चिठी नबुझाउने पाटनको हुलाकीलाई कारवाही, पिडितलाई १० हजार क्षतिपुर्ति भराउने निर्णय

सराङकोट न्यूज
7 June, 2023 6:13 pm
Advertisements

पोखरा

सरकारी हुलाक सेवालाई विश्वास गर्दै नागरिकहरु महङ्गो सुल्क तिरेर रजिष्ट्रि पत्र पठाउँछन तर हुलाकका कर्मचारीहरुले सेवाग्राहीहरुको विश्वासमाथि खेलवाड गर्छन । पुर्‍याउन पर्ने पत्रहरु आफ्नो घरको कोठामा वा झोलामा राखेर मनमर्जी गर्छन । आफुलाई खुस परेको दिनमा वा मन लागेको दिनमा मात्र पत्र बुझाउछन् ।
देशको सुगम ठाउँमा पनि हुलाकका कर्मचारीहरुले यस्तो लापरवाही गर्दै आएका हुन्छन् जसको कारण सेवाग्राही (पत्र पेषकहरु)ले विभिन्न समस्या झेल्दै आइरहेको पाइन्छ । नेपालको एउटा जिल्लाबाट अर्को जिल्ला सदरमुकाममा पठाइएको पत्र हप्ता हैन महिनौसम्म नपुगेको गुनासाहरु आइरहेका छन् । कति पत्र हुलाककै दराजमा थन्किएका पाइन्छ भने कति पत्रहरु हलकारको हातमा जिम्मा लाइए पनि महिनौसम्म घर कोठामा मिल्काइएको पाइन्छ । यसरी कार्यालयका कर्मचारी र हलकाराहले गरेको लापवरबाहीको सिकार आम सर्वसाधारण सेवाग्राही बन्नु परेको छ । यस्तै लापरबाहीको सिकार यो पंक्तिकार स्वयम बन्न पुगेको छ । हुलाक निर्देशनालय पोखरा बाट मिति २०८० बैशाख २४ गते ललितपुर खुमलटारमा रहेको यूलियन्स स्कुललाई पठाईएको सूचना भाग सम्बन्धि निवेदन राजिष्ट्रपत्र वैशाख ३१ गते ललितपुर जिल्ला हुलाक पाटनदोकाले हल्कारा सफलता धमलालाई जिम्मा लगाएको अनलाइन ट्रयाकिङ सिस्टमले देखायो तर हुलाक र प्रापकको ठेगाना ३/४ किलो मिटरको दुरीमा पर्छ त्यति छोटो दुरीमा उक्त राजिष्ट्री पत्र २ हप्ता सम्म पनि बुझाइएको थिएन । हुलाक कार्यालय ललितपुर पाटनसंग पत्र नबुझाइएको बारे कारण माग्दा हल्कारा सफलता धमलासंग बुझन भनियो । धमला संग बुझ्दा विभिन्न बहाना गरेर उम्किन खोजको पाइयो । उनको जवाफ प्रति चित्त नवुझेको कारण हुलाक सेवा विभाग १ ववरमहल काठमाडांैमा गइ पठाएको मितिले ३ हप्ता सम्म प्रेसकको पत्र काठमाण्डौं उपत्यका भित्र डेलिभरी नगर्ने कर्मचारीलाई कानून वमोजिम कारवाही गरि क्षतिपूर्ति भराइ पाउन मिति २०८० जेष्ठ १६ गते निवेदन गरेकोमा विभागले सोही दिन जिल्ला हुलाक ललितपुर पाटनलाई पत्र लेखि सेवा प्रवाहमा लापरवाही गर्ने कर्मचारी सफलता धमलालाई कारवाही गर्न र पत्र प्रेषक सेवा ग्राही (पिडित) लाई नियमानुसार क्षतिपूर्ति दिन निर्देशन भयो । १७ गते जिल्ला हुलाक ललितपुरका कार्यालय प्रमुख दिलकाजी श्रेष्ठको अध्यक्षतामा सम्पूर्ण कर्मचारीको बैठक बसि हुलाक सेवाका कर्मचारीले सेवा प्रवाहमा कुनै लापरवाही र कमजोरी नगर्न निर्देशन दिनुका साथै पत्र बुझाउन ढिलाइ गनै हुलाकी सफलता धमलालाई एक महिनाको तलव रोक्का राख्ने र अव उस्तो गलत कार्य गरेमा सेवा करार (जागिर) बाट हटाउने निर्णय गरिएको छ । ललितपुर जिल्ला हुलाक कार्यालयबाट प्राप्त जानकारी पत्र वमोजिम पिडित सेवाग्राही पत्र प्रेषक पोखरा–१६ निवासी यदुनाथ बञ्जारालाई हुलाक सेवा ऐन २०१९ को दफा ४७ वमोजिम १० हजार क्षतिपूर्ति दिने निर्णय भएको पाइएको छ । हुलाक जस्तो अत्यावश्यक र महत्वपूर्ण सेवामा कार्यरत कर्मचारीहरुका लागि यो निर्णयले राम्रो सवतक सिकाएको छ । अर्काको पत्र जतिखेर बुझाए पनि मेरो खुशी भन्ने कार्य शैलीलाई हुलाक सेवा विभागको निर्देशनमा जिल्ला हुलाक कार्यालय ललितपुरले गरेको निर्णय देशभरि सर्कुलर गर्ने हो भने हुलाकका कर्मचारीहरुमा सचेतना र जिम्मेवारी निर्वाहमा जवाफदेहिता आउन सक्ने अपेक्षा गर्न सकिन्छ । गत मंसिरमा पोखराबाट हेटौंडा–८, कमानेमा पठाएको राजेष्ट्रि पत्र ईलाका हुलाक कार्यालय औधोगिक क्षेत्र कार्यालयमा कार्यरत एक महिला कर्मचारीले २१ दिनसम्म आफ्नो कोठामा लगेर थन्क्याएर राखेको फेला परेको थिायो । हामीले चासो पुर्वक खोजी गरेपछि मात्र २२ दिनको दिन पत्र बुझाइएको थियो । यो चरम लापरवाही र गैह्र जिम्मेवारी पनको पराकास्ठाका रुपमा लिन सकिने जानकारहरु बताउछन् ।
सरकारी अड्डा हो हुलाक आम नागरिकको हितमा जिम्मेवार भएर काम नगर्ने हो भने हुलाकप्रति जनआस्था घट्न जाने निश्चित छ । हुलाकका केही कर्मचारीहरुका कारण विग्रेको साख फर्काएर देश र जनताको सेवा गर्न केन्द्रीत हुन जरुरी देखिन्छ ।

 

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: