आँधिखोला गाउँपालिका उपाध्यक्ष थापाको एक बर्षिय अनुभव, “न्यायिक समितिको कामबाट सन्तुष्ट छु”

सराङकोट न्यूज
25 May, 2023 5:38 pm
Advertisements

पारिजात खराल
आँधिखोला, स्याङ्जा

आधिखोला गाउँपालिकाको उपाध्यक्ष सीता थापा अधिकास समय पालिका कार्यालय परिसरमै भेटिन्छिन । पालिकाको सदरमुकाम रहेको वार्ड नम्बर ५ कृषिमा उनको घर रहेकोछ ।कार्यालय र घर सय मिटरको दुरिमा रहेकोले घरको भन्दा पालिकाकै गतिबिधिमा उनको ध्यान खिचिएको थापा बताउछिन ।स्थानीय नागरिकको सेवाको लागि निर्बाचित भैसकेपछी ब्यक्तिगत र घरायसी काम ओझेल पर्ने रहेछन उपाध्यक्ष थापाले बताइन ।

सीता थापा
गतसाल बैशाख ३० गते सम्पन्न स्थानीय तह दोस्रोपटकको निर्बाचनबाट उपाध्यक्षमा बिजयी सीता थापाले एक बर्ष ब्यतित गरेकिछिन । एक बर्षको कार्य अनुभव बारे उनले फेहरिस्त सुनाउदै भनिन न्यायीक समितिमा गरेका कामहरू प्रति सन्तुष्ट छु । उनको एक बर्षिय कार्यकालमा १६ वटा मुद्दा नया दर्ता भएको र अघिल्लो बर्षको ४ वटा मुद्दा गरि २० वटा मुद्दा नै निर्णय सुनुवाइ भैसकेको छ । निर्णय सुनुवाइमा निस्पक्षता पुर्बक कार्य गरिएको कारण बिबादास्पद बिषय टु·ोमा पुगेको न्यायीक समितिका सयोजक ( उपाध्यक्ष ) सीता थापाले दाबि गरिन । २० वटा मुद्दा टुङ्याएकोमा एउटा मुद्दामा मात्र जिल्ला अदालतमा पुनराबेदन परेको र उक्त मुद्दाम पनि न्यायीक समितिले गरेको निर्णयको पक्षमै निर्णय हुने बिश्वास गरिन ।
निस्पक्ष न्याय दिन पाएकोमा आत्मासन्तुस्टी मिलेको र न्यायमा ढिलो नहोस भनेर बिदाको दिनमा पनि समितिले काम गरिरहेको उनले बताइन । पालिकामा कानुन अधिकृत नभएका कारण निर्णय सुनुवाइ र लेखनमा केही जटिल कानुनी पाटोमा भाषिक समस्या पर्नेगरेको बताउदै सयोजक थापाले भनिन हरेक पालिकामा कानुन अधिकृतको दर्बन्दी ब्यबस्था गर्न जरुरी रहेको महसुस गराएको छ ।
सम्बिधानले उपाध्यक्षको अर्को महत्वपूर्ण काम अनुगमन सयोजकको जिम्मेवारी तोकेकोछ। पालिकाभरी हुने बिकाश निर्माणका योजनाहरुको अनुगमन गरि कामको परिमाण र गुणस्तर कायम गर्नु गराउनु हो ।अनुगमनका सम्बन्धमा पनि सयोजक सीता थापाले संतुष्ट ब्यक्त गरिन ।हामिल दिइएका योजना भन्दा बढी काम हुने गरेकाछ्न । नागरिक सचेत छन बिकाश योजना निर्माणकार्यमा कुनै कमजोरी हुन दिन्नन त्यसले हामिलाइ बल पुगेको छ उनले भनिन ।
आधिखोला गाउँपालिकामा ६ वटा वडा रहेकोछ । करिब १५ हजार जनशन्ख्या रहेको उक्त पालिकामा जनशख्या भन्दा १५ सय मतदाता बढी अर्थात १६४६५ मतदाता रहेको प्रमुख प्रशासकिय अधिकारी युबराज अधिकारिले बताए ।मतदाता नामावली गाउमै राख्ने तर सहरमा बसोबास गर्ने परिपाटीको बढावा भएको कारण पालिकामा बसोबासी भन्दा मतदाताको सख्या बढी हुनपुगेको अधिकारीले बताए ।
आधिखोला गाउपालिकाको आर्थिक बेरुजुको अन्क न्यून रहेको पाइएकोछ । भएको केही बेरुजु पनि योजनाको पेस्की बेरुजुको रुपमा छ त्यो पनि आर्थिक बर्षको अन्त्यमा फर्छ्योट हुनेछ प्रमुख प्रसाशकिय अधिकृत अधिकारीले बताए । बेरुजु मुक्त पालिका बनाउन कार्यापालिका पुरै लागिपरेको उपाध्यक्ष सीता थापा बताउछिन । कानुन बमोजिम खर्च पार्दर्शितापुर्ण हुने भएपछी बेरुजुको समस्यानै आउदैन थापाले भनिन । हरेक कार्यपालिका बैठकमा आर्थिक अनुशासनको परिपालनाबारे बहस हुन्छ सबै सदस्य जिम्मेवार हुनुभएकोले हामी ढुक्क छौ हाम्रो कार्यकालमा आधिखोला गाउपालिकालाई शून्य बेरुजु बनाएर बिदा हुन्छौ उपाध्यक्ष थापाले ढुक्क हुँदै भनिन ।
दोस्रो पटक निर्बाचित जनप्रतिनिधिको एक बर्ष गुज्रिएको छ ।हुने बिरुवाको चिल्लो पात भनेजस्तै केही पालिकाहरुले शुभसकेत देखाइसकेकाछन भने कतिपय पालिका उधोगतिमा लागेकाछ्न । १८२५ दिनको लागि निर्बाचित जनप्रतिनिधिहरुले ३६५ दिन बिताएकाछन भने अझै १४६० दिन बाकिनै छन । असल नियतले काम गर्नेहरुकालागी बाकी दिन उचित अबसर बन्न सक्छ ।आधिखोला गाउपालिकाको उपाध्यक्ष सीता थापको इच्छाशक्ति र कार्य लगनशिलताको पहिलो बर्षको उपलब्धिले शुभसकेत दिएको छ अरु पालिकाबाट पनि यहि अपेक्षा देश र जनताले राखेका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: