तालचोक वेगनास सडक निर्माणका लागि भन्दै गढीघाट उत्खनन्को अनुमती

यदुनाथ बन्जारा
16 May, 2023 1:57 am
Advertisements

पोखरा

आर्थिक वर्षको अन्त्यतिर आएर पोखरा ३२ स्थित गढिघाटको ढुंगा गिट्टि बालुवा उत्खनन्को ठेक्का लगाइएको छ । तर उक्त उत्खनन्को ठेक्का प्रतिस्पर्धाबाट दिइएको भने होइन । पोखरा महानगरपालिकाको मिति २०८० वैशाख ३ गतेको कार्यपालिका वैठकको निर्णय नं. १४ बमोजिम तालचोक वेगनास सडक आयोजनालाई निर्माण सामाग्री उपलब्ध गराउने प्रयोजनार्थ दिने निर्णय भए बमोजिम श्री स्वच्छन्द सपना वल्र्डवाइज जेभीलाई जेस्ठ महिनाभरका लागि उत्खनन् संकलन गर्न दिइएको पाइएको छ ।
पोखरा महानगरपालिकामा विश्व बैंकको आर्थिक सहयोगमा निर्माणाधिन सडक आयोजना द्रुत निर्माणका लागि ४० दिन अर्थात् जेस्ठ मसान्त सम्मका लागि बढिमा १० हजार १४२ घनमिटर परिमाण ढुंगा गिट्टि बालुवा दहत्तर वहत्तर पदार्थ उत्खनन् गर्न पाउने गरी वैशाख २० गते महानगर र सडक निर्माण कम्पनीबीच सम्झौता भएको पाइएको छ । महानगरपालिकाको आर्थिक ऐन २०७९ को अनुसूचि १० बमोजिम प्रति घनमिटरको ७१० रुपैयाँका दरले ७२ लाख ८२० रुपैयाँ कर बाहेकको रोयल्टी दस्तुतर महानगरले असुल गरेको छ । कर सहित निर्माण कम्पनीले सरकारलाई १ करोड ४ लाख ४१२ रुपैयाँ बुझाउने गरी सम्झौता भएको महानगरको राजस्व महाशाखाका कर्मचारीले वताएका छन् । उक्त गढी घाटमा यस अघि भएको मु·िलन पोखरा सडक आयोजनालाई दिइएको स्वीकृत लाई बदर गरेर तालचोक वेगनास सडकलाई स्वीकृति प्रदान गरिएको कार्यपालिकाको निर्णयमा उल्लेख छ ।
यसरी सडक निर्माण कम्पनीलाई प्रदान गरिएको गढी घाटको निर्माण सागम्री सम्बन्धित आयोजना बाहेक अन्यत्र निकासी तथा वेचविखन गर्न नपाइने सम्झौताको मुख्य सर्त तोकिएको छ । निर्माण कम्पनीलाई महानगरपालिकाले निर्माण सामग्रीका लागि क्वाइरी साइड तोकि लिखित सम्झौता भए पछि तालचोक वेगनास सडकको निर्माण कार्य सुरु भएको स्थानिय पत्रकार तथा सडक निर्माण अभियन्ता सन्दिप पौडेलले बताएका छन् ।

घाट उत्खनन् विरुद्ध स्थानिय आवाज

आर्थिक वर्षको अन्तिम तिर आएर एक्कासी गढी घाट वगरमा जेसीभि र ट्रिपर थुप्रिएपछि स्थानिय तहमा विरोधको आवाज उठेको छ । खोलाको वहाव क्षेउ मै पुगेर स्काभेटर चलाएर उत्खनन् गर्दै नदीजन्य स्रोत ओसार्न थालेपछि स्थानिय तहमा त्यसको विरोध सुुरु भएको छ । उत्खनन् के का लागि भन्ने र त्यसको औचित्यको बारेमा महानगरपालिकाले जनतालाई बुझाउन नसक्नुका कारण विरोधको आवाज वुलन्द बन्दै गएको छ । यस्काभेटरले खोलामा गरेको उत्खनन्का कारण वातावरणमा प्रभाव पर्न जाने आशंका उव्जिएको पोखरा ३३ लाम्गादीका मेघनाथ आचार्यले बताए । सेतीको वगरमा कति गहिरो खन्ने कति क्षेत्रफल खन्ने भन्ने विषयमा एकिन नभएको र महानगरले अनुगमन निरीक्षण समेत नभएकोले असिमित दोहन हुन गई नकारात्मक असर पर्न जानेमा आचार्यले चिन्ता व्यक्त गरे ।
यस विषयमा पोखरा महानगरका प्राविधिक सहितको अनुगमन टोली सोमबार दिउँसो स्थलगत अनुगमन गएको र उत्खनन् कार्यमा केहि कमि कमजोरी भएको फेला परेपछि सचेत गराइएको अनुगमनमा गएका एक इन्जिनियरले बताए । मंगलबारबाट नगर प्रहरी सहित खटाएर सर्त र सम्झौता बमोजिममा निर्माण सामग्री उत्खनन् र निकासी गर्न दिइने बताइएको छ । उत्खनन् अनुमति अन्तिममा आएर किन दिएको भन्ने हाम्रो जिज्ञाशामा योजना शाखा प्रमुख कृष्ण तिवारीले भने महानगरको विकास निमार्ण कार्यलाई महानगर भित्र रहेका निर्माण सामग्री दिएर सहयोग गर्नु कर्तव्य रहेको बताए ।
सडक निर्माण कम्पनीका प्रबन्ध निर्देशक भिमसिंह लामासँग जारी उत्खनन् अस्वभाविक र दोहन केन्द्रीत रहेको स्थानियको आरोप छ, खोलाको किनारमै पुगेर एस्का भेटर चलाउनु भएको छ यो विकास हो कि विनास भन्ने हाम्रो प्रश्नमा लामा भन्छन् हामीले तोकिएको सर्त पालना गरेका छौं कमि कमजोरी भएमा सुधार गछौं । हामीले सडक निर्माणका लागि क्वाइरी साइड मागेर ४० दिनका लागि कर सहित १ करोड वडिमा निर्माण कच्चा सामग्री निकाल्ने सम्झौता गरे वमोजिम निकालेका छौं । समान विक्रि गरेको आरोप बारे सोधिएको प्रश्नमा लामा भन्छन् एक टुक्रा पनि बाहिर वेच्दैनौं, समयमै सडक निर्माण गर्न प्रतिवद्ध छौं ।
सडक निर्माण योजनाका लागि गढी घाट हाम्रो कम्पनीले पाए पनि विभिन्न व्यक्तिहरुले दुख दिन खोजेको फोनमा धम्की आइरहेको लामाले गुनासो गरे ।
विश्ववैंकको सहयोगमा निर्माण हुँदै गरेको तालचोक वेगनास सडकको कुल स्टमेट १ अर्व २३ करोड हो तर ३९ प्रतिशत घटेर ७५ करोड ४८ लाखमा श्री स्वच्छन्द सपना वर्ड वाइड जेभी काठमाडौं २९ ले निर्माण ठेक्का पाएको छ। लइमा ३९ प्रतिशत घटेर लिएको ठेक्काको गुणस्तर कस्तो होला ? सरकारी अनुगमन र गुण नियन्त्रणको आवश्यकता टड्कारो जरुरी देखिएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: