने अवस्था आएको डि.ई. बास्तोला बताउँछन् ।
यो पुल निर्माणमा आएको अवरोधमा निर्माण कम्पनी र सरकार दुवै दोषी देखिन्छन् । यस्ता दर्जनौं योजना अलपत्र अवस्था परेर वर्षौ देखि अलपत्र पारिएको तर्फ राज्यको नियामक निकायको ध्यान जान नसक्नुलाई विडम्वनाको रुपमा लिन सकिन्छ । समयमा काम फत्ते गर्न नसक्ने ठेकेदार र काम सकिएपछि भुक्तानी दिन नसक्ने सरकारको टिठ् लाग्दो यो सैली कहिले सम्म सहने ?

 

सेतीको भाइरल पुलको पुननिर्माण हुँदै

पोखरा

सेती नदी माथि निर्माण भईरहेको लामगादी पुललाई भाइरल पुल भनिन्छ । चित्रमा देखिएको यो पुल पोखरा ३२ गगनगौंडाबाट पोखरा ३३ लामगादी हुँदै भरतपोखरीतर्फ जाने पुल हो । ६१ मिटर लामो स्टिल ट्रस पुल काठमाडौंको इलाइट कन्स्ट्रक्सन कम्पनी प्रा.लि.ले निर्माणको ठेक्का पाएको थियो ।
२०७५ मंसिर २२ गते निर्माण सम्झौता भएको उक्त पुलको निर्माण अवधि १ वर्ष ६ महिनाको थियो । ६ करोड ११ लाख २० हजार ८ सय २५ रुपैयाँमा ठेक्का पाएको कम्पनीले निर्माण कार्य थालेको साढे ४ वर्ष पुरा भइसक्दा पनि पुलको अवस्था करङमात्र देखिन्छ । स्थानिय पुर्वाधार विकास ९म्यष्०ि अन्तरगत आएको उक्त योजना निर्माणको अन्त्यतिर आइपुग्दा नपुग्दै स्ल्यावको स्टिल स्टक्चर क्रयाक भई पुल लच्किएपछि उक्त पुल भाइरल पुल बन्न पुगेको थियो ।
पुलले आफ्नै भार थेग्न नसकेका कारण पुल लच्किनु (क्रयाक) लाई गुणस्तरहिन निर्माणको रुपमा लिइएको थियो । राष्ट्रिय संचार माध्यममा समेत विशेष चर्चा पाएको उक्त पुलको निर्माणमा प्रयोग भएको स्टिल पाताहरु कम गेजको हालिएको दावी गरिएको थियो तर भएको के थियो ? गाडी नचल्दै कसरी पुल भाँचियो भन्ने बारेमा सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन ।


यति खेर पुलको पुननिर्माण भइरहेको छ । स्ल्याव उप्काइएको छ । स्टिलको पाता प्रयोग गरिएको स्ट्रकचर फेर्न लागिएको स्रोतले बताएको छ । यति खेर पुलको अवस्था करेङको कङ्काल मात्र देखिएको छ । निर्माणले पुर्णता पाउन अझै कति समय लाग्छ भन्ने अनिश्चित रहेको छ ।
सरकारी निकाय ठेक्का दिन जान्दछ तर निर्मित संरचनाको अनुगमन, नियमन गर्न खोज्दैन । योजनामा खटाइएका प्राविधिकहरु जागिर मात्र पकाउँछन् कामको गुणस्तर परीक्षण गर्दैनन् । घटेर ठेक्का पार्ने ठेकेदार र गुणस्तर परीक्षण नगरी मायाँ मानिदिने प्राविधिकको मिलेमतो कहिले सम्म? जहिलेसम्म मिलेमतो रहन्छ तवसम्म मोलाहिजा रहन्छ त्यसको फल गुणस्तर हिन खेती फस्टाउँछ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: