कांग्रेस रुपान्तरण अभियान कसका लागि ? आयोजक र आधिकारिकता माथि प्रश्नै प्रश्न !!

सराङकोट न्यूज
6 June, 2023 10:42 am
Advertisements

पोखरा

जेष्ठ २० गते शनिबार पोखरा सभागृहमा एक हुल कांग्रेस कार्यकर्ताहरु देखिए। नेपाली कांग्रेस रुपान्तरण अभियान, प्रदेश स्तरीय विचार र अन्तरक्रिया कार्यक्रम लेखिएको व्यानर टाँगिएको उक्त कार्यक्रम कसले आयोजना गरेको हो भन्ने बारेमा अधिकांस कार्यकर्ताहरु अनभिज्ञ झै देखिन्थे । बुझ्नु पनि कसरी ? नाम प्रदेश स्तरीय भनिएपनि प्रदेश तहका जिम्मेवार नेता देख्न शिला झै खोज्नु पथ्र्यो । प्रदेशकै आयोजना भनेर भेलामा आएकाहरु रानो नभएका मौरी जस्तै रुल्ल टुल्ल देखिन्थे ।
नेपाली कांग्रेस प्रदेशका सभापति शुक्रराज शर्मा लगायत पदाधिकारीहरु समेतलाई नदेखेपछि प्रदेश स्तरीय विचार र अन्तरक्रिया कार्यक्रमको गाँठी कुराको भेदको पर्दा खुल्दै गएको थियो । भेलामा सम्बोधन गर्न १ नं. प्रदेश सभापति र संसद चुनावमा हारेका गुरु घिमिरे र काभ्रेका केन्द्रीय सदस्य मधु आचार्य आमन्त्रित अतिथिका रुपमा मञ्चका विराजमान थिए । उनिहरु दुवै संस्थापन इतर अर्थात् शेखर कोइराला समूह निकट भनेर चिनिन्छन् ।
रुपान्तरण भेलाको रिमोट कसले चलाएको थियो भन्ने कुारमा परस्पर विरोधी वहसहरु चलेका थिए । कास्कीका कांग्रेसमा वौद्धिक नेता भनिने तर चुनाव जित्न नसकेका हाल महाधिवेशन प्रतिनिधि रहेका देवराज चालिसेको सभापतित्वमा आयोजित कार्यक्रममा वोल्ने कास्की कांग्रेसका पूर्व सभापति तथा पूर्व कानून मन्त्री यज्ञ बहादुर थापाले आयोजित कार्यक्रमकै कटु आलोचना गरे । थापाले यस्ता आत्मघाती नतिजा दिने खालका भेला नगर्न चेतावनी नै दिए । कार्यक्रम स्थल पुगेपछि मात्र रुपान्तरण भेलाको मक्सद हैसियत थापाले वुझेका थिए । कास्कीका पूर्व सभापतिले नै कटु आलोचनात्मक अभिव्यक्ति दिएर हिडे पछि सहभागी कार्यकर्तले पानी ओठ फाल्दै वाहिरिएका थिए । आयोजकले १५ सय सहभागी हुने दावी गरेका थिए । आलोचकहरुले ३ सयको हाराहारीमा उपस्थित भएको बताएपनि आउने जानेलाई जोड्दा करिव ५ सय जनाको सहभागिता रहेको वुझिन आएको छ ।
उक्त भेलाको उद्देश्य र नारालाई कांग्रेसी कार्यकर्ताले मन पराएका थिए तर मियो विनाको दाँई जस्तै हुन पृगेको थियो । भेला प्रदेश स्तरीय, आयोनजा कास्कीको पोखरामा हुनु तर न प्रदेशका नेता आए न जिल्लाका सभापति नै । प्रदेशस्तरीय भेलामा प्रदेशका नेता नै किन अनुपस्थित रहेको भन्ने बारे नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव वाँस्तोला मधु ले भेला नै आधिकारिक नभएको जवाफ दिए । उनले भने आयोजक को हो भन्ने नै थाहा नभएको भेलामा किन जाने ? यस्तो भेलाले पार्टीलाई राम्रो सन्देश दिदैन नारा राम्रो भएर के गर्नु ? प्रवक्ता मधुले भने ।
यता भेला भएको जिल्ला कास्कीका नेपाली कांग्रेस सभापनि किशोर दत्त बराल पनि भेलामा देखिएनन् । तर भेला आयोजकलाई सभापति बरालले निःशुल्क सभाहल उपलक्ष्ध गराएर ठूलो गुण लगाएका छन् । पोखरा महानगरका मेयरलाई जिल्लाकै लेटर प्याडमा आफैले हस्ताक्षर गरी पोखरा सभागृह हल निःशुल्क उपलब्ध गराउन सफल भएका थिए त्यसबाट आयोजकलाई ३५ हजार रुपैयाँ बचेको छ ।
आफैले हल उपलब्ध गराइदिएका जिल्ला सभापति बराल रुपान्तर भनिएको भेलामा नआउनुलाई अर्थपूणर््ा रुपमा हेरिएको छ । पार्टीको संस्थापन पक्षको कित्तामा रही सभापति वनेका, संसदको टिकट समेत हत्याउन सफल भएका कास्की सभापति किशोरदत्त बरालले अग्र मोर्चामा संस्थापन इतर पक्ष अर्थात् शेखर समूहको वर्चस्व रहेको भेलालाई गोडमेल गर्न र निःशुल्क हल उपलब्ध गराइदिएर दोहोरो भूमिका निभाउन सफल भएका छन् ।
सभापति बरालले मेयरलाई लेखेको पत्र कांग्रेस कास्कीका जिल्ला सदस्य गंगाधर पराजुलीले आफ्नो फेसबुक पोस्ट गरेपछि भेलाको अर्थ र सभापति बरालको उद्देश्य बारे कार्यकर्ता वृत्तमा खैलावैला मच्चिएको थियो । तपाईको सहभागिता देखिएन नि भन्दा पराजुलीले भने यो हचुवा भेलामा कुन हैसियतमा जाने ? जिल्ला सभापति जसले हल नै निःशुल्क मिलाई दिएर त गएनन् ।

सभागृह हल निःशुल्क

पोखराको सभागृह िहलको एक दिनको भाडा ३५ हजार तोकिएको छ । आम सर्वसाधारण नागरिक आवद्ध संघ संस्थाले सभागृह प्रयोग गर्दा भाडा छुट दिइदैन तर देशकै ठूलो र धनी पार्टी त्यो पनि सत्तारुढ दल नेपाली कांगे्रसले कार्यकर्ता भेला गर्न निःशुल्क सभाहल पाएको छ । जेस्ठ २० गतेका लागि कास्की कांग्रेस सभापति किशोरदत्त बरालले पोखरा महानगरका मेयर धनराज आचार्यबाट निःशुल्क हल सुविधा लिन सफल भएका छन् ।
नेपालकै धनी कास्की जिल्ला कांग्रेसले व्यापारिक सटरहरु भाडामा लगाएर लाखौं रुपैयाँ आम्दानी गर्ने गर्दछ । महानगरले राजनीतिक दल हरुलाई सभाहल निःशुल्क दिएर आयस्रोतका ढोका बन्द गर्ने हो भने को बाट उठाउने राजस्व ? मेयरको तोक आदेश सदुपयोग भयो कि दुरुपयोग ? पार्टीहरुलाई निःशुल्क दिने चलनले सवै दलबाट राजस्व उठ्ने अवस्था देखिदैन । सभापति बरालले कांग्रेसको एउटा समूहलाई पक्ष पोषण गर्न सुविधा दिलाए अरुका लागि के गर्लान् ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: