११ वटा मेसिन मध्ये ६ वटा मात्रै चल्छ, दमौली अस्पतालमा डाइलासिस गराउन समस्या

सराङकोट न्यूज
7 June, 2023 6:50 pm
Advertisements

दमौली

सरकारले मृगौला विग्रेकाहरुको निःशुल्क डायलासिस सेवा दिने घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । जिल्ला अस्पतालहरुमा निःशुल्क डाइलासिस सेवा उपलब्ध गराउने भन्दै हरेक वर्षमा बजेट भाषणर निति तथा कार्यक्रममा उल्लेख गर्दै आएको सरकारले सेवा सुरु गर्न सकेको त के भइरहेको सेवा समेतलाई निरन्तरता दिन असक्षम बन्दै गएको छ ।
यस्तै मध्यको तनहुँमा रहेको दमौली अस्पतालले सञ्चालन गर्दै आएको डायलासिस सेवा बन्द हुने अवस्थामा छ । गत चैत्रबाट १० वटा मेसिनबाट सुरु भएको मृगौला डायलासिस सेवा ३ वटामा भरेको थियो । नेपाल किड्नी सेन्टरले प्रयोग गरिरहेको ९ वटा पुराना डायलासिस मेसिन तनहँु अस्पताललाई हस्तान्तरण गरेको छ । विगत दुई हप्तासम्म जम्मा ३ वटा मेसिनले मात्र सेवा दिदा भध्यरात सम्म कुरेर डायलासिस गने मृगौला पिडित विरामीहरु बाध्य भएका थिए । कम मेसिन भएका कारण ४ घण्टा गर्नुपर्ने डायलासिस ३ घण्टा मात्र गर्न परेको डायलासिस विभागका प्राविधिक शैलेन्द्र पाण्डेले बताएका थिए ।
दमौली अस्पतालमा अहिले जम्मा ६ वटा मात्र मेसिन चलेको छ । ति मध्य किड्नी सेन्टरले दिएको ९ वटा मध्य ४ वटा चलेको छ भने सरकारले दिएको २ वटा मेसिन चलेको छ । हाल ४३ जना मृगौला पिडितहरुले निःशुल्क डायलासिस सेवा लिइरहेका छन् । भने ३ जना विरामीहरु प्रतिक्षा सूचिमा रहेका छन् । बिरामीहरु डायलासिस गर्न पोखर चितवन र गोरखा बजार सम्म जानु पर्ने अवस्था रहेको छ ।
तनहुँ जिल्ला सुगम जिल्ला मात्र नभएर राष्ट्रप्रमुख (राष्ट्रपति) रामचन्द्र पौडेलको गृह जिलला पनि हो । राष्ट्र पति कै जिल्लामा असाध्य रोग लागेका विरामीहरु उपचार नपाई मुर्नपर्ने अवस्था आउँछ भने अन्य जिल्ला अस्पतालहरुको हलत के होला सहजै बुझन सकिन्छ । क्यूमा रहेका विरामीहरुले जति सक्दो छिटो पालो पाएको खण्डमा आयु बढाउन सकिन्थ्यो कि? राज्यले यस तर्फ तत्काल सोच्न जरुरी छ ।
सरकारले निःशुल्क डायलासिस सेवा दिने निति बनाएको छ तर महिनौ सम्म भुक्तानी हुन नसक्दा दिइरहेको सेवा रोकिने अवस्था आएको छ । अन्य सुविधाहरुमा ढिला सुस्ती गरे पनि स्वास्थ्य उपचारमा सिकायत नगर्न सामाजिक अभियनताहरुले माग ध्यानाकर्षण गराउँदै आएका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: